You Are Here: Home» समाचार » २१ डिसेम्बर, आजको दिन वर्षको सबैभन्दा छोटो दिन


आज २१ डिसेम्बर, आजको दिन वर्षको सबैभन्दा छोटो दिन हो । आजको दिन पृथ्वीमा दक्षिणी गोलार्धमा दिन लामो र उत्तरी गोलार्धमा दिन छोटो हुने गर्छ ।

नेपालमा सूर्योदय र सूर्यास्तको बीचको समयअनुसार आजको दिन १० घण्टा २३ मिनेटको मात्रै हुनेछ । सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले आज सबैभन्दा छोटो दिन र रात लामो हुने गर्छ ।

अन्तर्राष्ट्रिय समय अनुसार छोटो दिन डिसेम्बर २१ या २२ तारिख मध्ये कुनै एक दिनपर्छ । दिन छोटो भएसँगै नेपालमा भने आजदेखि औपचारिक रुपमा जाडो सुरु भएको मानिन्छ ।   dcnepal

0 comments

Leave a Reply