You Are Here: Home» feature , भिडियो , मनोरंजन भिडियो » भेट्न त धेरै थियो रहहर…(भिडियो)
गीतको भिडियोमा विभिन्न प्रयोगहरु गर्ने क्रम पछिल्लो समय बढेको छ । कोही भिडियोलाई गीत अनुसार दृश्यमा उतार्न लागिपरेका छन् भने कोही प्रविधिलाई प्रयोग गर्ने सोचाईमा छन् ।
भिडियोमा प्रविधि र दृश्यलाई समेत फरक बनाउन चाहने निर्देशक फुर्वा शेर्पाले ‘भेट्न त धेरै थियो रहर’ बोलको गीतको भिडियो तयार पारेका छन् । ए.पी शेर्पाको आवाज रहेको यो गीत ‘खबर’ एल्बमबाट लिइएको हो । महेश खड्काको संगीतमा तयार भएको गीतमा कुमार विवाहितले शब्द कोरेका छन् ।
जतिन र पि्रयारानीले अभिनय गरेको भिडियोलाई सागर प्रधानले छायांकन गरेका हुन् । प्रज्वल श्रेष्ठको छायांकनमा तयार भएको भिडियोमा प्रशान्त तामाङको नृत्य निर्देशन छ । फुर्वा शेर्पा प्रोडक्शनको व्यानरमा तयार भएको भिडियो यस्तो छ ः















0 comments