You Are Here: Home» अन्तराष्ट्रिय » बिमानको पखेटामा सर्पको १ घण्टा यात्रा


अष्ट्रेलियाको नर्दन क्वीन्सल्याण्डबाट पपुवा न्यूगिनी जाँदै गरेका बिमानका यात्रुहरु त्यसबेला आश्चर्यमा परे, जव उनीहरुले आफूसँगै एउटा ठूलो सर्पले पनि विमान चढेको थाहा पाए । धन्न सर्प सिटमा नभएर बिमानको पखेटामा थियो ।
विमान कम्पनी क्वान्टासका अनुसार करिव ३ मिटर लामो एकेथिस्टीन प्रजातिको सर्पले उत्तरी क्वीन्सल्याण्डबाट पपुवा न्यू गिनीको राजधानी पोर्ट मोर्सबीसम्म करीब १ घण्टा यात्रा गर्‍यो।
विमान कम्पनीका प्रवक्ताका अनुसार सुरुमा एक महिला यात्रुले विमानको पखेटामा सर्प रहको सूचना दिएकी थिइन् । त्यसपछि यात्रुहरुले सर्प हेर्न र भिडियो लिन थाले ।
३० हजार फिटेको उचाईमा सर्प आफुलाई निरन्तर बचाउन प्रयासरत थियो । माइनस १२ डिग्रीको चिसो र ३ सय एमपीएचको गतीमा रहेको हावाबाट आफुलाई बचाउन सर्प बारम्बार पखेटाभित्र लुक्ने कोसिस गर्दै थियो ।
बिमान पपुवा न्यूगिनी बिमास्थलमा ओर्लिएपछि त्यसलाई नियन्त्रणमा लिइएको र त्यतिबेलासम्म उ जिवितै रहेको अष्ट्रेलियाली संचारमाध्यमहरुले जनाएका छन् ।
बिमान कम्पनीसँग सम्बद्ध एक इन्जिनियरले बिमान पार्क गरिरहेको अबस्थामा सर्प तातो खोज्दै बिमानको पखेटाभित्र पसेको हुनसक्ने अनुमान गरेका छन् ।

0 comments

Leave a Reply