अष्ट्रेलियाको नर्दन क्वीन्सल्याण्डबाट पपुवा न्यूगिनी जाँदै गरेका बिमानका यात्रुहरु त्यसबेला आश्चर्यमा परे, जव उनीहरुले आफूसँगै एउटा ठूलो सर्पले पनि विमान चढेको थाहा पाए । धन्न सर्प सिटमा नभएर बिमानको पखेटामा थियो ।
विमान कम्पनी क्वान्टासका अनुसार करिव ३ मिटर लामो एकेथिस्टीन प्रजातिको सर्पले उत्तरी क्वीन्सल्याण्डबाट पपुवा न्यू गिनीको राजधानी पोर्ट मोर्सबीसम्म करीब १ घण्टा यात्रा गर्यो।
३० हजार फिटेको उचाईमा सर्प आफुलाई निरन्तर बचाउन प्रयासरत थियो । माइनस १२ डिग्रीको चिसो र ३ सय एमपीएचको गतीमा रहेको हावाबाट आफुलाई बचाउन सर्प बारम्बार पखेटाभित्र लुक्ने कोसिस गर्दै थियो ।
बिमान पपुवा न्यूगिनी बिमास्थलमा ओर्लिएपछि त्यसलाई नियन्त्रणमा लिइएको र त्यतिबेलासम्म उ जिवितै रहेको अष्ट्रेलियाली संचारमाध्यमहरुले जनाएका छन् ।
बिमान कम्पनीसँग सम्बद्ध एक इन्जिनियरले बिमान पार्क गरिरहेको अबस्थामा सर्प तातो खोज्दै बिमानको पखेटाभित्र पसेको हुनसक्ने अनुमान गरेका छन् ।
सुनको बन्दुक, चाँदीका गोली । सुन्दा पनि कस्तो अचम्म ? मान्छे मार्ने साधन पनि कति महंगो होला ? के यस्तो पनि होला र ? साँच्ची हुँदोरहेछ ।
होन्डुरसका प्रहरीले हालै सुनको एके ४७ बन्दुक र चाँदीका गोली बरामद गरेपछि यो कुराको खुलासा भएको हो ।
होन्डुरस प्रहरीले लागु औषध कारोबारीले प्रयोग गर्ने गरेका अनुमान गरिएको उक्त सुन लेपन गरिएको बन्दुक र दुइ वटा चाँदीका गोली हालै बरामद गरेको छ । उक्त बन्दुको मूल्य झण्डै ५० हजार अमेरिकी डलर पर्ने विश्वास गरिएको छ ।
निकै कलात्मक उक्त बन्दुक एक लागु औषध कारोबारी जत्थाको आधार इलाकामा प्रहरीले संचालन गरेको सर्च अभियानका बेला फेला परेको हो । त्यस क्रममा अरु हतियार तथा विभिन्न पासपोर्ट समेत बरामद भए । बन्दुक निकै उत्कृष्ट डिजाइज तथा कालिगढी कलाको नमूना भएको प्रहरी प्रमुखको भनाइ छ ।
१ सय ५० जना यौनकर्मी महिलाले जागिर गर्ने र एक दिनमा १ हजार पुरुषको यौनकेा भोक मेटाउने लक्ष्यका साथ अस्टियाको राजधानी भियनामा युरोपकै सबैभन्दा ठूलो वेश्यालय खुल्ने भएको छ ।
उक्त सुविधासम्पन्न वेश्यालयमा डेढ सय जना सुन्दरी वेश्याहरुले दिनहुँ ग्राहकको चित्त बुझाउनेछन् । वेश्यालयभित्र सम्भोगको सुविधा त हुने नै छ त्यसका अलवा रेष्टुरेन्ट, ब्युटिपार्लर, जिमखाना तथा सैलुन समेत रहने बताइएको छ ।
स्थानीय उद्यमी पिटर लास्कारिसले खोल्न थालेको उक्त वेश्यालय डेढ करोड बेलायती पाउण्डको लगानीमा सुरु हुनेछ । उनका अनुसार त्यो केवल सामान्य वेश्यालय मात्र हुनेछैन सम्पूर्ण आनन्द तथा सुविधाको केन्द्र हुनेछ ।
आफ्नो वेश्यालय चार तारे होटलभन्दा सुविधासम्पन्न हुने दाबी मालिकको छ । वेश्यालयमा सेवा दिने यौनकर्मी युवतीहरु समेत निकै सेक्सी तथा सुन्दर हुने उनी बताउँछन् ।
डेढ सय ओछ्यान रहेको उक्त वेश्यालयमा चौबिसै घण्टा उपचार सेवा समेत उपलब्ध हुनेछ । वेश्यालयले सहरै भरी चौबिसै घण्टा ग्राहक ल्याउने र पूराउने सेवा समेत उपलब्ध गराउनेछ ।
वेश्यालयले समय समयमा विभिन्न खालका सेक्स महोत्सव तथा प्रदर्शनीको आयोजना गर्ने समेत बताएको छ । यद्यपि उक्त सुविधासम्पन्न विशाल वेश्यालय ठ्याक्क कुन ठाउँमा खुल्नेछ भन्ने कुरा भने बताइएको छैन । विरोध प्रदर्शन हुने डरले अहिले एकिन स्थान खुलासा नगरिएको भएपनि उद्घाटन हुने दिनमा ठूलै सरप्राइज दिने धोको त्यसका संचालकको छ ।
काठमाडौं पुस २६ - चार महिनाको शिशु हत्याको आरोपमा साउदी अरबमा कामदारका रुपमा रहेकी एक श्रीलंकाली महिलाको शीर छेदन गरिएको छ । बच्चाको हेरचाह गर्ने श्रीलंकाली नागरिक रिजाना नफीकले सन् २००५ मा भएको उक्त हत्याको आरोपलाई अस्वीकार गर्दै आएकी थिइन् । साउदी अबरको गृह मन्त्रालयले बुधबार रिजानालाई मारिएको कारण बताएको छ ।
बच्चाको आमासँग भएको विवादका कारण चार महिनाको शिशुको हत्या गरेकाले उनलाई मारिएको मन्त्रालयले बताएको छ ।श्रीलंकाली सरकारले भने क्षमा याचनाका लागि गरेको सबै आग्रह अस्वीकार गरेको भन्दै साउदी अबरको निन्दा गरेको छ । साथै श्रीलंकाको संसदमा रिजानको सम्झनामा एक मिनेट मौनधारण गरिएको छ ।रिजानाका आमाबाबुले साउदी अरबका जारा अब्दुल्लाहसँग छोरीलाई माफी दिन अपील गरेका थिए ।
उनलाई नइफ अल-कुतहैइबीको हत्यामा सन् २००७ मा दोषी ठहर गरिएको थियो । रिजानाले भने आफूलाई दबावमा बयान लिएको र अनुवादन तथा वकिलको सुविधा नदिएको बताएकी थिइन् । हृयुमन राइट्स वाचले साउदी अरब दोषी देखिएका बच्चालाई समेत मार्ने तीन देशमध्ये एक भएको बताएको छ ।स्रोत : ऑनलाइन खबर
