You Are Here: Home» खेलकुद , समाचार » सचिनले एकदिवसीय क्रिकेटबाट सन्यास लिए


८ पुस,  भारतीय क्रिकेटका मास्टर ब्लास्टर सचिन तेन्दुलकरले एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
भारतीय क्रिकेट काउन्सिल बीसीसीआईले यसको पुष्टी गरेका छन् । ‘मैले एक दिवसीय क्रिकेटबाट सन्यास लिने निर्णय लिएको छु’ उनले भनेका छन्-’विश्वकप विजेता भारतीय टोलीको सदस्य बन्न सपना पूरा भएकोमा धन्य छु ।’ उनले विश्वकपको उपाधी रक्षाका लागि तयार थाल्नु पर्ने भन्दै त्यसका लागि अगि्रम बधाई दिएका छन् ।
रेकर्डका बादशाह
४ सय ६३ एक दिवसीय क्रिकेट खेलेका सचिनले ४९ शतकको मदतमा कीर्तिमानी १८ हजार ४ सय २६ रन बनाएका छन् । अहिलेसम्म कुनै पनि क्रिकेटरले अहिलेसम्म यती रन बनाएका छैनन् ।
एकदिवसीय क्रिकेटमा सचिनको सर्वाधिक रन २ सय रन छ । उनको रन औसुतमा ४४.८३ प्रतिशत हुन्छ । उनले ४९ शतक र ९६ अर्धशतक बनाएका छन् । सचिनको अन्तिम एकदिवसीय क्रिकेट ढाकामा सम्पन्न एशिया कपमा पाकिस्तानविरुद्ध थियो ।
प्रतिक्रिया
सचिनका सहकर्मी रहभजन सिंहले सचिन एक महान व्याट्सम्यान, महान मानिस र एक साथी भनेका छन् । उनले ट्वीटमा लेखेका छन्-’सचिन सच्चा छोरा हुन् । म तपाईलाई सलाम गर्छु र माया गर्छु ।’
चर्चित क्रिकेट कमेन्टर हर्ष भोगलेले सचिनले सही समयमा सन्यासको निर्णय लिएको बताएका छन् । उनले भनेका छन्-’यो सही फैसला हो ।’onlinekhabar

0 comments

Leave a Reply