काठमान्डौको सुन्धारास्थित नागरिक दैनिकको कार्यालयमा भएको आक्रमणमा संलग्न केहि अनुहार सार्वजनिक भएको छ।
नागरिक दैनिकको कार्यालयमा कब्जा जमाएर तोडफोड गरेर पत्रकारहरुलाई कुट्नेहरुको को हुन् र आक्रमणमा कस्ता मान्छे संलग्न थिए भन्नेबारे केहि तथ्य बाहिर आएको छ । उनीहरुले के कारणले आक्रमण गरे भन्ने पक्षलाई प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यहाँ भएको एउटा अनुहारहो शिव सेना नेपालका महासचिव माधव प्रसाद भण्डारी उर्फ बिजयमको हो । राजधानीमा जग्गाको कारोबार गरेर दर्जनौं मानिसलाई फसाएका उनको पाँच करोडको हाराहारीमा ऋण भएको तथ्य बाहिर आएको छ । धेरै मानिसलाई ठगी गरेका भण्डारी पछिल्लो दुई वर्षदेखि शिव सेना नेपाल नामक पार्टीमा आबद्ध भएका छन् । उनी सिमकार्ड फेर्दै हिड्नमा उस्ताद मानिन्छ। उनले संविधानसभाको निर्वाचनमा राप्रपा नेपालबाट सिन्धुपाल्चोक क्षेत्र नं १ बाट उम्मेदवारी समेत दिएका थिए । धादिङमा जन्मिएका भण्डारीको स्थायी ठेगाना मकवानपुर जिल्लाको हटिया- ३ हो । २०६१ सालमा नवलपरासीमा एउटा अवैध स्वास्थ्य क्लिनिक सञ्चालन गरेका थिए। त्यसको नाममा लाखौं रुपैयाँ उठाएर भागेका उनी २०६२ सालमा काठमाडौंको कलंकीमा नेपाल हेल्पिङ् ह्याण्डस् मल्टिपर्पोज सर्भिसेज नामक संस्था स्थापना गरेर लाखौं ठगी गरेका थिए ।

त्यसैगरी कलंकीमा कुनै बेला बिजयम शर्मा भन्ने नामबाट नैकापमा बस्ने केही लागू औषधमा लागेका युवाहरुको २५ लाख रुपैयाँसम्म ठगी गरेका आरोपमा उनी विरुद्ध कालीमाटी प्रहरीमा उजुरी परेको थियो । साथै भण्डारीले पारस र हिमानी निकट भन्दै उनले रामेछापका दर्जनौं गाविसबाट लाखौं रुपैयाँ संकलन गरेर केही सेट कम्प्युटर पठाएर ठगी गरेको घटना समेत थाहा हुन आएको छ ।
२०६६ सालदेखि जग्गाको कारोबारमा लागेका भण्डारीले नैकापको एक भिर जग्गालाई घडेरी भन्दै झण्डै ५० जनासँग डेढ करोडभन्दा बढि रकम लिएर जग्गा पास नगरी मोबाइल स्वीच अफ गरेर बेपत्ता भएका छन् । माधवउक्त जग्गाका पीडितहरुले महिनौंदेखि खोजी गर्दा पनि फेला नपरेका व्यक्ति हुन् । केही समयअघिसम्म कलंकीमा बसोबास गर्दै आएका भण्डारी त्यहाँ बस्ने अवस्था नभएपछि विस्थापित भएर भैसेपाटी पुगेका व्यक्ति हुन् । केही समयअघि मकवानपुरमा सम्पन्न भएको अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा काठमाडौं संयोजक बनेर अतिथि बन्न पुगेका भण्डारी ज्ञानेन्द्र शाहका पछि पछि स्कर्टिङमा पनि देखिने गरेका छन् ।
दुई वर्ष अघि चितवनको टाइगर टप्प होटलमा पारसले गोली चलाएको घटनामा पारससँगै देखिएका भण्डारी पछिल्ला दिनहरुमा शिव सेना नेपाल नामक पार्टीका केही चुल्ठेमुन्द्रेहरुलाई प्रयोग गरेर विभिन्न फिरौती रकम असुलीमा संलग्न रहेको प्रहरी स्रोत बताउँछ ।
मिडियामा आक्रमण भएपछि प्रचार हुन्छ र त्यही प्रचारबाट अरुलाई सजिलै धम्क्याउन सकिन्छ भन्ने उद्देश्यले गरिएको घटनाप्रति विशेष ध्यान दिदै मिडियाले पनि उनीहरुको नियत बुझी कानुनी रुपमा अघि बढ्नुपर्ने विज्ञहरु बताउँछन् ।sorce:-डिसीनेपाल

नागरिक दैनिकको कार्यालयमा आक्रमण गर्ने अन्य आक्रमणकारी पहिचान यस्तो छ:-
- तस्विर हेर्नुहोस् ।

0 comments