You Are Here: Home» समाचार » भारतीय नागरिकद्वारा एक नेपाली युवकको हत्या


३ मंसिर, कैलाली । कैलालीमा भारतीय नागरिकले एक युवकको हत्या गरेका छन् ।  सामान्य विवादपछि भारतीय नागरिक मनजित सिंहले दाउराको च्रिपटले प्रहार गरी कैलाली दोदोधार-६, झगडपुरका २२ वर्षीय इश्वर ताम्राकारको  गएराति हत्या गरेका हुन् । भारतीय नागरिक सिंह कैलालीको बौनियामा केही वर्ष अघिदेखि जग्गा ठेक्कामा लिएर खेतीपाती गर्दै आएका छन् ।  ताम्राकार भने केही दिनअघिमात्र तिहार मनाउन भारतवाट घर आएका थिए ।
हत्यापछि सिंह आफै प्रहरी चौकी सडकपुर बौनियामा आएर आफूले ताम्राकारको हत्या गरेको वताएको बौनिया प्रहरी चौकीका इञ्चार्ज रमेश सिंह धामीले वताउनुभयो । सिंहलाई इलाका प्रहरी कार्यालय सुखडमा राखिएको धामीले जानकारी दिनुभयो । ताम्राकारको शब पोष्टमार्टमका लागि धनगढी लगिएको प्रहरीले जनाएको छ ।

0 comments

Leave a Reply