You Are Here: Home» समाचार » प्रहरी हिरासतबाट भारतीय महिला फरार

प्रहरी हिरासतबाट भारतीय महिला फरार
पोखरा, पौष ५ । पोखराको वगरस्थित वडा प्रहरी कार्यालयको हिरासतमा रहेकी एक भारतीय महिला फरार भएकी छन् । भारतको गोरखपुर घर भएकी अन्दाजी ४५ वर्षिया बिन्दु हरिजन आज विहान भागेकी हुन् ।

गत मंसिर २४ गतेबाट हिरासतमा रहेकी हरिजनलाई ड्युटीमा रहेका प्रहरीले नुवाई–धुवाईका लागि बाहिर निकालेका बेला उनी भागेकी हुन् ।

पृथ्वीचोकमा माइक्रो बसबाट सुन चोरी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको थियो ।

0 comments

Leave a Reply