You Are Here: Home» feature , मनोरञ्जन » केसु बनिन् रिपब्लिका मिस टिन


काठमाडौं, पुस ८ (नागरिक)- क्याम्पियन एकेडेमीमा अध्ययरत् १८ वर्षीया केसु खड्काले रिपब्लिका मिस टिनको उपाधि पाएकी छिन्। राजधानीको आर्मी अफिसर्स क्लबमा शनिबार आयोजित कार्यक्रममा १६ वर्षीया मोनिका सापकोटा फस्ट रनरअप र १९ वर्षीया आयुस्मा श्रेष्ठ सेकेन्ड रनरअप घोषित भइन्।

‘जेसिससँग आवद्ध रहेर सामाजिक कार्यमा सहभागिता जनाउने छु। त्यसबाहेक विभिन्न विकासमूलक कार्यमा सक्रिय हुनेछु,' उपाधि जितेपछि केसुले भनिन्। जेसिसका बाहेक अरु सामाजिक कार्यमा पनि सहयोग गर्ने उनको इच्छा छ।
प्रतियोगिताको अन्तिम भिडन्तमा १८ किशोरी छानिएका थिए। गोपालसुन्दरलाल कक्षपति, राजभाइ सुवाल, महेश श्रेष्ठ, सबिता भण्डारी बराल, उज्ज्वलकुमार श्रेष्ठ र राजेन्द्र मल्ल निर्णायकका रुपमा रहेका थिए।
विजेताले आगामी मिस नेपालमा सिधै सहभागी हुने अवसर पाएकी छन्। त्यसबाहेक एक वर्षे डिप्लोमा गर्ने अवसर र जेसिसको एल्बेस्डर समेत नियुक्त भएकी छन्।
एघारौं संस्करणको मिस टिन प्रतियोगितामा फ्रेन्डसिप बिहानी तामाङ, फोटोजेनिक अम्बिका सिंह, पपुलर अलिशा खड्का, ड्रेस आयुष्मा श्रेष्ठ, डिसिप्लेन मेरिना श्रेष्ठ र पर्सनालिटी केसु खड्का घोषित भए। कार्यक्रमको आयोजना काठमाडौं जेसिसले गरेको हो। फाइनलअघि तीन हप्ते प्रशिक्षण राजधानीको वल्र्ड टे«ड सेन्टरमा भएको थियो।
‘उनले एक वर्ष जेसिसले गर्ने विभिन्न सामाजिक कार्यक्रममा सहभागी भई जनचेतनामूलक गतिविधिलाई प्रोत्साहन दिनेछिन्। त्यसबाहेक सामाजिक नेतृत्वको विकास गर्ने अवसर पाउनेछिन्,' कार्यक्रम संयोजक सुमन महर्जनले बताए। किशोरीहरुलाई समाजसँग परिचित गराउन र बहुमुखी बनाउन यस कार्यक्रमलाई निरन्तरता दिइएको उनले जनाए।

0 comments

Leave a Reply