बच्चाको आमासँग भएको विवादका कारण चार महिनाको शिशुको हत्या गरेकाले उनलाई मारिएको मन्त्रालयले बताएको छ ।श्रीलंकाली सरकारले भने क्षमा याचनाका लागि गरेको सबै आग्रह अस्वीकार गरेको भन्दै साउदी अबरको निन्दा गरेको छ । साथै श्रीलंकाको संसदमा रिजानको सम्झनामा एक मिनेट मौनधारण गरिएको छ ।रिजानाका आमाबाबुले साउदी अरबका जारा अब्दुल्लाहसँग छोरीलाई माफी दिन अपील गरेका थिए ।
उनलाई नइफ अल-कुतहैइबीको हत्यामा सन् २००७ मा दोषी ठहर गरिएको थियो । रिजानाले भने आफूलाई दबावमा बयान लिएको र अनुवादन तथा वकिलको सुविधा नदिएको बताएकी थिइन् । हृयुमन राइट्स वाचले साउदी अरब दोषी देखिएका बच्चालाई समेत मार्ने तीन देशमध्ये एक भएको बताएको छ ।स्रोत : ऑनलाइन खबर
चीनमा एक जना वेश्याले पेट पाल्नकै लागि अहिलेसम्म ३ हजार जना पुरुष सँग सम्भोग गरेकी छिन् । तर बिचरा तिनै वेश्यालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दा पनि अचम्मै लाग्छ की कुनैपनि महिलाले यतिधेरै पुरुषसँग सम्भोग गर्न सक्छ । तर २२ वर्षमै एक महिलाले यति धेरै पुरुषसँग सुत्न भ्याएकी छिन् । रुओ जियोन नामकी ती महिलाले आफुले ३ हजार पुरुषसँग यौन सम्पर्क गरेको लगायतका यौन कहानी इन्टरनेटमार्फत पनि सार्वजनिक गरेकी छन् ।
अझ अनौठो कुरा त के भने प्रहरीले पक्राउ गरेपछि ती वेश्याको मोबाइल फोन चेक गर्दा चीनका एक से एक वरिष्ठ व्यक्तिहरुसाग फोन सम्पर्क भएको पाइएको छ । त्यसैले जिओनको गिरफ्तारपछि ती वरिष्ठ व्यक्तहरुको बेचैनी बढेको छ । किनकी प्रहरी हिरासतमा जिओनले आफुसँग यौनसम्पर्क राखेका व्यक्तिहरुको नाम भन्दै जाँदा आफ्नो नाम पनि पर्ने डरले उच्च पदस्थ सरकारी अधिकारी , प्राध्यापक लगायतका मानिसहरुलाई निद्रा परेको छैन । प्रहरीले जिओनको मोबाइलमा रहेका नम्बरहरुबारे अनुसन्धान गरिरहेको जनाएको छ जसबाट ती नम्बरवाला व्यक्तिहरु जिओनका ग्राहक भए नभएको पत्तो लाग्नेछ । पछिल्लो ७ वर्ष यौन व्यवसाय गरिरहेकी जिओनले यो बीचमा ३ हजार पुरुषसाग सेक्स गरेको स्विकार गरेकी छिन् , प्रहरीसामु । उनले आफ्नो पढ्ने इच्छा भएपनि बाध्यताबस यसो गरिरहेकेा बताइन् ।ती बलवान वेश्याले आफ्नो कहानी इन्टरनेट मार्फत सेयर गर्ने गरेकी छिन् र यसमार्फत निकै चर्चित पनि बनेकी छिन् । इन्टरनेटमा उनका फलोअर १ लाख ७० हजार भएको तथ्यबाट पनि उनी कति लोकपृय रहेछिन् भन्ने प्रष्ट हुन्छ । जिओनले पछिल्लोपटक १६ सेप्टेम्बरमा इन्टरनेटमार्फत आफ्नो कुरा पोष्ट गरेकी छिन् । त्यसमा उनले आफ्नो एउटा ग्राहक रहेको जो कारभित्र सेक्स गर्न मन पराउने बताएकी छिन् । त्यस्तै एकजना प्रोफेसर पनि आफ्नो ग्राहक रहेको र ऊ किताब पढ्न निकै मन पराउने जिओन बताउाछिन् । जिओनका अनुसार उनको एकजना महिला ग्राहक पनि छ।
अझ अनौठो कुरा त के भने प्रहरीले पक्राउ गरेपछि ती वेश्याको मोबाइल फोन चेक गर्दा चीनका एक से एक वरिष्ठ व्यक्तिहरुसाग फोन सम्पर्क भएको पाइएको छ । त्यसैले जिओनको गिरफ्तारपछि ती वरिष्ठ व्यक्तहरुको बेचैनी बढेको छ । किनकी प्रहरी हिरासतमा जिओनले आफुसँग यौनसम्पर्क राखेका व्यक्तिहरुको नाम भन्दै जाँदा आफ्नो नाम पनि पर्ने डरले उच्च पदस्थ सरकारी अधिकारी , प्राध्यापक लगायतका मानिसहरुलाई निद्रा परेको छैन । प्रहरीले जिओनको मोबाइलमा रहेका नम्बरहरुबारे अनुसन्धान गरिरहेको जनाएको छ जसबाट ती नम्बरवाला व्यक्तिहरु जिओनका ग्राहक भए नभएको पत्तो लाग्नेछ । पछिल्लो ७ वर्ष यौन व्यवसाय गरिरहेकी जिओनले यो बीचमा ३ हजार पुरुषसाग सेक्स गरेको स्विकार गरेकी छिन् , प्रहरीसामु । उनले आफ्नो पढ्ने इच्छा भएपनि बाध्यताबस यसो गरिरहेकेा बताइन् ।ती बलवान वेश्याले आफ्नो कहानी इन्टरनेट मार्फत सेयर गर्ने गरेकी छिन् र यसमार्फत निकै चर्चित पनि बनेकी छिन् । इन्टरनेटमा उनका फलोअर १ लाख ७० हजार भएको तथ्यबाट पनि उनी कति लोकपृय रहेछिन् भन्ने प्रष्ट हुन्छ । जिओनले पछिल्लोपटक १६ सेप्टेम्बरमा इन्टरनेटमार्फत आफ्नो कुरा पोष्ट गरेकी छिन् । त्यसमा उनले आफ्नो एउटा ग्राहक रहेको जो कारभित्र सेक्स गर्न मन पराउने बताएकी छिन् । त्यस्तै एकजना प्रोफेसर पनि आफ्नो ग्राहक रहेको र ऊ किताब पढ्न निकै मन पराउने जिओन बताउाछिन् । जिओनका अनुसार उनको एकजना महिला ग्राहक पनि छ।
देश बिदेशका महत्वपूर्ण समाचार देखाउने बेला टीभीमा अश्लिल चलचित्र प्रसारण भयो भने के होला ? स्वीडेनमा हालै एक टीभी च्यानलमा त्यस्तै भयो ।
टीवी ४ च्यानलमा समाचार प्रशारण भइरहेको समयमा समाचार बाचिकाको पछाडीको एउटा स्क्रीनमा भने पोर्न भिडियो प्रशारण भइरहेको थियो । ग्लोबल पोष्टका अनुसार २४ घण्टे उक्त च्यानलको विहान १० बजेको बुलेटिन प्रशारण भइसकेको समयमा यस्तो घटना भएको हो । त्यहाँ दश मिनेटसम्म अश्लिल चलचित्र प्रसारण भएको थियो ।
जतिबेला सिरियाको संकटबारे सम्वाददातासँग कुरकाकानी भइरहेको थियो, उद्घोषकको पछाडी रहेको एक स्क्रीनमा भने पोर्न फिल्म चलिरहेको थियो ।
