Hindus believe mount Kailash to be the abode of Lord Shive and Parbati. For a hindu, to make the arduous pilgrimage to Kailash and have the Darshan (divine view) of Shiva's abode is to attain release from the clutches of ignorance & delusion. Thousands of Hindu religious people come to visit the sacred mount Kailash and Mansarovar Lake, situated in the China's Autonomous Region of Tibet, every year from around the globe and neighboring country India via Nepal. Tibet a sacred home to Mount Kailash and Mansarovar Lake, is a famous pilgrimage destination for the devotees of Hinduism, Buddhism, Jainism and Bon religions and an epitome of beauty and awe to the rest of the world. The snow-capped rocky peak-Kailash Parbat (mountain) 6714meters considered a holy abode of supreme Hindu god Shiva, is also believed to be a place where founders of Tibetan Buddhism, Jainism and Bonpo religions once resided. Hindus and Buddhists all over the world also worship this peak as the exact "Centre of the Universe". Mansarovar Lake: The word "manas" means mind or consciousness; the name consciousness and enlightenment. Mt. Kailash lies the most sacred lake of Hindus Mansarovar Lake 4580m) has held deep spiritual influence and wide religious among Hindu & Buddhists. Making round of the lake and taking a dip in it is believed to be Purge one's soul from sins and the body from sickness. Still there are others, who believe one can not only clean his soul but also secure his place in heaven after the end of mortal life one more school of thought us that taking a dip in it helps one attain Moksha (free from the cycle of birth and re-birth in the worldly life). This lake is so gigantic that it takes three full days to just go round its peripheries. One dip into the cold water of this holy lake is believed to free the soul of all its sins, thus carving a straight path to heaven after death. Ancient Hindu scriptures indicate this lake as a must visit place for someone who wants to attain salvation - the highest level of achievement in Hindu religion. The cascading waves of the Lake in the wind look very charming. Monterosa makes very pleasant & smooth Yatra every year. So, please join with us and take our best services for this trip
गोरखा,पौष १३ । धार्मिक एवं पर्यटकीय क्षेत्र गोरखाको मनकामना मन्दिर क्षेत्रमा दर्शनार्थीको सुरक्षालाई ध्यानमा राखेर सीसी क्यामेरा जडान गरिएको छ । मन्दिरमा कुनै अप्रिय घटना हुन नदिन मन्दिर व्यवस्थापन समितिले मन्दिर परिसरको चारैतिर सीसी क्यामेरा जडान गरेको हो । क्यामेरा राखेपछि मन्दिर क्षेत्रमा हुने घटनाको निगरानी गर्न सजिलो भएको मन्दिर सुरक्षार्थ खटिएको प्रहरीको भनाइ छ । अहिले दैनिक चार हजारदेखि ६ हजार जना दर्शनार्थी मनकामना दर्शनका लागि पुग्ने गर्छन् ।
८ पुस, काठमाडौं । गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई बिश्वसामु चिनाउने र शान्तिको शहर बनाउने उदेश्यले केही काम शुरु भएका छन् । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा बृहत्तर लुम्बिनी विकास राष्ट्रिय समिति नै गठन गरेर अभियान शुरु गरिएको छ । बुद्धको जन्मस्थानको तीन किलोमिटर वरपरको क्षेत्रलाई समेटेर अहिले एउटा गुरुयोजना तयार भएको छ । कोरियाका एकजना प्राध्यापकले तयार पारेको गुरुयोजना कमलको फूल आकारको छ ।
