You Are Here: Home» राजनीति » गठबन्धन बाहिरवाट प्रधानमन्त्री वनाउने प्रचण्डको प्रस्ताव


साँझ पुनः बैठक बस्ने


८ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठवन्धन बाहिरबाट विकल्प खोज्ने प्रस्ताव गर्नु भएको छ । गठबन्धका अन्य दलले भने गठबन्धनभित्रैबाट प्रधानमन्त्रीको उमेद्वार खोज्नुपर्ने अडान राखेका छन् । आफ्नो नेतृत्वको संघीय लोकतान्त्रिक-गणतान्त्रिक गठवन्धनको आइतबार बसेको बैठकमा प्रचण्डले गठवन्धभित्रबाट नभए बाहिर जाने प्रस्ताव गर्नुभएको हो ।
‘सत्तारुढ गठबन्धनबाट सहमति हुादैन भने अब हामीले फराकिलो बन्नुपर्छ, त्यसैले बाहिरबाट भए पनि सहमति खोज्ने तर्फ लागौं ।’ प्रचण्डले गठबन्धनको बैठकमा यस्तो प्रस्ताव राखेपछि विजयकुमार गच्छदार र हृदयेश त्रिपाठीले यही सरकारमा सहमति हुन नसके गठबन्धनभित्रबाट मधेसीले प्रधानमन्त्री पाउनुपर्ने बताएपछि बैठक निवा निश्कर्ष टुंगिएको स्रोतले जनाएको छ ।
‘प्रचण्डले पनि गठवन्धनभित्रबाट बाबुराम भट्टराईको विकल्प खोज्दा नारायणकाजी श्रेष्ठ प्रकाश, विजयकुमार गच्छदार र महन्त ठाकुरको नाम लिनुभयो । तर, गठबन्धनभित्रबाट सहमति नभए बाहिर जानुपर्नेमा उहाँको जोड थियो ।’ – एक नेताले प्रचण्डको भनाइ उधृत गर्दै अनलाइनखबरसंग भने । प्रचण्डले गठवन्धनबाट बाहिर जाँदा संघीयता विरोधीलाई भने नेतृत्व नदिने बताउनुभयो ।
बैठकमा मधेसी मोर्चाका नेताहरुले भने वर्तमान सरकारलाई नै राष्ट्रिय स्वरुप दिनुपर्ने र त्यसो नभए गठवन्धनबाटै विकल्प खोज्नुपर्ने बताएका छन् । उता बैठकमा सहभागी परिवार दलका नेता एवं सहकारी मन्त्री एकनाथ ढकालले उपराष्ट्रपति परमानन्द झा मधेसी भएकाले उनैको नेतृत्वमा सरकार बनाएर चुनावमा जानुपर्ने बताएका थिए ।
बैठक ४ बजे फेरि बस्ने
गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले बैठकमा मतभेद नदेखिएको दाबी गर्नुभयो । ‘खाना खाने बेला भएको र प्रचण्ड-बाबुरामले अर्को ठाउँमा जानुपर्ने भएकाले बैठक स्थगित भएको हो, बेलुका चार बजे फेरि बैठक बस्छ ।’-सिंहले भन्नुभयो ।

0 comments

Leave a Reply