You Are Here: Home» खेलकुद » राष्ट्रिय क्रिकेटको फाइनल भोलि, एपीएफ र भैरहवा भिड्ने

राष्ट्रिय क्रिकेटको फाइनल भोलि, एपीएफ र भैरहवा भिड्ने
काठमाडौं, पौष ५ । सशस्त्र प्रहरी बल एपीएफ र क्षेत्र नम्बर ४ भैरहवा राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । कीर्तिपुर मैदानमा एपीएफले क्षेत्र नम्बर २ वीरगञ्जलाई १ सय २० रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

परेश लोहनीको ५३ रनको मद्दतमा निर्धारित ५० ओभरमा एपीएफले ८ विकेटको नोेक्सानीमा २ सय ७९ रन बनाएको थियो । जवाफमा २ सय ८० रनको लक्ष्य पछ्याएको वीरगञ्जले ४४ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय ५९ रन बनायो । एपीएफका वसन्त रेगमीले ४ विकेट लिए ।

उता, पुल्चोकस्थित इन्जिनियरिङ्ग मैदानमा भैरहवाले क्षेत्र नम्बर ७ जनकपुरलाई ८ विकेटले हराउँदै फाइनलमा प्रवेश ग¥यो । पहिले ब्याटिङ्ग गरेको जनकपुरले ४५ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ३१ रन जोड्यो ।

जवाफमा १ सय ३२ रनको सहज लक्ष्य भैरहवाले २२ ओभर ५ बलमा २ विकेट गुमाएर हात पा¥यो । प्रतियोगिताको फाइनल भोलि बिहान पौने नौ बजे कीर्तिपुर मैदानमा शुरु हुनेछ ।

0 comments

Leave a Reply