You Are Here: Home» खेलकुद » म्यानचेष्टर सिटी शीर्ष स्थानमा उक्लियो


३ मंसिर, इङ्ग्लिस प्रिमियर लिग फुटबलमा डिफेण्डिङ च्याम्पियन म्यानचेष्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेड नरबीचसँग पराजित हुँदा एस्टनभिल्लामाथि ५-० को जित निकाल्दै म्यानचेष्टर सिटी सिजनमा पहिलो पटक शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मौदान इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीले खेलको ४३ औं मिनेटमा डेभिड सिल्भाको गोलबाट अग्रता लियो ।
५४ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै सर्जिओ एग्युरोले अग्रता दोब्बर पारे भने ६५ औं मिनेटमा व्यारीले हृयाण्ड गरेपछि सिटीले अर्को पेनाल्टी पायो र कार्लोस टेभेजले गोल गर्दै अग्रता ३-० मा पुर्‍याए । ६७ औं मिनेटमा एग्युरोले व्यक्तिगत दोस्रो गोल गरे भने ७४ औं मिनेटमा टेभेजले पनि व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ५-० को फराकिलो जित दिलाए । अर्को खेलमा १९ पटकको विजेता म्यानचेष्टर युनाइटेड नरबीचसँग १-० गोलले पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा नरबीचका पिलकिङटोन ६० औं मिनेटमा गरेको गोल नै म्यानचेष्टर युनाइटेडलाई पराजित गर्दा पर्यापत भयो ।
अर्को खेलमा चेल्सी वेष्टब्रोमसँग २-१ ले स्तब्ध  भएको छ । जितपछि सिटी १२ खेलबाट २८ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । युनाइटेडको समान खेलबाट २७ अंक छ भने चेल्सीको २४ अंक छ । गएराति नै भएको खेलमा आर्सनलले टोटनहृयामलाई ५-२ ले पराजित गर्दा लिभरपुलले विगानमाथि ३-० को जित हात पारेको छ ।

0 comments

Leave a Reply