You Are Here: 
								     Home»
									 
समाचार
									 »
									  पत्नीलाई कुटपिट गरी आफ्नै १४ वर्षीया छोरीलाई बलात्कार गर्न खोज्ने बाबु कारागार चलान

Posted by npnews on 12:19 |  
									     
0
comments
 झापा,पुष २७ । आफ्नै छोरीलाई बलात्कार गर्न खोजेको आरोपमा पक्राउ परेका सुरुङ्गाका एक व्यक्ति अदालतको आदेशपछि कारागार चलान भएका छन् । एक महिनाअघि छोरीलाई बलात्कारको प्रयास गर्ने सुरूङ्गा १ का ४० वर्षीय आरोपितलाई शुक्रबार अदालतले थुनामा राखी कारवाही प्रकृया अगाडि बढाउन आदेश दिएपछि उनी कारागार चलान भएका हुन् । आरोपितले गत मंसीर २८ गते राति पत्नीलाई कुटपिट गरी १४ वर्षीया छोरीलाई बलात्कारको कोशीस गरेका थिए । बलात्कार गर्न खोज्ने बाबुविरूद्ध पिडीत छोरीले मंसीर ३० गते जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दिएपछि सोही दिन प्रहरीले उनलाई गिरफ्तार गरी कानुनी कारबाही प्रकृया अगाडि बढाएको थियो ।

0 comments