You Are Here: Home» समाचार » शिवाको हत्या हुनुमा परिवार नै वढी दोषी रहेको निश्कर्ष

शिवाको हत्या हुनुमा परिवार नै वढी दोषी रहेको निश्कर्ष
काठमाडौं, पौष ६ । शिवा हासमी हत्या प्रकरणबारे स्थलगत अध्ययनपछि अन्तर पार्टी महिला सञ्जालले घटना हुनुमा शिवाको परिवारनै वढी दोषी रहेको निश्कर्ष निकालेको छ । आज राजधानीमा पत्रकार सम्मेलन गरी संजालले शिवाको परिवारका सदस्यलाई पनि छानविनको दायरामा ल्याउन सुझाव दिएको हो । स्थलगत अध्ययनपछि संजालले शिवा र उनको हत्याका आरोपी बाबु खानबीच प्रेम सम्बन्ध रहेको र घटना हुनु पाँच दिन अघि शिवाको परिवारका सदस्यले खानलाई कुटपीट गरेको समेत जनाएको छ । घटनाको विषयमा परिवारकै सदस्य र स्थानीयवासीले फरक फरक कुरा गरेको भन्दै संजालले शिवाको हत्याबारे गम्भीर छानविन गरी दोषीलाई कारवाहीको दायरमा ल्याउन प्रहरीलाई सुझाव दिएको छ ।


बर्दिया गुलरिया नगरपालिका वडा नम्बर ८ बस्ने शिवा हासमीलाई मंसिर २२ गते पेट्रोल खनाएर आगो लगाइएको थियो । ज्यूदै जलाइएकी हासमीलाई भेरी अञ्चल अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि वीर अस्पताल ल्याइएको थियो । उनको वीर अस्पतालमा उपचारको क्रममा मसीर २७ गते मृत्यु भएको थियो ।

0 comments

Leave a Reply