You Are Here: Home» अन्तराष्ट्रिय , भिडियो » दिल्ली बलात्कारः प्रदर्शनकारी र प्रहरीबीच ब्यापक झडप (भिडियोसहित)
एजेन्सी, पौष ७ । भारतको नयाँ दिल्लीमा एक यूवतीलाई सामूहिक बलात्कार गर्नेहरुमाथि कडा कारवाहीको माग राखेर प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच ब्यापक झडप भएको छ । राष्ट्रपति भवन नजिक रायसीना हिलमा प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले अश्रुग्याँस, पानीका फोहोरा प्रहार र लाठी चार्ज गरेको थियो ।
प्रदर्शनमा उत्रिएकाहरुले गत आइतवार २३ वर्षीया छात्रालाई बलात्कार गर्ने विरुद्ध कडा सजायको माग गर्दै ६ दिन देखि लगातार प्रदर्शन गर्दै आइरहेका छन् । प्रदर्शनकारीहरुले दोषीलाई मृत्युदण्ड दिनु पर्ने सम्मको माग गरेका छन् ।
प्रदर्शनमा विभिन्न क्षेत्रका मानिसहरुको सहभागिता रहेको बताइएको छ । प्रहरीले बलात्कारको घटनामा संलग्न सबै ६ अभियुक्तलाई पक्राउ गरिसकेको छ । दिल्ली लगायत विभिन्न शहरमा बर्बर बलात्कारको घटना विरुद्ध सडकमा उत्रिएर सर्वसाधरणले विरोध प्रदर्शन गरिरहेका छन् ।
यसैबीच आजको घटना लगत्तै भारतीय प्रधानमन्त्री मनमोहन सिंहले जनतालाई सुरक्षित महशुस गर्ने वातावरण श्रृजना गर्न गृहमन्त्रीलाई निर्देशन दिएको जनाइएको छ ।















0 comments