You Are Here: Home» राजनीति » दलहरुको वार्ता गोरु दुहेर दूध निकाल्ने प्रयासः गजुरेल


६ पुस, उदयपुर । नेकपा-माओवादीका उपाध्यक्ष सिपी गजुरेलले दलहरुबीच जारी वार्ताले निकास नदिने बताउनु भएको छ ।
गाईघाटमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गजुरेलले भट्टराई र मधेसवादी दलहरुले सत्ता कुनै पनि हालतमा छाड्न नचाहेको कारण देशमा अहिले सबैभन्दा महासंकट आएको बताउनुभयो । उहाँले भन्नुभयो-’अहिले राष्ट्रपतिले सत्ताधारी दललगायतलाई मात्र वार्तामा बोलाएर राजनीतिक निकास निकाल्ने गरेको प्रयास गोरु दुहेर दूध निकाल्नु जस्तै हो ।’
चार दलले गर्ने सम्झौता आफूहरुलाई मान्य नहुने भन्दै उहाँले अबको राजनीतिक निकास गोलमेच सम्मेलनबाट खोज्नु पर्ने बताउनु भयो ।
उपाध्यक्ष गजुरेलले आफूहरु तत्काल सशस्त्र जनयुद्धमा नजाने तर, समस्याम समाधान नभए अन्तिम विकल्पको रूपमा हतियार उठाउन बाध्य हुने चेतावनी दिनुभयो ।

0 comments

Leave a Reply