गुरुयोजनामा योजना
नवलपरासरीको देवदह रामग्राम र लुम्बिनी क्षेत्र तथा कपिलवस्तुका गुथिहवा, तिलौराकोट, निग्लीहवा र कुडान क्षेत्रलाई समेट्नेगरी गुरुयोजना निर्माण भएको हो । लुम्बिनीलाई बीचमा राखेर चारैतिर पाँचपाँच माइल बन्ने गुरुयोजनामा उल्लेख छ । गुरुयोजनामा बुद्ध, धर्म, संघ र उपासक गरी चार क्षेत्र हुने उल्लेख छ ।
लुम्बिनीमा अन्तर्राष्टियस्तरको विमानस्थल, सडक, होटल र सम्मेलन केन्द्रहरु निर्माण गर्ने योजना पनि छ । रेल सेवा संचालन, अस्पताल निर्माण, बौद्ध विश्वविद्यालय पनि बन्नेछन । त्यस्तै लुम्बिनी क्षेत्रको संचार, विद्युत र खानेपानीको क्षेत्रमा समेत ठूलो परिवर्तन गरिनेछ । गुरुयोजना अनुसार हरेक वर्ष नेपालको लुम्बिनीमा ५० लाख पर्यटक भित्राउने उल्लेख छ ।
तीन खर्बको जोहो
गुरुयोजना अनुसार लुम्बिनीको स्वरुप बनाउन झण्डै तीन खर्ब रुपैयाँ लाग्ने अनुमान छ । एपेक र निर्देशक समितिबीच दुई खर्ब २५ अर्बको सम्झौता यसअघि नै भैसकेको छ । खर्च जुटाउनेबारे भारत, चीन, जापान, दक्षिण कोरिया, संयुक्त राष्ट्रसंघ, विश्व बैंक र युनेस्कोसँग पनि छलफल भैसकेको निर्देशक समितिका सदस्य नेपाली काँग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले जानकारी दिनुभयो । ‘विभिन्न देशमार्फत सहयोग संकलनको कुरा भैरहेको छ’ उहाँले भन्नुभयो-’संयुक्त राष्ट्रसंघले नै लुम्बिनीको बिकासमा ठूलो योगदान दिने हाम्रो विश्वास छ ।’
कोरियाली प्राध्यापक क्वाकले सबैभन्दा बढी खर्च चिनियाँ संघसंस्था मार्फत संकलन गरिने जानकारी दिएका छन् । सरकारले लुुम्बिनीको विकासका लागि २०६८ असोज ३० मा बृहत्तर लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति गठन गरेको थियो । एपेकका उपाध्यक्ष सिआओ उनानका अनुसार लुम्बिनीको विकासमार्फत नेपाल, दक्षिण एसिया र विश्वमा शान्तिका सन्देश फैलाउने उदेश्य छ ।
सरकारले २०६२ मा लुम्बिनीलाई विश्व शान्ति सहर बनाउने निर्णय गरेको थियो ।
जनकपुर, पौष २ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले नेपाललाई हिन्दू राष्ट्र कायम गर्न माग गर्दै आजदेखि जनकपुरबाट रथयात्रा शुरु गरेको छ । जनकपुरधाममा कालीबाबाले उद्घाटन गरेपछि शुरु भएको रथयात्रा लुम्बिनी, विध्यवासिनी हुँंदै पुस १२ गते पशुपतिनाथ मन्दिरमा आईपुगेर समापन हुने कार्यक्रम रहेको छ ।
रथयात्रामा योगी, सन्तमहन्त, विभिन्न हिन्दू शक्तिपीठ तथा मन्दिरका पुजारीहरु, राप्रपा नेपालका नेता तथा कार्यकर्ता र सर्वसाधारणको सहभागिता रहेको छ । १८ जिल्ला पार हुने रथयात्राका क्रममा बाटोमा पर्ने अन्य धार्मिक स्थलहरुमा पनि पूजाआजा गरिने बताइएको छ ।
साथै, जातीय भेदभावको अन्त्य, मन्दिर प्रवेशमा सवै जातीलाई छुट, महिला विभेद अन्त्य, बाल तथा वृद्धवृद्धा अधिकारको रक्षा लगायतका विषयलाई विशेष जोड दिईने राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताए ।
नेपाललाई राजनीतिक घोषणाले धर्मनिरपेक्ष बनाईएको भन्दै उनले त्यसलाई उल्टाएर हिन्दू राष्ट्र बनाउन राजनीतिक अभियान आवश्यक रहेको पनि बताए ।

२ मंसिर, जनकपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले हिन्दु राष्ट्रको माग गरेर जनकपुरबाट रथयात्रा सुरु गरेको छ । रथयात्राको सोमवार विहान जनकपुरको रंगभूमिमा कालीबाबाले उद्घाटन गर्नु भएको हो । धर्मनिरपेक्षताको विरोध गर्दै राप्रपा नेपालले हिन्दु राष्ट्रको माग सहित रथयात्रा सुरु गरेको अध्यक्ष कमल थापाले जानकारी दिनुभयो ।