टीवी ४ ले यसलाई प्राविधिक त्रुटी भनेको छ । टीवी ४ मुल कम्पनी सी मोर इन्टरटेन्टमेन्टका थुप्रै च्यानलहरु छन्, जसमध्ये केहीले रातमा बयस्क फिल्म देखाउँछन् । त्रुटीवस त्यस्तो च्यानलको केवल (तार) कन्ट्रोल रुमको स्क्रीनमा जोडिन पुगेको टीभीले दावी गरेको छ ।
एजेन्सी, पौष २५ । भारतले जम्मु–कश्मिरदेखि उत्तर मेधर क्षेत्रमा पाकिस्तानी सेनाको आक्रमणमा मारिएका आफ्ना दुई सैनिक मध्ये एक जनाको शीर छेदन गरी हत्या गरिएको जनाएको छ । भारतीय सेनाका प्रवक्ताले पाकिस्तानी सेनाको आक्रमणपछि भारतीय सेनाले ब्यापक खोजी गरेपनि शीर छेदन गरिएका सैनिकको टाउको फेला नपरेको जनाएका छन् ।
पाकिस्तानी आक्रमणलाई बर्बरतापूर्ण भन्दै भारत सरकारले नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायुक्तलाई सोधपुछका लागि बोलाएको छ ।
उता, पाकिस्तानले भारतीय आरोप अस्वीकार गर्दै कश्मिरलाई विभाजित गर्ने नियन्त्रण रेखा पार गरी आप्mनो तर्फबाट कुनै आक्रमण नभएको र भारतीय सैनिक पनि नमारेको दाबी गरेको छ । पाकिस्तानी सेनाले घटनाबारे राष्ट्रसंघले छानविन गरोस् भन्ने माग पनि गरेको छ ।
कश्मिरस्थित भारत–पाक सीमामा गोली हानाहानको घटना भएको दुई दिन पछि भारतीय सेना मारिएको घटना प्रकाशमा आएको हो । उक्त घटनामा भारती सेनाले आफ्नो सैन्य चौकीमा आक्रमण गरी एक सैनिक मारेको पाकिस्तानले दाबी गरेको थियो ।
पाकिस्तानी आक्रमणलाई बर्बरतापूर्ण भन्दै भारत सरकारले नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायुक्तलाई सोधपुछका लागि बोलाएको छ ।
उता, पाकिस्तानले भारतीय आरोप अस्वीकार गर्दै कश्मिरलाई विभाजित गर्ने नियन्त्रण रेखा पार गरी आप्mनो तर्फबाट कुनै आक्रमण नभएको र भारतीय सैनिक पनि नमारेको दाबी गरेको छ । पाकिस्तानी सेनाले घटनाबारे राष्ट्रसंघले छानविन गरोस् भन्ने माग पनि गरेको छ ।
कश्मिरस्थित भारत–पाक सीमामा गोली हानाहानको घटना भएको दुई दिन पछि भारतीय सेना मारिएको घटना प्रकाशमा आएको हो । उक्त घटनामा भारती सेनाले आफ्नो सैन्य चौकीमा आक्रमण गरी एक सैनिक मारेको पाकिस्तानले दाबी गरेको थियो ।
फेसबुक तथा टि्वटर जस्ता सामाजिक संजालको प्रयोगसँगै विकृति समेत थपिएका छन् । युवापुस्ता माझ निकै लोकपि्रय तथा अनिवार्य जस्तै बनेका इन्टरनेट सामाजिक संजालका फाइदा आफ्ना ठाउँमा होलान् तर यसको दुरुपयोगको दर निकै बढिरहेको छ । हामीकहाँ मात्र होइन विकशित पश्चिमा देशहरुमा समेत फेसबुक तथा टि्वटरको दुरुपयोग बढिरहेको छ र कहिलेकाही गलत कामका लागि समेत माध्यमको रुपमा प्रयोग हुने गरेको छ । फेसबुक यौन सम्पर्क कायम गर्ने माध्यमको रुपमा स्थापित हुँदै गएको तथ्य यसको एक उदाहरण हो ।
बेलायतमा गरिएको पछिल्लो अध्ययनले फेसबुक सेक्सको माध्यम बन्दै गएको छ । एक अध्ययन अनुसार हरेक १ सयमा एघार जना बेलायती फेसबुक प्रयोगकर्ताहरुका लागि फेसबुक सेक्सका लागि पार्टनर भेटाउने माध्यम बनेको छ । एघार प्रतिशत फेसबुक प्रयोगकर्ता युवा युवतीले आफुले फेसबुकमा भेटेको र चिनजान गरेको विपरित लिंगी फेसबुक साथीसँग सेक्सको अनुभव बटुलेको बताएका छन् ।
अध्ययन अनुसार आधाजसो फेसबुक प्रयोगकर्ताले फेसबुक मित्रसँग अश्लील च्याट गर्ने गरेका छन् र ३५ प्रतिशतले अश्लील फोटोहरुको आदानप्रदान गर्ने गर्छन् । एक टेलिभिजन कार्यक्रमका लागि गरिएको सर्भेक्षणबाट के थप के कुरा पत्ता लागेको छ भने ४६ प्रतिशतले फेसबुकमार्फत निकै गोप्य यौनजन्य सन्देश आदानप्रदान गर्ने गर्छन् । अध्ययनमा समावेश गराइएका मध्ये एक तिहाइले आफुले अनलाइन मार्फत अश्लील सामाग्री हेर्ने गरेको बताएका छन् भने पाँच जनामा एक जनाले आफ्नो सेक्स टेप समेत तयार गरिसकेका छन् ।
केही समयअघि गरिएको एक वृहत यौनिक सर्भेक्षणका अनुसार बेलायतीहरुले जिवनभरमा औषतमा ६ हजार ५ सय ५२ पटक सेक्स गर्ने गर्छन् । एक पटकको सेक्सका दौरान उनीहरुले औषतमा २० मिनेटको समय बिताउँछन् ।
अध्ययन दाबी गर्छ, झण्डै डेढ करोड बेलायतीले सार्वजनिक स्थानमै सेक्सको अनुभव लिएका छन् । एक तिहाइसँग सपिड सेन्टर, शौचालय तथा घरबाहिरै सेक्स गरेको अनुभव छ । आधाजसो मानिसले कृत्रिम यौन सामाग्री प्रयोग गर्ने गर्छन् भने सयमा ३ जना पुरुषले त घरमै यौन खेलौना राखेर यौनको प्यास मेटाइरहन्छन् ।
२४ पुस, काठमाण्डौ । हङकङमा कार्यरत एक नेपाली युवाले राजधानीको रविभबन स्थित आमा घरका आमाहरु तथा अनाथबालबालिका लाई मंगलवार न्यायो कपडा उपहार दिए । बिगत ६ बर्षदेखि हङकङमा रहेर हेयर स्टायलिष्ट तथा मेकअप आर्टिष्टको रुपमा कार्यरत २४ बषिर्य संन्जय लिम्बुले मंगलबार त्यहाँ गई कपडा प्रदान गरेका हुन ।
सामाजिक कार्यमा समेत बिशेष सुची राख्दै आएका लिम्बुले आफनो कमाइएको केहि पैसा बचाएर आश्रममा रहेका आमा तथा बालबालिकाहरुलाई कपडा प्रदान गरेको बताए ।
