You Are Here: Home» अन्तराष्ट्रिय » बच्चासँग सँगै बसेर खानुहोस्

बेलायती शोधकर्ताहरुका अनुसार परिवारसँगै बसेर भोजन गर्ने बच्चाहरुमा स्वस्थ भोजनको आदत बस्छ । शोधकर्ताहरुले भरसक बच्चाबच्चीसँग बसेर खाना खान अभिभावकलाई सल्लाह दिँदै बच्चाहरुको खानामा हरेक दिन फलफूल र सागपात समावेश गर्नुपर्ने पनि सुझाव दिएका छन् ।
परिवार सँग बसेर खाना खाने बच्चाले यस्तो सन्तुलित भोजन एक्लै खाने बच्चाले भन्दा बढि पाउने भएकाले त्यसले बच्चाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ ।
आमाबाबु र दाजु दिदीहरुसँगै बसेर खाँदा बच्चाले उनीहरुको खानपिनको राम्रो बानीव्यहोरा सिक्ने बताइन्छ । यो शोधका क्रममा लण्डनका विभिन्न ५२ विद्यालयका २४ सय जना बालबालिकाको खाने पिउने बानीका बारेमा सोधिएको थियो ।
त्यसक्रममा बुवाआमासँग बसेर कहिल्यैपनि खाना नखाने परिवारका बच्चाहरुको तुलनामा सधै बुवाआमासँगै बसेर खाना खाने परिवारका बच्चाहरुले दिनमा १२५ ग्राम बढि फलफूल तथा सागसब्जी बढि खान पाउँछन् । आमाबुवाले सागपात तथा फलफूल खाएको देखेर पनि बच्चाले यस्ता स्वस्थ खानेकुरा खाने बानी बसाल्छ

0 comments

Leave a Reply