You Are Here: Home» समाचार » कुकुरलाई लोग्ने मान्नुपर्ने कस्तो अनौठो परम्परा


२७ पुस, काठमाण्डौं । एक्काइसौं शताब्दीमा पनि कुकुरसँग विहे गराउने परम्परा छ भन्दा विश्वास गर्न गाह्रो होला । तर, कुकुरसँग नाबालिगको बिहे गराउने यो अनौठो परम्परा भारतको झारखण्ड राज्यमा अझै छ ।
‘अबोध बालिकाको बिहे कुकुरसँग गराउनुलाई परम्परा भन्ने वा पाखण्डी सोच ?’ यो एउटा सोचनीय विषय बनेको छ । हुन् त संसारभरिको विभिन्न सभ्यता एव जातिमा रजश्वला नभएका बालिकाको बनस्पति र फलफूलसँग बिहे गराउने चलन छ । विभिन्न युरोपेली मुलुकले यसलाई धनी संस्कृतिको नाममा विवेकहीन, तर्कहीन र बकवास परम्परा ठहर गरेको छ । संस्कृतिको नाममा यसले लैगिक असमानतालाई बढावा दिने तर्कशास्त्रीहरुको मत रहेको खबर कान्तिपुर दैनिकले छापेको छ ।
झारखण्डमा १० बर्षभन्दा कम उमेरका बालिकाको कुकुरसँग बिहे गराउने कारणलाई ग्रहशान्ति बताइदै आएको छ । यसको ठोस धार्मिक, सामाजिक वा वैज्ञानिक आधिकारिक प्रमाण कसैले दिन सकेका छैनन् ।onlinekhabar

0 comments

Leave a Reply