सामाजिक कार्यमा समेत बिशेष सुची राख्दै आएका लिम्बुले आफनो कमाइएको केहि पैसा बचाएर आश्रममा रहेका आमा तथा बालबालिकाहरुलाई कपडा प्रदान गरेको बताए ।
उनले कपडा बितरण गर्नुका साथै त्यहाँ रहेका सबैलाई खाना समेत खुवाएर साढे दुई लाख रुपैयाँ बराबरको सहयोग गरेका छन । प्रख्यात युवा हेयर स्टायलिष्ट लिम्बुले बृद्धबृद्धा तथा अनाथ बालबालिकाहरुलाई आज बितरण गरेका ती सबै कपडा हङकङबाट नै ल्याएको बताएका छन ।आमा घरमा रहेका आमाहरुको पनि आमाको रुपमा भूमिका निर्बाह गर्दै आउनु भएका दिल शोभा श्रेष्ठले गर्नु भएको मानबिय सहयोगका कार्यबाट निकै प्रभाबित भएका लिम्बुले आगामी दिनमा पनि आफुले सक्दो सहयोग गर्दै जाने प्रतिबद्धता जनाएका छन ।
सो अबसरमा आमा घरकी सञ्चालीका श्रेष्ठले एक जना युवाले यसरी आफ्नो एकल प्रयासमा आमाहरुलाई गरेको सहयोग प्रति खुशी ब्यक्त गर्दै सबैले यसरी नै सहयोग गरेको खण्डमा कुनै पनि आमा तथा बालकालिकाहरुले बाटोमा बस्नु पर्ने थिएन् भन्नु भयो । साथै उहाँले आफुलाई अहिले सबै भन्दा बढि ठाउँको अभाब भएको भन्दै पर्याप्त स्थान भएको खण्डमा आमाको यो घर अझै ब्यबस्थित हुने उहाँको भनाई थियो ।
राजधानीमा केहि दिन यता निकै चिसो बढदै गएको अबस्थामा लिम्बुले प्रदान गरेका कपडाले आमाहरुलाई केहि भए पनि राहत भएको श्रेष्ठले बताउनु भयो । हुने खाने त् तातो न्यायोमा बस्लान तर नहुनेका लागी भने जाडोको यो मौसम अभिसाप बन्ने गरेको छ ।बिभिन्न सञ्चारमाध्यम बाट खबरहरु बाहिर आएपछि आमा घरलाई बिभिन्न सघं संस्था तथा ब्यक्तिहरुले सहयोग गर्ने क्रम बढदै गएको छ । हाल आमा घरमा बृद्धा तथा अनाथ बालबालिका गरि ९२ जना रहेका छन ।

पेरुमा हेलिकोप्टर दुर्घटना, पाँच अमेरिकीसहित सातको मृत्यु
पेरुको राजधानी लिमाबाट उत्तरी क्षेत्रको एक गाउँमा भएको हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा पनि सात जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी मृत्यु हुनेमा पाँचजना अमेरिकी नागरिक परेकोे बताइएको छ । सो हेलिकोप्टर तेल तथा खानीसम्बन्धी कम्पनीले प्रयोग गरिरहेको पाइएको छ । सोही क्रममा उक्त कम्पनीका कर्मचारीहरु सो गाउँमा गएको हुनसक्ने बताइएको छ । सोमबार उत्तरी पेरुको सान जुवान गाउँमा सो दुर्घटना भएको पाइएको हो । दुर्घटना सो क्षेत्रमा रहेको घना जङ्गलको नजिकै भएको थियो । उक्त दुर्घटनामा परी सातजनाको ज्यान गएको र त्यसमा पाँच अमेरिकी र दुई जना पेरुका नागरिक रहेको स्थानीय रेडियोले प्रहरीलाई उद्धृत गर्दै समाचार प्रशारण गरेको छ ।
प्रत्यक्षदर्शी गाउँलेले सो हेलिकोप्टर दुर्घटना हुँदा गाउँमा निकै ठूलो आवाज आएको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
मान्छेका शौख पनि अचम्मकै हुन्छन् । आफुलाई प्रकृतिवादी भन्ने न्युजिल्याण्डको एक जोडीले निर्वस्त्र विवाह गरेको छ । बेहुला बेहुलीले सरीरमा कुनैपनि कपडा नलगाएको उक्त बिहे समारोहमा केही जन्ती र पाहुना समेत नांगै थिए ।
गएको जनवरी ५ का दिन विलिंगटन स्थित प्रकृतिवादी क्लबमा सम्पन्न भएको उक्त विवाह समारोहमा यसरी नांगै बिहे गर्ने जोडी हुन् निक र विन्डी लोवे । समाचार अनुसार त्यस ठाउँमा भएको यो पहिलो निर्वस्त्र विवाह हो ।
विवाह समारोहमा झण्डै १२० जना पाहुना समेत सहभागी थिए । त्यसमध्ये आधाजसो नांगै थिए । नांगा जन्ती र पाहुनाले कपडाको नाममा घामबाट बच्न केवल टोपी मात्र लगाएका थिए ।
प्रकृतिवादीता आफ्नो जिवनको सबैभन्दा महत्वपूर्ण भाग रहेकाले प्राकृतिक तरिकाले बिहे बन्धनमा बाँधिनु आफ्नो लागि सहज रहेको निकको भनाइ छ । आफ्नो निर्वस्त्र बिहे समारोहमा निम्तो दिएका केही पाहुनाहरु आउन हिच्किचाएको र निम्तो अस्विकार गरेको खुलासा गर्दै आएका जतिले भने कुनै अप्ठेरो महसुस नगरेका दाबी गर्छन् ।
बेहुली विन्डीलाई पनि नांगिनु कुनै नौलो विषय लाग्दैन रहेछ । उनी भन्छिन् मानिस नांगिनु भनेको पोखरीमा हाँस पौडिएजस्तै हो । उनी ६ वर्षदेखि प्रकृतिमा रमाउन थालेको बताउँछिन् ।
एकता अनलाईन सेवाको एकता हेल्पलाईनले नयाँ वर्ष २०१३ को अवसरमा चर्चित गायक सत्यराज- स्वरुपराज आचार्य तथा चर्चित हास्यकलाकार केदार घिमिरे -माग्ने बुढा)को साथमा अष्ट्रेलियामा विविध साँस्कृतिक एवं हास्य व्यङ्ग्य कार्यक्रम हर्षभिल स्थित माराना अडिटेरियममा सम्पन्न गरेको छ ।
२०१३ को जनवरी ५ तारिख शनिवार सिड्नीबाट शुरु भएको सत्य स्वरुप साँझ तथा माग्ने बुढाको व्यङ्ग्य प्रस्तुती अष्ट्रेलियाका अर्को प्रमुख शहर मेलवर्नको ब्रउन्सवीकमा रहेको साइप्रस कम्युनिटी हलमा सम्पन्न भएको एकता हेल्पलाईनले जनाएको छ ।
