८ पुस, विद्यार्थीका लागि छुट्टयाइएको छात्रवृत्ति रकम जुम्लाका विद्यालयले शिक्षकको तलबमा खर्च गरेको पाइएको छ । चन्दननाथ उच्च माध्यमिक विद्यालयले छात्रवृत्तिबापतको रकम पूरै र अन्यले आंशिक रूपमा निजी शिक्षकलाई तलब खुवाएका हुन् ।

शिक्षा पत्रकार समूहको अध्ययनबाट जुम्लाका विद्यालयले निजी शिक्षकलाई तीन वर्षदेखि छात्रवृत्ति रकम खुवाउँदै आएको तथ्य सार्वजनिक भएको हो । समूहले लिएको श्रव्य–दृश्यमा चन्दननाथ उमाविमा कक्षा १० मा अध्ययनरत सुरती श्रेष्ठले तीन वर्षदेखि आफूले छात्रवृत्ति नपाएको बताएकी छन् । ‘कक्षा ७ देखि आफैँ किताब किनिरहेको छु,’ श्रेष्ठले भनेकी छन्, ‘तीन वर्षयता त छात्रवृत्तिको रकमसमेत पाएको छैन ।’
विद्यालयका प्रधानाध्यापक राजुशरण न्यौपानेले निजी शिक्षकलाई छात्रवृत्ति रकमबाट तलब खुवाइँदै आएको स्विकारेका छन् । ‘विद्यालयको आयस्रोतले निजी शिक्षकलाई तलब पुग्दैन,’ न्यौपानेको भनाइ छ, ‘त्यही भएर विद्यार्थीका लागि पठाएको छात्रवृत्ति रकम शिक्षकलाई दिइएको हो ।’ विद्यालय व्यवस्थापनको सहमतिमा विद्यालयले निजी शिक्षकलाई तलब खुवाउँदै आएको उनको दाबी रहेको सौर्य दैनिकमा खबर छ ।
यसैगरी, नदैदेवि प्रावि मातिठाठाडा, कालिका प्रावि घोडेमहादेव, दुर्गा प्रावि तान्तीले पनि छात्रवृत्तिको धेरै रकम शिक्षकको तलबमा खर्चंदै आएका छन् । ती विद्यालयले दुई सय मात्र विद्यार्थीलाई दिई बाँकी रकम शिक्षकलाई तलब खुवाउने गरेको पाइएको छ ।

0 comments