You Are Here: Home» समाचार » राष्ट्रपतिको भारत भ्रमणमा छोरा, बुहारी र नाति पनि


६ पुस,  सरकारले राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमण स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले ८ गतेबाट सुरु हुने राष्ट्रपतिको पाँच दिने भारत भ्रमण अनुमोदन गरेको हो । राष्ट्रपति बनारस हिन्दू विश्वविद्यालयको कार्यक्रममा भाग लिन भारत जान लाग्नुभएको हो ।
भ्रमणमा राष्ट्रपतिका छोरी अनिता यादव, छोरा चन्द्रमोहन, बुहारी रेश्मी र नाति नमनसमेत जान पाउने भएका छन् । टोलीमा सिँचाइमन्त्री महेन्द्र यादव पनि रहनुभएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले बताउनुभयो ।
उन्नाइस सदस्यीय प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सचिव, राष्ट्रपति कार्यालयका सचिव, राष्ट्रपतिका प्रेस सल्लाहकार र स्वकीय सचिवलगायत हुनुहुन्छ । राष्ट्रपतिका छोरा, बुहारी र नाति वाराणसीबाटै र्फकने कार्यक्रम छ भने १९ सदस्यीय टोली दिल्ली पुगेर र्फकने कार्यक्रम छ ।

0 comments

Leave a Reply