हेल्पलाईनको नीला बचाउ अभियान अन्तर्गत भएको उक्त कार्यक्रमबाट हुने आम्दानी एडिलेडमा बस्नुहुने स्तन क्यान्सर पीडित नीला शर्मा चौधरीको उपचार खर्चमा सहयोग गरिने छ । अष्ट्रेलियाका नेपालीहरुलाई नयाँ वर्षमा भरपुर मनोरञ्जन गराई नीलाको स्वास्थ्य उपचारमा सहयोग रकम जुटाउने उदेश्यले आयोजना गरिएको कार्यक्रममा नेपाली दूतावसका उप नियोग प्रमुख लोकबहादुर थापा, एनआरएनका संस्थापक तथा संरक्षक डा. उपेन्द्र महतो लगायत संरक्षक इन्द्रा वन, ओसिनिया संयोजक मन के सी, एनआरएन अष्ट्रेलियका अध्यक्ष गणेश केसी लगाएत समुदायका अगुवाहरु ब्यवासायी गरेर ठूलो संख्यामा नेपालीको उपस्थिति रहेको थियो ।
कार्यक्रमकलाई सम्बोधन गर्दै नेपाली दूतावसका उप नियोग प्रमुख थापाले कल्याणकारी काममा युवा पुस्ताको सक्रियताको प्रसंसा गर्दै नेपाली दुतावासले यस्ता कामलाई सधै समर्थन गर्ने बताउनुभयो । यस्तै एन आर एनका संस्थापक डा. महतोले ब्यवसाय र कल्याणकारी काम सँगसँगै शुरु गर्न सुझाव दिनुभयो । कार्यक्रममा समाजसेवी इन्द्र वन, तथा समुदायका सक्रिय युवाहरु धर्मराज अधिकारी र दिपाश्री शाहलाई सम्मान गरिएको थियो ।
सुमधुर स्वरका धनी सत्य तथा स्वरुपराज आचार्यको प्रस्तुतीलाई नेपालीहरुले रुचाएका थिए । साथै कार्यक्रममा हँास्यकलाकार केदार घिमिरे -माग्ने बुढा) ले नेपालको राजनीति तथा सामाजिक बिकृतिहरुको ब्यङ्ग्य गरेका थिए । युनाइटेड नेप्लिज आर्ट एण्ड इन्टरटेनमेन्टका कलाकारको नृत्यका साथै स्थानिय कलाकारहरु ईश्वर पोखरेल, राजेश केसी, प्रदिप चापागाइर्ं, राजकुमार गोश्वामी, दिल तामाङ लगायतले आ-आफ्नो गीत गाएका थिए ।
परिवार भन्छ- कसैले बेचेको हुनसक्छ
२३ पुस, काठमाण्डौ । समुन्नत जीवन जीउने सपना देख्दै जापान पुगेकी एक युवती करिव तीन बर्षदेखि बेपत्ता छिन् । सन् २००८ अप्रिलमा जापानको फोकुओकास्थित एसिया जापानिज एकडेमीमा जापानी भाषा अध्ययनका लागि आएकी सबिना महर्जन सन् २००९ यता कसैको सम्पर्कमा छैनन् ।
सबिना सम्पर्कबिहीन भएलगत्तै स्थानीय प्रहरीलाई जानकारी गराई खोजी कार्यको लागि अनुरोध गरिएको थियो । तर अहिलेसम्म पनि प्रहरीले सबिनालाई पत्ता लगाउन सकेको छैन् । अनुसन्धान गरिरहेको प्रहरीले पनि ‘अनुसन्धान जारी छ’ भन्नेबाहेक केही नबताएको एसिया जापानिज एकडेमीमा कार्यरत धर्मराज अधिकारी बताउनुहुन्छ। उहाँका अनुसार घटनालगत्तै यहाँस्थित नेपाली राजदुतावास, यहाँका संघसँस्थाहरु एनआरएन जापान, नेपाली बिद्यार्थी समाज (नेसाज) लगाएतका सँस्थाहरुलाई खोजतलासका लागि अनुरोध गरिएको थियो । उनको परिवारले पनि नेपालको परराष्ट्र मन्त्रालयलाई खोजी गरिदिन अनुरोध गरेका थिए ।
सुरुसुरुमा कतिपयले सबिना लुकेको हुनसक्ने अनुमान गरेका थिए । तर, समय बित्दै जाँदा उनी परिवार, साथीभाई र आफन्तजनको सम्पर्कमा पनि आइनन् । ३ वर्ष बितिसक्दा पनि उनको अत्तोपत्तो नपाइनुले घटना झनै रहस्यमय बनेको छ । नेपाली बिद्यार्थी सम्पर्कबिहीन भएको ३ वर्ष बितिसक्दा पनि घटनाबारे न त यहाँको दुतावासले गहिराईमा पुगेर खोजीको लागि तत्परता नै देखाएको छ न त यहाँ रहेका सामाजिक संघ सस्थाहरुले नै ।
सबै नेपालीको अभिभावकको रुपमा रहेको दूतावासले केहि पहिले आफ्नो आधिकारिक होमपेजमा सार्वजनिक सूचना जारी गरेर झारा टार्ने बाटो गर्यो भने एनआरएन लगायतका संस्थाहरु सविना खोज्नेतिर गम्भिर नदिखएको परिवारले गुनासो गरेको छ ।
परिवारको पीडा
सविनाका बुबा सानु महर्जन छोरी हराएदेखि बिलखबन्दमा छन् । एक दिनअघि हाँसिखुसी करिव आधा घण्टा फोनमा कुरा गरेकी एकाएक हराएको सुन्दा उनी छाँगोबाट खसेजस्तै भएका थिए । त्यसपछि उनले नेपालमा परराष्ट्र मन्त्रालय र प्रहरीमा जाहेरी दिए भने जापान पुगेरै छोरीको खोजी पनि गरे । तर, न त उनले छोरीको पत्तो लगाउन सके नत कसरी हराइन भन्ने अनुमान नै ।
महर्जनका अनुसार छोरीसँग खातामा करिव २ लाख ८० हजार येन थियो भने काम गरेको ठाउँबाट १ लाख २१ हजार तलव लिनै बाँकी थियो । त्यसमाथि बाबुले दिएको दुई हजार डलर पनि उनले साटेकी थिइनन् । ‘छोरीलाई पैसाको अभाव पनि थिएन भिसा पनि थियो’ महर्जनले काठमाण्डौमा टोक्यो नेपालसँग भने-’उनलाई भाग्नुपर्ने कुनै कारण थिएन, त्यस्तो योजना पनि थिएन, त्यसो भए त हामीलाई पक्कै भन्ने थिइन् ।’
आफु एक्लै भएकाले दिदीलाई पनि जापान ल्याउने योजनामा थिइन् सविना । दिदीले काठमाण्डौमै जापानी भाषा अध्ययन गरेर एप्लाई गर्ने तयारीमा थिइन् । दिदी-बहिनी सँगै बस्ने भन्दै खुसी भइरहेकी सबिना एकाएक हराएपछि परिवारले उनलाई कसैले अपहरण गरेर बेपत्ता बनाएको अनुमान गरेको छ ।
‘त्यहाँ धेरै केटीहरुलाई त्यसरी अपहरण गरेर बेपत्ता बनाउने गरेको थाहा पाएँ’- बुबा सानु महर्जनले भने-’यसैले हो बेपत्ता बनाउने भनेर किटान गर्न सक्दैनौं, आफ्नै नेपालीलाई शंका पनि कसरी गर्नु ?’
