You Are Here: Home» समाचार » ‘भिआइपी’ ले झापड खाँदा पिएसओ के हेरेर बस्छन् ?


३ मंसिर,  एकीकृत माओवादीका अध्यक्ष प्रचण्डलाई आफ्नै पूर्व कार्यकर्ताले झापड हानेको पछिल्लो घटनासँगै सुरक्षा निकायहरुलाई एउटा प्रश्नले झस्काएको छ­ ‘भिआइपी’ सुरक्षामा खटिएका अंगरक्षरकहरु (पिएसओ) त्यति भइसक्दा के हेरेर बस्छन् ?
हरेक प्रहरीले आफ्नो करिअरमा एक चोटी अनिवार्य रुपमा भिआइपी सुरक्षा तालिम लिन्छन् । तैपनि किन उनीहरु त्यसमै असफल भइरहेका छन् त ? नेपाल प्रहरीले यही प्रश्न सोध्न छिट्टै सबै इकाइबाट खटिएका भिआइपी पिएसओहरुलाई ‘रोलकल’ गराउने भएको छ । प्रहरी प्रधान कार्यालयले कार्य विभागअन्तर्गत खटाइएका करीब तीन सय जना पिएसओहरुलाई बोलाएर सामुहिक बयान लिंदै वि्रफिङ दिने भएको छ । यही प्रक्रिया हरेक इकाइबाट गराउन परिपत्र पठाउने तयारी भइरहेको उच्च स्रोतले बतायो ।
पिएसओको भुमिकालाई लिएर न्यायधिश रणबहादुर बम हत्याकाण्डदेखि तीनै मुख्य दलका शीर्ष नेताको रुापड प्रकरणसम्म हरेक पटक चर्चा हुँदै आएको छ । बम हत्याकाण्ड छानबीन प्रतिवेदनले त पिएसओ तोक्ने प्रक्रियाकै त्रुटीसमेत औंल्याएको थियो । ‘पिएसओहरु आफ्नो व्यावसायिक कर्तव्यमा सीमित भएर बस्नुपर्‍यो । दायाँबायाँ गर्दा, अन्त ध्यान दिएर बस्दा यस्ता घटना हुन्छन्,’ वृहद् पिएसओ रोलकल वि्रफिङको तयारीमा रहेका उच्चअधिकारी भन्छन् । आजको कान्तिपुर दैनिकले समाचार छापेको छ ।
भिआइपी सुरक्षामा सरकारी अंगरक्षकहरुको भुमिकाका विषयमा वहस चलिरहेका बेला दुवै पक्षबीचको गैरव्यावसायिक सम्बन्धका विषयमा समेत यति खेर सुरक्षा निकायहरुमा प्रश्न उठ्न थालेको छ । पिएसओ बनेपछि प्रहरीहरु सुरक्षाको कामभन्दा पनि अनावश्यक रुपमा नजिकिएर लाभ उठाउन तम्सने प्रवृति बढ्दै गएको छ । भिआइपीहरु पनि सुरक्षाकर्मीलाई आफ्नो काममा सीमित गराउनका सट्टा व्यक्तिगत प्रयोजन खटाउनमा लागिपर्छन् ।
शुक्रवार झापड खाने प्रचण्डकै एक अंगरक्षकले केही समयअघि ‘भिआइपीको ज्यानै जोगाउने गरी राम्रो काम गरेको’ भन्दै राष्ट्रसंघीय मिसनमा जानका लागि सिफारिसरुपी आशिर्वाद प्राप्त गरेको प्रधान कार्यालय स्रोतहरु बताउँछ । पिएसओ वफादार र चनाखो नै भए पनि कर्तव्य निर्वाह गरिहाल्दा कानुनले उसलाई जोगाउने अवस्था छैन ।

0 comments

Leave a Reply