You Are Here: Home» समाचार » ओखलढुङ्गा र उदयपुर जोड्ने सुनकोशी नदीमा वेलीब्रिज सञ्चालन

ओखलढुङ्गा र उदयपुर जोड्ने सुनकोशी नदीमा वेलीब्रिज सञ्चालन
ओखलढुङ्गा,पौष ६ । ओखलढुङ्गा र उदयपुर जोड्ने सुनकोशी नदीमा वेलीब्रिज सञ्चालनमा आएको छ । हिउँदको समयमा मालसामान ढुवानी र यात्रु आवतजावतलाई सहज बनाउन कम्तीमा छ महिना संचालन हुने गरी हर्कपुर ओखलढुङ्गा सडक आयोजनाले बेलीब्रिज सञ्चालनमा ल्याएको हो ।

 यसअघि मानिसहरु फेरीबाट आवत जावत गर्ने गरेका कारण जोखिम वढी थियो ।
 बेलिब्रिज सञ्चालन भएपछि ओखलढुंगा, खोटाङ र सोलुखुम्बुका लाखौँ जनताहरु प्रत्यक्ष लाभान्वित हुने छन् ।

0 comments

Leave a Reply