You Are Here: Home» समाचार » ज्वालामुखीको हल्लाः आगलागी मात्रै भएको हो–सेना

‘नेपालमा ज्वालामुखी विस्फोटको सम्भावना छैन’
काठमाडौं, पौष ५ । नेपाल र चीनको तिब्बत सीमाको लामटाङ हिमाल फेदीमा आज विहानदेखि धुवांँको मुस्लो देखिएपछि नेपाली सेनाले सो क्षेत्रको हवाई निरीक्षण गरी जंगलमा आगलागी भएको जनाएको छ । रसुवाको लामटाङ क्षेत्रको टिमुरेबाट घोडा तबेला जाने बाटोको रिदिम गाउँ विकास समितिमा धुँवाको मुस्लो देखिएकोमा हवाई निरीक्षणमा गएको नेपाली सेनाको टोलीले आगलागी भएको ठहर गरेको हो । 

आज विहान १० बजेतिर धुंवाको मुस्लो देखिएपछि लामटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएको सेनाको गणले ज्वालामुखी हुनसक्ने शंका गर्दै सैनिक मुख्यालयमा खबर गरेका थिए । 

त्यसपछि गएको सेनाको हेलिकप्टरले घटनास्थल निरीक्षण गरेको थियो सेनाको टोली फर्किएपछि सैनिक मुख्यालयले थप विवरण दिने भएको छ । 

खानी तथा भुगर्भ विभागका भुगर्भविद् डाक्टर सोमनाथ सापकोटाले नेपाल ज्वालामुखी विस्फोटको खतरामा नरहेको स्पष्ट पारेका छन् ।

0 comments

Leave a Reply