'अर्बौं बर्षसम्म पृथ्वी यही अवस्थामा'
५ पुस, नेपाली राजनीतिमा चर्चित शुक्रबारकै दिन पर्नेगरी इन्टरनेटमार्फत केही दिनदेखि चलेको एउटा हल्लाले यतिबेला धेरैलाई आतंकित र भयभित बनाएको छ ।
फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा कसैले हाँसीमजाक त कसैले साँच्चै डर नै मान्ने गरी २१ डिसेम्बरबारे आ-आफ्नै टिप्पणी प्रस्तुत गरेका छन् । कतिले शुक्रबार घरबाट बाहिर नगएर परिवारको साथमा बस्ने बताएका छन् त कतिले जाँच भएपनि नपढी बस्ने भनेका छन् । अनि कतिले चाहिँ केही होला कि भनेर चूप बसौंला, केही भएन भने चाहिँ के गर्ने होला भनेर ठट्यौली पनि गरेका छन् ।














0 comments