उनले चलाउने साइकल केही दिनपछि बाटोमा भेटिएको प्रहरीले जानकारी दिएको थियो । यसको मतलव उनलाई बाटोबाटै अपहरण गरिएको हुनसक्ने परिवारले अनुमान गरेको छ । शिक्षा दिक्षा दिएर, १५ लाख रुपैयाँ लगानी गरेर छोरीको उज्जल भबिष्य बनाउने सपना साकार पार्न लाउँला खाउँला भन्ने उमेरकी छोरी जापान पठाएको महर्जन परिवार यतिखेर इन्तु न चिन्तुको अबस्थामा छ । ‘खै के भन्नु र हजुर ? म त केही बोल्न र सोच्न सक्ने अबस्थामा छैन’ महर्जनले भने-’छोरी हराएको ४१ महिना भइसक्यो, अब त आश मर्न लागिसक्यो ।’
छोरीको कसैसँग अफयेर नभएको बताउँदै उनले अपराधिक समूहले अपहरण गरेर बन्धक बनाएको हुनसक्ने बताए । ‘नेपालीहरुकै मिलेमतोमा छोरीलाई अपहरण गरेर बेचेको हुनसक्छ’ सबिनाका बाबुले भने- उ आफै मरेको, भागेको वा हराएको भन्ने कुनै आधार छैन् ।’
जापान पुगेर अनुसन्धानमा संलग्न प्रहरी, त्यहाँ संघसंस्था र भाषा स्कुलका मानिससँग हारगुहार गरेपनि छोरी पत्ता लाग्न नसकेको उनले सुनाए । फुकुओकामात्र हैन, टोक्यो पुगेर नेपाली राजदूतसँगै प्रहरी प्रमुखसँग भेट गरे पनि छोरीको कुनै पत्तो लागेन् । तत्कालिन परराष्ट्र सचिव मदनकुमार भट्टराई यतिखेर जापानका लागि नेपाली राजदूत छन् । जसले महर्जन परिवारको उजुरी लिएर धेरैपटक कुराकानी पनि गरेका थिए ।
महर्जन परिवारले त्यहाँको नेपाली समुदायले छोरीको खोजीका लागि स्थानीय प्रशासनलाई दबाब दिन नसक्दा र सहयोग नगर्दा छोरीको खोजीमा ढिलाई भइरहेको महसुस गरेको छ । निर्दोष भएर पनि जापानमा जेल जीवन बिताउन बाध्य मैनालीलाई सहयोग गर्न तत्पर भएजस्तै सविनाको खोजीका लागि पनि नेपाली समुदाय र अधिकारकर्मी तत्पर भए छोरी भेटिने आशमा महर्जन परिवार छ ।
के तपाइँले कसैको आँखाको नानीमा रौँ पलाएको देख्नुभएको छ ? सायद छैन होला । देखियोस् पनि कसरी ? कसैको आँखाको नानीमा रौँ पलाउने भए पो । आँखाको वरिपरी अर्थात् परेला र आँखिभौँमा भने प्रसस्तै उम्रिएका रौँ बाहेक आँखाभित्र रौँ पलाउँदैन ।
तर इरानका एक जना युवकको भने आखाभित्रै रौँ पलाएको छ । १९ वर्षका ती युवकको आँखाको नानी रौँ पलाएका छन् । नानी सँगै जोडिएर उठेको फोका अर्थात् सिस्टमा रौँ पलाएका कारण उनलाई निकै हैरानी भएको छ । आँखाभित्र रौँ पलाएका कारण उनलाई आँखा झिमिक्क पार्दा रौँ ले घोँच्ने हुनाले सधै दुख्ने गर्छ ।
शल्यक्रिया गरेर रौँ पलाएको फोका हटाउनका लागि इरानको ताब्रिज मेडिकल कलेजमा ती युवालाई भर्ना गरिएको छ ।
आँखाभित्र रौँ पलाउनु एक दुर्लभ स्वास्थ्य समस्या हो । यसलाई लिम्बल डर्मोइड्स भनिन्छ । यो हरेक १० हजार आँखारोगी मध्ये जम्मा एक जनामा हुने सम्भावना हुन्छ । यो स्वास्थ्य समस्या जन्मजात हो र भ्रुणको अवस्थामै यस्तो विकृति पैदा हुन्छ ।
न्यू योर्क / आफ्नो फोक्सोले बिल्कुलै काम नगर्ने अवस्थामा पुगेपछि बिगत डेढ बर्षदेखि प्रति मिनेट ६ लिटर अक्सिजन पाइपबाट लिएर जिउन बिबश नेपाली कलाकार बिनिता पौड्यालको महंगो फोक्सो प्रत्यारोपण र त्यसपछि लाग्ने उपचारको खर्च जुटाउन न्यू योर्क शहर र अन्य अमेरिकि राज्यका नेपालीहरु एक जुट भएकाछन् र त्यसक्रममा न्यू योर्कमा आयोजित सहयोग कार्यक्रममा अमेरिकि डलर २० हजार ६५५ सङ्कलन ...
गर्न सफल भएकाछन्।
शनिबार जनवरी ५ तारिख न्यू योर्कको कुइन्स उडसाइडस्थित सत्यनारायण मन्दिरमा आयोजना गरिएको उक्त सहयोग साँझमा अमेरिकामा बसोबास गरेका र बिशेष गरी न्यू योर्क शहरका नेपालीहरुले उक्त सहयोग अनुदान राशी प्रदान गरेका हुन्।
उक्त कार्यक्रममा कलाकार पौड्यालकि ४ बर्शिय भतिजी जारा प्रसाईले "ओम भुर भुव स्वाहा" मन्त्रोच्चारण गरेर आफ्नी फूपूको स्वास्थ्यो लाभको कामना गरेको द्रिश्य निक्कै मार्मिक बनेको थियो।
कार्यक्रममा युएस नेपाल अनलाइन का प्रधान सम्पादक प्रदीप थापा मगरले उपस्थित पाहुनाहरुलाई स्वागत गर्दै कलाकार बिनिता पौड्यालबारे जानकारी गराएका थिए।
को हुन् बिनिता पौड्याल?
कलाकार तथा भिडियो सम्पादक बिनिता पौड्यालको जन्म काठमाडौंको पानीपोखरीमा भएको हो। उनका एक मात्र दाजू शम्भूजित बास्कोटा नेपालका ख्यातिप्राप्त संगितकार हुन्। उनी ३ दिदिबहिनीमा कान्छी हुन्। उनको श्रीमान बिदुर पौड्यालसंग सन् १९९४ मा बिहे भएको हो। उनिहरुको १६ बर्शिय छोरो बिभू छन्। सन् २००० को डिसेम्बरमा अमेरिका आएपछि उनिहरु न्यू योर्कको एल्म्हर्स्टमा बसोबास गर्दै आएकाछन्।
बिनिताले सन् १९९३ मा निर्मित नेपाली चलचित्र "महामाया" मा "महामाया" नामक मुख्य पात्र (नायिका) को भूमिका निभाएकिछिन्। उक्त चल्चित्रको निर्देशन स्व. प्रकाश थापाले गरेका थिए। नेपालमा छँदा सन् १९९०-१९९८ काबिच यिनले नेपाल टेलिभिजन र वर्ल्ड भ्यु इन्टरनेशनल फाउण्डेसनमा प्रोफेसनल भिडियो सम्पादक भएर पनि काम गरिन्। उनले त्यसबेला सन्तोष पन्तको "यथार्थ" र "मुस्ताङ", "कालचक्र" जस्ता बिभिन्न डकुमेन्ट्रीहरुको भिडियो सम्पादक गरिन्।
यता यिनले आफ्नो कलामार्फत अमेरिका सन् २००० मा आएदेखि उनले "डान्स थिएटर अफ नेपाल" नामक न्यू योर्कमा स्थापित संस्थाका संस्थापक सेरी ओना र राज कपूरसंग मिलेर न्यू योर्कका विश्व बिद्यालयहरु, म्युजियमहरु, संयुक्त राष्ट्र संघलगायत अन्तरराश्ट्रिय जगतमा नेपाली कलालाई चिनाउने काम गरिन्।
के भयो उनलाई?
