नेपाली सिनेमाका कलाकर्मीहरु राजनीतिबाट अछुतो रहन सकेका छैनन् । नायक राजेश हमालदेखि चर्चित कलाकार निर शाहले राजनीतिमा आउने चाहना समय समयमा व्यक्त गरेका छन् । यसैक्रममा नायक सरोज खनालले पनि नेपाली राजनीतिमा आउने इच्छा व्यक्त गरेका छन् । उनले भने ‘राजनीतिमा मेरो आवश्यकता पर्यो भने अवश्य पनि आउछु ।’
अमेरिका बसाइबाट विश्राम लिन केही समय अघि नेपाल आएका सरोजले प्रधानमन्त्रि डाक्टर बाबुराम भट्टराइलाई अन्य दलले काम गर्न नदिएको बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘मलाई व्यक्तिगत रुपमा मन पर्ने नेता नै बाबुराम जी हुनुहुन्छ । तर उहाँलाई काम गर्न दिइएन भन्ने मलाई लाग्छ ।’ बाबुराम असफल हुनुमा जनता, उनको आफ्नै पार्टी र अन्य दल रहेको ठहर सरोजको छ । आफ्नै पार्टी भित्र खुट्टा तान्ने व्यक्ति धेरै हुदा बाबुरामले काम गर्न नपाएको उनको भनाई छ ।

यस्तै उनले जनताले धेरै दललाई चुनावमा मिश्रति तबरबाट विजयी गराउँदा कुनै पनि दलका नेताले काम गर्न नपाउने बताए । सरोजले भने, ‘म कुनै पनि पार्टिलाई जिताउनुहोस् भन्दिन तर एउटा मात्र पार्टिलाई चुनावमा जिताउनुपर्छ भन्छु ।’ धेरै पार्टी हुदा सत्ताको लुछाचुडी भएकाले देश विगि्रएको र प्रधानमन्त्री बाबुराम भट्टराइले काम गर्न नपाएको उनको भनाई छ ।

0 comments