You Are Here: Home» समाचार » बिकिलिक्सले आगामी बर्ष १० लाख गोप्य दस्तावेज सार्वजनिक गर्ने

पौष ६ । विश्वका विभिन्न देशका गोप्य दस्तावेज सार्वजनिक गरेर तहल्का मच्चाएको बिकिलिक्सले आगामी बर्ष १० लाख गोप्य दस्तावेज सार्वजनिक गर्ने घोषणा गरेको छ । ती गोप्य दस्तावेजबाट बिश्वका कुनै पनि राष्ट्र अछुतो नरहने पनि विकीलिक्सले दाबी गरेको छ । बेलायतस्थित ईक्वेडरको दूतावासमा शरण लिईरहेका विकिलिक्सका संस्थापक जुलियन असान्जले दूतावासको भ्यालबाट क्रिसमस सन्देश दिंदै आगामी बर्ष सार्वजनिक गर्ने दस्तावेजका लागि आफूहरु ब्यस्त रहेको बताएका हुन् । त्यस क्रममा असान्जले असली लोकतन्त्र झूठको बदला सत्यको लडाईमा भएको भन्दै यो लडाई इजिप्टदेखि बेलायतसम्म फैलिएको बताए । विश्वशक्ति राष्ट्र अमेरिकादेखि थुप्रै देशहरुका गोप्य दस्तावेज सार्वजनिक गरेर तहल्का मच्चाएपछि असान्जमाथि स्वेडेनमा दुई महिलाको यौन शोषण गरेको अभियोग लगाईको थियो । जसका कारण उनी कैयौं दिन लुक्दै हिंड्न बाध्य भए । सन् २०१० मा बेलायतमा पक्राउ परेका उनलाई स्वेडेन सुपुर्दर्गी गर्ने प्रक्रिया अघि बढेपछि असान्ज लण्डनस्थित ईक्वेडरको दूतावासमा शरण लिन पुगेका थिए ।

0 comments

Leave a Reply