शान्तिपूर्ण आन्दोलनकै कार्यक्रम अन्तर्गत उनीहरूले सत्ताको नेतृत्व गरिरहेको दल एकीकृत नेकपा माओवादी र सरकारको कार्यशैली, आन्दोलनको उद्देश्य र मुलुकको राजनीतिक अवस्थाबारे नागरिक समाजलाई जानकारी गराउने नेताहरुले बताएका छन् ।
अहिले जारी कार्यक्रममा नेता तथा नागरिक समाजका अगुवाहरुले बोल्ने क्रम जारी छ । कार्यक्रममा नेपाली कांगे्रसका उपसभापति रामचन्द्र पौडेलले आफूहरुको आन्दोलनमा साथ दिन नागरिक समाजलाई आग्रह गर्नुभयो ।
त्यस्तै आफ्नो भनाइ राख्दै नागरिक समाजका डा सुन्दरमणि दीक्षितले सडक आन्दोलन वा कुनै प्रकारको आन्दोलनको पक्षमा जनता नभएकाले सहमतिमै जान आग्रह गर्नुभयो ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको नेतृत्व छाडेर सहमतिका लागि वातावरण बनाउनुपर्ने, राष्ट्रिय सहमतिको सरकार तत्काल गठन गरी संविधानसभाको नयाँ चुनावको प्रक्रिया अघि बढाउनुपर्नेलगायतका मागहरू राखी विपक्षी दलहरूले एक महिने आन्दोलनको घोषणा गरेका छन् । आजको कार्यक्रम सफल बनाउन उनीहरूले आन्तरिक तयारी पूरा गरिसकेको बताएका छन् ।














0 comments