सन् २०११ को अप्रिलदेखि फोक्सोले बिल्कुलै काम गर्न नसक्ने भएपछि प्रति मिनेट ६ लिटर अक्सिजन लिएर उनी उकुसमुकुसको जीवन जिउन वाध्य भएकिछिन्। अमेरिका जस्तो ठाउँको अस्पतालहरुले उनको फोक्सोमा देखिएको कालो धब्बालाई बायोप्सी गरेर पनि रोगको निर्क्यौल गर्न नसकेपछि र परिक्ष्यणकैलागि अनेकौ औषधी प्रयोग गर्न वाध्य पारिएपछि अन्तत: सन् २००१ मा सामान्य समस्या देखिएको उनको फोक्सो अब अस्पतालकै लापर्वाहीको कारण काम नलाग्ने हुन पुगेको छ। इल्म्हर्स्ट अस्पताल, माउन्ट सेनाइ अस्पताल, हार्वार्ड मेडिकल सेन्टर हुँदै अहिले यिनी कोलोम्बिया विश्व बिद्यालयद्वारा सन्चालित कोलम्बिया मेडिकल सेन्टरमा फोक्सो प्रत्यारोपण (ट्रन्स्प्लान्ट) गर्न पालो कुरी राखेकिछिन्।
कति उपचार खर्च लाग्छ?
उनको फोक्सो प्रत्यारोपणकालागि ६ लाख ८० हजार अमेरिकि डलर खर्च लाग्ने र त्यस मध्ये २० प्रतिशतबेशी बिरामीले तिर्नु पर्ने बताइएकोछ। बाँकी इन्सुरेन्सले तिर्ने छ। अर्थात १ लाख ३६ हजार डलर अझै बिमारीले तिर्नै पर्दछ। उता फोक्सोको प्रत्यारोपणपछि एक बर्षसम्म महिनाको ३ हजार ६ सय डलरको औषधी खर्च बिरामी आफैले बेहोर्नु पर्ने उक्त सेन्टरले जनाएको छ। यही औषधी खर्चकोलागि यो सहयोग कार्यक्रमको आयोजना गरिएको हो।
उक्त कार्यक्रममा कलाकार बिनिता पौड्याल र उनका श्रीमान बिदुर पौड्यालले सम्बोधन गर्दै हाल भई रहेको फोक्सोको उपचार र फोक्सो प्रत्यारोपण र उपचारमा लाग्ने खर्चकाबारे चर्चा गर्दै सहयोगकोलागि सबैलाई आभार ब्यक्त गरेका थिए।
कार्यक्रममा राज कपूर, मोहन ज्ञावाली, बंशलाल तामाङ, सेरी ओना, पामेला वाट्सन, गायक यम बराल र मुनिन्द्र नेम्बाङले सम्बोधन गरेका थिए।
उक्त कार्यक्रममा कलाकारहरु तिलक श्रेष्ठ, नरबहादुर दाहाल, पबिता परियार, राम श्रेष्ठ, गीता बिर्लाकोटी, मामता भट्टराई तामाङ, नर्बदा छेत्री, राजेश गुरुङ, राजेश थापा मगरले मीठा भजन र जीवनगानहरु गाएर सभालाई भावबिभोर बनाएका थिए।
उता सहयोग रकम सङ्कलनमा महेश मल्ल, रोशन ढुंगाना, मुनिन्द्र नेम्बाङ र केशबराम राईलागि परेका थिए।
कार्यक्रमको अन्तमा रोशन ढुंगानाले उपस्थिती र सहयोगकोलागि सबैलाई धन्यवाद ज्ञापन गर्दै संकलित रकम बिनिता पौड्याललाई हस्तान्तरण गरेका थिए। कार्यक्रमको चुस्त सन्चालन प्रेस चौतारी डट् कमका प्रधान सम्पादक प्रशान एलुङ राईले गरेका थिए।
अन्तराष्ट्रिय कलाकार मँचका तर्फ बाट अध्यक्ष राम प्रसाद खनालले पनि कलाकार पौडेलका लागि गर्नु भएको आर्थिक सहयोगको कार्यक्रममा उपाध्यक्ष यम बरालले घोषणा गर्नुभएको थियो । सम्पूर्ण सहयोगी हातहरुलाई हार्दिक धन्यवाद र र बिनिताको शीघ्र स्वास्थ्य लाभको कामना नेपाल मदर डट कम र अन्तराष्ट्रिय कलाकार मँचका तर्फ बाट पनि । यो कार्यक्रमको अग्रसरता लिने अन्तरराष्ट्रिय कलाकार मँचका प्रेस सल्लाहकार एबम www.usnepalonline.com का प्रधान सम्पादक प्रदीप थापा मगरलाई पनि मन्चले यस मानबिय कार्यका लागि गरेको सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले दुई पटक सपथ लिने भएका छन् ।
गत नोभेम्बरमा भएको निर्वाचनमा दोस्रो कार्यकालका लागि निर्वाचित ओबामाले जनबरी २० र २१ मा गरी दुई पटक सपथ दिने भएका छन् । पहिलो कार्यकालमा पनि उनले पहिलो सपथमा शब्द छुटेको भन्दै दोहोर्याएर सपथ लिएका थिए ।
प्रेसिडेन्सियल इनोग्रशन कमिटी पीआईसीका अनुसार ओबामालाई प्रमुख न्यायाधीश जोन रोबट्सले सपथ गराउने छन । सामान्यतः अमेरिकामा शपथ ग्रहण समारोह आइतबार हुँदैन, किनकी आइतबार अदालत र सरकारी संस्थानहरु बन्द हुन्छन् । त्यसैले अब ओबामाले आइतबार र सोमबार सपथ लिनेछन् । अमेरिकी संसदको बेस्टर्न फ्रेन्टमा हुने सपथ ग्रहण समारोह अमेरिकी जनताका लागि खुला हुनेछ ।
ओबामाले भनेका छन्-’सपथ ग्रहणको मञ्चमा दोस्रो पटक उभिन पाउनु र अमेरिकी परम्पराको हिस्सा बन्नु मेरो लागी सम्मानको कुरा हो । शपथ ग्रहण समारोह केबल राष्ट्रपति र उपराष्ट्रपति पदको शपथ ग्रहणसँग जोडिएको प्रश्न मात्र हैन, अमेरिकी जनताको बल र दृढ संकल्पको प्रतिक हो ।’
मेक्सिकोमा एक परम्परागत विशाल केक बनाइएको छ । उक्त गोलाकार केकको परिधी करिव १ माइल छ भने तौल झण्डै ९ हजार किलो ।
राष्ट्रिय बेकरी संघका उपाध्यक्ष एन्टोनियो एरियासले यस केकलाई २ लाखभन्दा बढी टुक्रा पारिने बताए । यो केक तयार गर्न ५ मेटि्रक टन आँटा, तीन टन मख्खन र ३८ हजार ६ सय अण्डा प्रयोग गरिएको थियो । मेक्सिकोमा छुट्टीको दिन यस्तो विशाल केक बनाउने परम्परा छ ।
