You Are Here: Home» समाचार » पृथ्वीनारायण शाहको सम्झनामा बिभिन्न कार्यक्रम गरिँदै




काठमाडौं,पुष २७ । बाइसे चौविसे राज्यहरुलाई एकीकृत गरी सिङ्गो नेपाल बनाउनुभएका गोर्खाका राजा पृथ्वीनारायण शाहको सम्झनामा शुक्रबार काठमाडौं सहित देशभर बिभिन्न कार्यक्रम हुँदैछन् । १८२५ मा राजधानि काठमाडौं नियन्त्रणमा लिगेर १८२६ मंसिर १ गते शाहले एकीकृत देशको घोषणा गर्दै नेपाल नामाकरण गर्नुभएको थियो । लोकतन्त्र स्थापना हुनुभन्दा पहिले आजको दिनलाई पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको रुपमा मनाउने गरिएपनि त्यसपछि भने यो क्रम हटाईएको छ । देशलाई यो अवस्थामा ल्याउन पृथ्वीनारायण शाहको भूमिका महत्वपूर्ण भएकाले पुस २७ लाई एकता दिवसको रुपमा कायम गर्नुपर्ने माग बढिरहेको छ । एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले लगायत प्रमुख दलका कतिपय नेताहरुले समेत एकता दिवसको पक्षमा आवाज उठाएपनि यो कार्यान्वयन भएको छैन । यसैविच,एकता दिवसकोदिन सरकारले सार्वजनिक विदा नदिएको विरोधमा शाहि नेपाली राष्ट्रबादि शक्तिले आज उपत्यका बन्दको आव्हान गरेको छ । बन्दका कारण उपत्यकामा आंसिक प्रभाव परेको छ । बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले काठमाडौं,ललितपुर,भक्तपुर गरी सात वटा सार्वजनिक सवारी साधनमा तोडफोड गरेका छन् । बन्द गराउँदै हिँडेका सात जनालाई भक्तपुर र काठमाडौंको गोंगबुबाट प्रहरीले नियन्त्रणमा लिगेको बन्द आयोजक शाहि नेपाली राष्ट्रबादि शक्तिका उपाध्यक्ष रमेश कुमार घिमिरेले जानकारी दिनुभयो ।

0 comments

Leave a Reply