You Are Here: Home» feature , मनोरञ्जन » 'उर्वशी'बाट अरुणिमाको कमब्याक


काठमाडौं,  (नागरिक)-अभिनेत्री अरुणिमा लम्सालले निरन्तर फिल्म खेलिन्। पछिल्लो फिल्म 'दीपशिखा'बाट त स्क्रिप्ट लेखनमा समेत फड्को मारेको दाबी गरिन्। आफ्ना फिल्मले अपेक्षित व्यापारिक सफलता नपाएपछि उनी फुर्सदिली भइन्। झन छोरी जन्माएपछि त उनको अभिनय यात्रामा अल्पविराम नै लाग्न पुग्यो।
तर, अभिनयमा रत्तिएकी अरुणिमाको पुनरागमन भएको छ फिल्म 'उर्वशी'मार्फत। निर्देशक मनिष पन्थले उनलाई दुई वर्षपछि फर्काउने जमर्को गरे। 'दुई वर्षपछि सुटिङमा पहिलो सट दिंदा डर लागेको थियो। करिब करिब फस्ट फिल्म खेल्दा जस्तो,' सामान्य अवस्थामा आउन केही समय लागेको सुटिङ अनुभव सुनाइन् उनले।

मंसिर तेस्रो साता सुटिङको लागि उनी बुटवल पुगेकी थिइन्। त्यहाँ राम्रै प्रतिक्रिया पाइएको र झन् 'हिरोइन' देखिएको प्रतिक्रिया पाएपछि उनलाई लाग्यो 'शरीर मेन्टेन गरेर ठीक गरिएछ।'
५८ केजीकी अरुणिमाको लक्ष्य हो ५२ केजीमा झर्ने। यसका लागि आफू प्रयासरत रहेको उनले बताइन्। 'दुई वर्ष छुट्टीमा विताएँ, अब सक्रियतापूर्वक काम गर्छु,' उनले भनिन्। यो फिल्ममा उनी प्रेमकै सेरोफेरोमा घुम्नेछिन्, आमा बन्नु अघि जस्तै। 'घरबस्दा सुटिङका क्षणहरु सम्झन्थें। अहिले सुटिङमा आउँदा पुराना कुरा नै दिमागमा खेलिरहेको छ,' १० दिन सुटिङमा विताउँदा नयाँ ऊर्जा भरिएको उनले अनुभव गरिन्।
उनी स्क्रिप्ट लेखनको करिअरलाई पनि त्यसै छोड्ने पक्षमा छैनन्। भनिन्,'बल्ल फिल्म खेल्न थालें, अब स्क्रिप्टमा केही नयाँ गर्ने योजना बनाएकी छु। '

0 comments

Leave a Reply