You Are Here: Home» समाचार » श्रीलंकामा बाढी पहिरोमा परी कम्तिमा २५ जनाको मृत्यु , थुप्रैं वेपत्ता, सयौं घर डुबानमा

श्रीलंकामा बाढी पहिरोमा परी कम्तिमा २५ जनाको मृत्यु , थुप्रैं वेपत्ता, सयौं घर डुबानमा
 पौष ६ । श्रीलंकामा भिषण वर्षापछि आएको बाढी पहिरोमा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ । बाढीमा थुप्रैं बेपत्ता भएका छन् । गत तीन दिनदेखि परेको भारी बर्षा रोकिएको छैन । बाढीका कारण ३ सय घर डुबानमा परेको छ भने २० बजार सर्वसाधारण घरबारबिहीन बनेका छन् । श्रीलंकाको मध्य, उत्तरी र पश्चिमी क्षेत्र प्रभावित बनेको छ । ठाउँ ठाउँमा पहिरो गएकाले जंगली हात्तीहरु शहर पस्न थालेकाले उनीहरुलाई ब्यबस्थित गर्न श्रीलंकाली सरकारलाई कठिनाई भएको छ । बिजुली आपूर्ति बन्द हुँदा केही शहर अन्धकारमय भएको छ । विद्यालय र कलेज बन्द हुनुका साथै हवाई तथा सडक यातायात समेत अवरुद्ध बनेको छ ।

0 comments

Leave a Reply