You Are Here: Home» मनोरञ्जन » किन उभिए २ राजकुमार आन्दोलनको विपक्षमा ?


चलचित्रकर्मीहरुको आन्दोलन चर्किरहेको समयमा यसलाई तुहाउने खेला पनि सुरु भएको छ । आन्दोलनलाई अगाडि बाट साथ दिए झै गरि पछाडीबाट सिध्याउने खेला पनि देखिएको छ । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई र चलचित्र संघका अध्यक्ष राजकुमार पोख्रेलले आन्दोलनलाई असहयोग गरेको धेरै आन्दोलरत चलचित्रकर्मीको गुनासो सुनिन थालेको छ ।हिन्दी चलचित्र ‘मटरु की विज्लीका मण्डला’ को सेन्सर पासका बिषयमा दुई राजकुमारले रातारात सहमती गरेका छन् । चलचित्र बिकास बोर्डमा ताला लागेकाले यो सिनेमाको पास हुने सम्भावना निक्कै कम थियो । तर बिकास बोर्डका सदस्य सचिब धनराज ज्ञवालीले संचारमन्त्रालयमा बसेर बोर्डको सहमती पत्र काटेका थिए । ज्ञवालीको यो क्रियाकलपामा आन्दोलनरत संघसंस्थाका प्रतिनिधीहरुले आपत्ती जनाउदै हिन्दी सिनेमाको सेन्सर रोक्नु पर्ने माग गरेका थिए । यो बिषयमा निर्माता संघका अध्यक्ष राजकुमार राइले समेत समहती जनाउदै संघका तर्फबाट सुरेश दर्पण पोखरेल र प्रज्ञा जोशीलाई सेन्सर बोर्ड पठाएका थिए । तर विहिबार राती एकाएक निर्माता संघका अध्यक्ष राईले सेन्सर बोर्डलाई पत्र काटी हिन्दी सिनेमाको सेन्सर गर्न भनेका थिए । उनका साथमा चलचित्र संघका अध्यक्ष राजकुमार पोख्रेलले पनि हस्ताक्षर गरेको निर्माता संघका सचिव सुरेशदर्पणको भनाई छ ।
चलचित्र संघका अध्यक्ष राजकुमार पोख्रेलले हिन्दी सिनेमा ‘मटरु की बिज्लीका मण्डला’ का लागि आफ्ना सदस्यले लगानी गरेको लाखौ रकम घाटामा जाने भएर हस्ताक्षर गरेको बताएको सुरेशले अनलाइनखबरलाई बताए । यस्तै निर्माता संघका अध्यक्ष राजकुमार राइले रातारात आफ्नो बोली परिवर्तन गरेको बिषयमा निर्माता संघले छानविन गर्ने भएको छ । यसबारेमा शुक्रबार बेलुकी निर्माता संघका बैठक बस्ने वुझिएको छ ।
मंगलबार रिपोर्टस क्लबमा आयोजना गरिएको पत्रकार सम्मेलनमा राजकुमार राई र राजकुमार पोख्रेल उपस्थित हुदै आन्दोलनमा पुर्णरुपमा लाग्ने बताएका थिए । तर त्यसकै भोलीपल्ट अर्थात वुधबार चलचित्र बिकास बोर्डमा ताला लगाउने कार्यक्रममा भने दुबै राजकुमारको उपस्थिती थिएन । यसले उनीहरु आन्दोलनको विपक्षमा लागेको धेरै चलचित्रकर्मीको ठहर छ ।

0 comments

Leave a Reply