कौतुहलताले भरिएका बच्चाको कदम कहिलेकाँही कति जोखिमपूर्ण हुन्छ भन्ने हालै अष्ट्रेलियामा भएको घटनाले देखाएको छ ।
क्वीन्सल्याण्ड राज्यमा एक बच्चा भाग्यमानी सावित भए, ताकि उनले आफ्नो दराजमा राखेको ७ वटा जिवित सर्पले डसेनन् । तीन वर्षीय कायल कमिङ्ग्सले आफ्नो घर छेउमै केही दिन पहिले ७ वटा अण्डा भेट्टाए । उनले ती अण्डालाई प्लास्टिकको बट्टामा हाले र आफ्नो दराजमा सम्हालेर राखे ।
उनलाई के थाहा ती अण्डा विशालु सर्पका थिए । केही दिनपछि ती अण्डाबाट सर्प निस्किए । गत सोमबार उनकी आमाले दराज खोल्दा उनको होस उड्यो । उनको अगाडी सात वटा इस्ट ब्राउन नवजात सर्प थिए । धन्न ती प्लास्टिकको बट्टामा थिए । पछि तीनलाई जंगलमा लगेर छाडियो ।
ती साँपलाई जंगलमा छोड्ने बन्यजन्तु अधिकारीले समाचार एजेन्सी एपीलाई भने-’त्यसबेलासम्म विषालु दाँत केही मिलिमिटर मात्र थिए । त्यसैले शायद बच्चालाई टोक्न सक्दैनथे । तर, ती ठूलो सर्पका जस्तै विषालु थिए ।’














0 comments