६ पुस, काठमाडौं । दाङको तुलसीपुरस्थित बैंक अफ काठमाडौंको शाखा कार्यालयमा लुटपाट भएको छ । शुक्रबार साँझ करिव ६ बजेतिर ३ जनाको हतियारधारी समूहले बैंकमा लुटपाट गरेको प्रहरीले जनाएको छ ।
बैंक शाखा प्रमुख ऋषिकैलाश श्रेष्ठले करिव २ करोड लुटपाट भएको बताउनु भएको छ । प्रहरीले भने अध्ययन भइरहेको बताएइको छ । १ करोड ९५ हजार लुटिएको भन्नेछ तर, यकिन भइसकेको छैन– घटनास्थलमा रहेका दाङ प्रहरी प्रमुख लोकन्द्रबहादुर मल्लले अनलाइनखबरसँग भन्नुभयो ।
घटना ६ बजे भएको भएपनि प्रहरीलार्इ करिव ८ बजेतिर मात्र जानकारी गराइएको थियो । मल्लका अनुसार बैंकका कर्मचारीहरूले पैसा जम्मा गर्न दिउँसो आएका व्यक्तिहरूले नै लुटपाट गरेको बताएका छन् ।
तर, एक सुरक्षा गार्डले भने आफूले सबै सटरहरु लगाएर ड्युटी हृयाण्डओभर गरेको बताएका छन् । त्यसपछि ड्युटीमा रहेका अर्का गार्डले भने दिउँसो आएका व्यक्तिहरूले नै लुटपाट गरेको बताएका छन् ।
लुटेराहरू भाग्न सक्ने सम्भावित क्षेत्रको पहिचान गरी प्रहरीले उनीहरूको खोजी गरिरहेको दाङ प्रहरी प्रमुख मल्लले जानकारी दिनुभयो ।














0 comments