You Are Here: Home» अन्तराष्ट्रिय » पुलिसले समात्यो सुनको राइफल, चाँदीका गोली

सुनको बन्दुक, चाँदीका गोली । सुन्दा पनि कस्तो अचम्म ? मान्छे मार्ने साधन पनि कति महंगो होला ? के यस्तो पनि होला र ? साँच्ची हुँदोरहेछ ।

होन्डुरसका प्रहरीले हालै सुनको एके ४७ बन्दुक र चाँदीका गोली बरामद गरेपछि यो कुराको खुलासा भएको हो ।
होन्डुरस प्रहरीले लागु औषध कारोबारीले प्रयोग गर्ने गरेका अनुमान गरिएको उक्त सुन लेपन गरिएको बन्दुक र दुइ वटा चाँदीका गोली हालै बरामद गरेको छ । उक्त बन्दुको मूल्य झण्डै ५० हजार अमेरिकी डलर पर्ने विश्वास गरिएको छ ।
निकै कलात्मक उक्त बन्दुक एक लागु औषध कारोबारी जत्थाको आधार इलाकामा प्रहरीले संचालन गरेको सर्च अभियानका बेला फेला परेको हो । त्यस क्रममा अरु हतियार तथा विभिन्न पासपोर्ट समेत बरामद भए । बन्दुक निकै उत्कृष्ट डिजाइज तथा कालिगढी कलाको नमूना भएको प्रहरी प्रमुखको भनाइ छ ।

0 comments

Leave a Reply