लामो छुट्टी सकिएपछि जनबरी ६ मा ‘थ्री किंग्स डे’ मनाइन्छ र यस अबसरमा ठूला र मिठा केक खाइन्छ । बिहीवार बिहानैदेखि मानिसहरु केकका लागि लाइनमा बस्छन जहाँ सैनिक र स्वयंसेवकहरुले केक बाँडछन् । यसपटक करिव २ हजार १ सय जनाले यस्तो केक खाए ।
यस्तो केक बनाउन झण्डै ८० हजार अमेरिकी डलर अर्थात झण्डै ७० लाख रुपैयाँ खर्च भएको थियो । यसका आयोजकले आगमी बर्ष करिव ६ किलोमिटर लामो केक बनाउने योजना बनाइरहेका छन् । जसको लक्ष्य हो- गिनिज बुकमा नाम लेखाउनु ।
अमेरिकाको कोलोराडो शहरमा एक घरभित्र भएको गोलीबारीमा ४ जनाको मृत्यु भएको छ । कोलोराडो राज्यको डेन्भर शहरनजिकको एउटा घरमा गोलीबारीको आवाज सुनिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । घरभित्र बन्दुकधारी रहेको थाहा पाएपछि प्रहरी घटनास्थलमा पुगेको हो । पाँच घण्टाको प्रयासपछि प्रहरी घरभित्र प्रवेश गर्दा ४ जनालाई मृत अवस्थामा फेला पारिएको जनाइएको छ । बन्दुकधारीले दुई पुरुष र एक महिलाको गोली हानी हत्या गरेको र घटनास्थलमा प्रहरी पुगेपछि आफैलाई गोली हानी आत्महत्या गरेको आशंका छ । गोलीबारीको कारणबारे केही थाहा हुन नसकेपनि यो घटनाले अमेरीकामा सर्वसाधारण नागरिकले बन्दुक राख्न पाउने कि नपाउने भन्ने विवादलाई फेरि तताउने अनुमान गरिएको छ । कोलोराडो राज्यको सोही शहरमा रहेको एउटा सिनेमा घरमा गत जुलाई माहिनमा एक बन्दुकधारीले अन्दाधुन्ध गोली चलाँउदा १२ जनाको ज्यान गएको थियो ।nepalmother.com
एजेन्सी, पौष २२ । भारत प्रशासित काश्मिरमा भारतीय सुरक्षाकर्मीको कारबाहीमापरी एकजना पाकिस्तानी सैनिक मारिएका छन् । कारबाहीमा थुप्रै पाकिस्तानी सैनिक घाइते भएका छन् । काश्मिरको हाजिपीर क्षेत्रमा रहेको सवान पात्रा पाकिस्तानी सैनिक मुख्यालयमा भारतीय सुरक्षाकर्मीले आक्रमणमा गर्दा पाकिस्तानी सैनिक मारिएका हुन् ।
भारतीय सुरक्षाकर्मीको आक्रमणपछि पाकिस्तानी सेनाले प्रतिकार गर्दा केहीबेर भिडन्त भएको थियो । काश्मिरमाथि भारत र पाकिस्तानले बर्षौदेखि दाबी गर्दै आइरहेको छ ।
भारतीय सुरक्षाकर्मीको आक्रमणमा पाकिस्तानी सैनिक मारिएपछि मुम्बई आक्रमणपछि चिसिएर सुधार हुन खोज्दै गरेको दुई देशबीचको सम्बन्धबारे फेरि प्रश्नचिह्न उठेको छ ।imagechannel
भारतीय सुरक्षाकर्मीको आक्रमणपछि पाकिस्तानी सेनाले प्रतिकार गर्दा केहीबेर भिडन्त भएको थियो । काश्मिरमाथि भारत र पाकिस्तानले बर्षौदेखि दाबी गर्दै आइरहेको छ ।
भारतीय सुरक्षाकर्मीको आक्रमणमा पाकिस्तानी सैनिक मारिएपछि मुम्बई आक्रमणपछि चिसिएर सुधार हुन खोज्दै गरेको दुई देशबीचको सम्बन्धबारे फेरि प्रश्नचिह्न उठेको छ ।imagechannel
एजेन्सी, पौष २२ । ब्राजिलमा एक पोथी बिरालोलाई त्यहाँका जेल अधिकारीहरुले हिरासतमा लिएका छन् । बिरोलीको गल्ती यत्ति थियो कि उसको शरीरमा टेपको मद्दतमा कैदीहरुका लागि गैरकानूनी सामानहरु बाँधिएको भेटिएको समाचार एजेन्सी बीबीसीले जनाएको छ ।
उक्त बिरालीलाई त्यतिखेर पक्राउ गरियो, जतिबेला बिराली एलागस प्रान्तस्थित एरपिराका शहरको एक जेलको मूख्य ढोकाबाट भित्र जाँदै थिई । पहिला त जेलको मूख्य ढोकाबाट बिराली भित्र छिरिरहेको देखेर जेल अधिकारीहरु चकित परे ।
तर, पछि जेल अधिकारीहरुलाई शंका लाग्यो र उनीहरुले बिराली समातेर परीक्षण गरे । यो घटना इस्वी नयाँवर्षमा घटेको भएपनि अधिकारीहरुले अहिले मात्रै जानकारी दिएको बताइएको छ ।
बिरालीको शरीरमा टेपको मद्दतमा केही सामानहरु बाँधिएको भेटियो । बिरालीको शरीरबाट ड्रिलिङ मेसिन, एक मोबाइल, एक हेडफोन, एक चार्जर र केही कागज भेटिएको जनाइएको छ ।
उक्त जेलका प्रवक्ताले कुन कैदीले उक्त कार्यको लागि बिरालीको प्रयोग ग¥यो, त्यो पत्ता लगाउन गाह्रो हुने प्रतिक्रिया दिएको स्थानीय पत्रिकालाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । जेलका प्रवक्ताले बिरालीले बोल्न नजान्ने हुनाले त्यस कार्यमा संग्लन पक्रिन मुस्किल हुने प्रतिक्रिया दिएका हुन् ।
जेल अधिकारीहरुले बिरालीबाट जुन समान बरामद गरे ती समानहरु कैदीले जेलबाट भाग्न प्रयोग गर्न सक्ने बताएका छन् । यो घटना भएको जेलमा २ सय ६३ कैदीहरु रहेको पनि जनाइएको छ । बिरालीलाई भने नजिकैको जनावर केन्द्रमा राखिएको जनाइएको छ ।

















