You Are Here: Home» मनोरञ्जन भिडियो » शिव सेनाका प्रमुख बाल ठाकरेको निधन


२ मंसिर, काठमाडौं । भारतीय शिव सेनाका प्रमुख बाल ठाकरेको ८६ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि उपचाररत ठाकरेको शनिबार दिउँसो मुम्बईमा निधन भएको हो ।
ठाकरेको निधन लगतै मुम्बईको सुरक्षा व्यवस्था कडा पारिएको छ । लगभग ६४ वर्षब्सम्म सार्वजनिक जीवनमा रहेका ठाकरले कहिल्यै चुवान लडेननर र राजनीतिक पद पनि स्वीकार गरेनन् ।
उहाँसम्म कि उनी विधिवत रुपमा कहिल्यै शिवसेनाको अध्यक्ष समेत चुनिएनन् । तरपनि भारत महाराष्ट्रको राजनीतिमा दबदबा रहेको थियो र मुम्बईमा उनको खास प्रभाव थियो ।
सन् १९२६ मा जन्मिएका ठाकरेले करियरको सुरुमा कार्टूनिष्ट थिए र पछि राजनीतिमा आए । राजनीतिमा स्थान जमाउन उनले हिंसाको सहारा लिए । राजनीतिक प्रतिद्वन्द्वी, आप्रबासीदेखि मिडियाकर्मी समेत शिवसेनाको निसाना बने ।
सन् १९९२ मा उत्तर प्रदेशको अयोध्यामा बाबरी मस्जितमा तोडफोड भएपछि मुम्बईमा हिन्दु र मुसलमानबीच साम्प्रदायिक दंगा भडि्कयो । ९ सय भन्दा बढीको ज्यान जाने गरी भएको दंगामा शिवसेनाको पनि संलग्नता थियो । त्यसको तीन वर्षपछि शिवसेना र भारतीय जनता पार्टीले मिलेर राज्य सरकार बनायो । आफ्ना नजिकको सहयोगीलाई मुख्य मन्त्री बनाएका ठाकरेले सत्ताको चाबी भने आफैसँग राखेका थिए ।

0 comments

Leave a Reply