चलचित्र ‘आई एम ईन लभ’ र ‘रुद्राक्ष’ व्यापारीक रुपमा असफल भएपछि नायिका अनु शाहको करिअर पनि धरमराएको छ । सुन्दर र सोझी नायिकाको उपाधी पाएकी अनुलाई सिनेमाको व्यापारले भने साथ दिएको छैन । अनुले अभिनय गरेका सिनेमाहरु निरन्तर असफल हुँदा उनको चलचित्र करिअर लामो समयसम्म जाने सम्भावना न्यून हुदै गएको छ । यसैले पनि अनु सिनेमासँगै म्युजिक भिडियोमा समेत अभिनय गर्न अग्रसर रहेको पाइन्छ ।

यसैक्रममा नायिका अनु शाहले अभिनय गरेको चलचित्र ‘मिलाप’ पौष २७ गतेबाट प्रदर्शनमा आउने भएको छ । पुर्णतया पारिवारिक तथा लभस्टोरी यो चलचित्रले अनुको धरमराउदो करिअरलाई केही हदसम्म पनि उकालो लगाउने विश्वास गर्न सकिन्छ । चलचित्रमा अनुका अलवा रवि कार्की, सुरविर पण्डित, ओम प्रतिक लगायतका कलाकारको अभिनय छ । चलचित्र सफल भएको खण्डमा यसको सम्पुर्ण श्रेय अनुलाई नै जाने निश्चित छ । यसैले पनि ‘मिलाप’ अनुका लागि सर्वाधिक महत्वकांक्षी चलचित्र बनेको छ ।
फापरे फिल्मस् प्रालीको पहिलो प्रस्तुतीमा तयार भएको सिनेमालाई मिनबहादुर तामाङले निर्माण गरेका हुन् । चलचित्रमा पटकथा, संबाद तथा निर्देशन राजेशकुमार राईको छ । विकास चौधरीको संगीतमा तयार भएको चलचित्रका गीतसंगीतले बजारमा राम्रै चर्चा पाइरहेका छन् । चलचित्रमा नारायण रिजालको नृत्य, कुमार श्रेष्ठको द्वन्द्व, निरज कँडेलको छायांकन छ ।

पौष २७ गतेबाट काठमाण्डौका मुख्य मुख्य हलसहित देशभर प्रदर्शनमा आउन लागेको ‘मिलाप’ले अनुको करिअरलाई बचाउछ या बचाउदैन यसका लागि केही समय पर्खनै पर्दछ ।

0 comments