You Are Here: Home» खेलकुद » राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि छिनोफानो हुँदै

राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि छिनोफानो हुँदै

विजयका लागि सशस्त्र प्रहरी भैरहवाले दिएको २ सय २२ रनको चुनौती पछ्याउँदै ।

काठमाडौं, पौष ६ । राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि भिडन्तमा अहिले सशस्त्र प्रहरी बल एपिएफ् र क्षेत्र नम्बर ४ भैरहवा भिडिरहेका छन् । त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा जारी खेल विजयका लागि सशस्त्रले २ सय २२ रनको चुनौती पछ्याइरहेको छ । टस हारेर पहिले ब्याटिङ्ग गरेको भैरहवाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय २१ रन बनायो । भैरहवाका लागि फैजल खान एक्लैले एक सय २४ रनको योगदान दिए । त्यसैगरी सुवास गदालले २८ रन बनाए । सरद भेषवाकरले २७ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । साविक विजेता सशस्त्रले सेमिफाइनलमा क्षेत्र नम्बर २ बीरगञ्जलाई र भैरहवाले क्षेत्र नम्बर ७ जनकपुरधामलाई हराएको थियो । साविक उपविजेता नेपाल प्रहरी भने यसपटक सहभागी भएन ।image channel

0 comments

Leave a Reply