You Are Here: Home» समाचार » चार दलीय घेरा तोड्दै राष्ट्रपतिले बोलाए सर्बदलीय बैठक


तीन दलका शीर्ष नेता शितल निबासमा


८ पुस, काठमाडौं । पाँच पटक गरी दिएको एक महिनामा पनि दलहरुबीच सहमतिको सरकार गठनबारे सहमति जुट्न नसकेपछि राष्ट्रपति डाक्टर राववरण यादवले सोमबार सर्बददीय बैठक बोलाउनु भएको छ । सर्वदलीय बैठक अघि अहिले तीन दलका शीर्ष नेताहरूसँग छलफल गरिरहनु भएको छ ।
पटक-पटक समय दिँदा पनि सहमति जुटाउन नसिकेपछि राष्ट्रपतिले चार दलीय घेरा तोड्दै विघठित संविधानसभामा रहेका सबै दललाई बोलाउनु भएको हो ।
भारत भ्रमण अघि विहान ९ बजे शितल निवासमा विघठित संविधानसभामा रहेका दलहरुलाई बोलाइएको राष्ट्रपतिको कार्यालयद्धारा जारी सूचनामा उल्लेख छ ।
राष्ट्रपतिले नेपालको अन्तरिम संविधान २०६३ को धारा (१) अनुसार गत मंसिर ८ गते पहिलोपटक सहमतीय सरकार गठनका लागि राजनीतिक दलहरुलाई आहृवान गर्नुभएको थियो । पछिल्लो पटक पुस ३ गते पाँचौं पटक दिएको समयसीमा शनिबार सकिएको छ ।
दलहरुले राजनीतिक निकास नदिई भारत नजान आग्रह गरेपछि राष्ट्रपतिले भ्रमण भने स्थगित नगर्नु हुने शितल निवास श्रोतले बताएको छ । राष्ट्रपति यादव भोलि सोमबार ५ दिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ ।

0 comments

Leave a Reply