जनकपुरबाट सुरु भएको रथयात्रा ११ दिन पछि काठमाडौंको पशुपतिनाथको मन्दिरमा पुगेर समापन हुने छ । रथयात्रा लुम्बिनी, पोखराको विन्ध्यवासनी हुँदै पशुपतिनाथ पुस-११ गते पुग्ने योजना छ ।
रथयात्राका क्रममा सबै जातीलाई मन्दिर प्रवेशमा समानता, भेदभावको अन्त्य, बालबालिका तथा लैंगिंक समानताको रक्षा जस्ता कुराहरुलाई विशेष जोड दिइने राप्रपा नेपालका अध्यक्ष कमल थापाले जानकारी दिनुभयो । नेपाललाई राजनीतिक घोषणाले धर्मनिरेपेक्ष बनाइएको भन्दै उहाँले त्यसलाई उल्टाएर हिन्दुधर्म सापेक्ष बनाउन राजनीतिक अभियान आवश्यक रहेको थापाको भनाई छ ।onlinekhabar
कम्बोडियाबाट आएका करिब ३ सय ५० बुद्ध धर्माबलम्बीले वुधवार कपिलवस्तुमा रहेका बिभिन्न बुद्धस्थलमा पुजा प्रार्थना गरेका छन । कम्बोडियाको राजधानी नोम्पेन स्थितबाट बटुम बटाई गुम्बाका प्रमुख भन्ते पोई मेताको नेतृत्वमा सो टोली नेपाल आएको हो ।
३ सय २० कम्बोडियन सहित क्यानडाका ५ र अमेरिकाका २५ बौद्ध धर्माबलम्बीको समुह ११ वटा बसमा आएको उनिहरुले कपिलवस्तु जिल्लामा रहेको प्राचिन तिलौराकोट दरबारको मुख्य दरबार क्षेत्रमा पुजा प्रार्थना र अवलोकन गरेको कपिलवस्तुवाट पत्रकार शम्भु सैनी मालीले वताउनु भएको छ ।
तत् पश्चात सो समूहले राजा शुद्धोधन र रानी मायादेबीका समाधिमा निर्मित गरिएको भनिएका धमनिहवाका जोडी स्तुपको पनि भ्रमणमा पुगेर राजा अशोक द्धारा निर्मित स्तुपमा आफनै भाषामा पुजा प्रार्थना गरेका थिए । जिल्लाका सबै जसो प्रमुख बौद्धस्थलमा उनिहरुले बुद्ध परम्परा अनुसार सामुहिक प्रार्थना र पुजा गरेका छन । भ्रमण टोली लाई प्रमुख गुरु पोई मेताले बुद्ध र बुद्धस्थलहरु मा प्रार्थना गराएका थिए ।
कम्बोडियन प्रमुख गुरु पोई मेताले लुम्बिनी सहितका नेपालमा रहेका सम्पुर्ण बौद्धस्थल बिश्वभरका बौद्ध धर्मावलम्बीका लागी आस्थाको केन्द्र भएकोले आफुहरु सो स्थानमा प्रार्थनाको लागि आएको प्रतिकृया दिनुभएको छ ।
प्रचिन तिलौराकोट दरबार गौतम बुद्धका बाबु राजा शुद्धोदनको दरबार हो । जहाँ गौतम बुद्धले ज्ञान प्राप्त गर्नु अघि जिवनको २९ बर्ष बिताएका थिए । त्यस्तै निग्रोधराम ‘कुदान’ गौतम बुद्धले आफना छोरा राहुल लाई भिक्षु बनाएको स्थानको रुपमा परिचित छ ।

मंसिर १६ - भारतको गुजरात भावनगरका सुनिल सरवैयाले काठमाडौं ओर्लेलगत्तै पशुपतिनाथको दर्शन गरे। त्यसपछि उनी गौशालाकै सत्य साई होटलमा गए। साथीभाइसँग मिलेर त्यही होटलको चौरमा खाना पकाए र सँगै मिलेर खाए। अर्को दिन सुन्धारास्थित चाइना टाउन पुगे। आफूलाई गगल्स र ज्याकेट, आमाका लागि मोतीमाला र रुद्राक्ष किने। भाउजूलाई सल र रिङ तथा बुवाका लागि टर्चलाइट कोशेली लग्दिने भए।
भोलिपल्ट बिहान 'साइट सिन' पनि भ्याए। बौद्धनाथ, बूढानीलकण्ठ, स्वयम्भू र गुह्येश्वरी घुमेर उनी सोही साँझ काठमाडौंबाट बाहिरिए। काँकडभित्ता हँुदै स्वदेशको बाटो तताए। दुई दिन एक रातको बसाइ क्रममा करिब १० हजार भारतीय रुपियाँ खर्च भएको उनले बताए।
दसैं-तिहार सकिएलगत्तै उनीसँगै नेपाल पसेका ५६ जनाको समूह यही मार्काको यात्रा सकेर स्वदेश फर्केको छ। यसबीच उनीहरुले निकै नयाँपन सँगाले। पशुपतिनाथको दर्शन गर्न पाएकामा निकै भाग्यमानी महसुस गरे। पशुपतिनाथको दर्शनबिना जीवन सार्थक नहुने उनीहरूको बुझाइले अब सार्थकता पाएको छ।
सँगै आएका गुजरात भावनगरकै किरण मारुले भने, 'हाम्रो पहिलो उद्देश्य भगवानको दर्शन गर्नु नै हो, त्यसपछि चाइनिज सामान पनि लैजानुपर्छ भन्ने मान्यता छ।' पशुपतिनाथको दर्शनपछि उनीहरूको जिज्ञासा चिनियाँ सामानको पसल कहाँ छ भन्ने हुन्छ जसलाई सुन्धारास्थित चाइना टाउनले मेटिदिन्छ।
'नेपाल आएपछि केही कोशेली पनि त लानुपर्यो,' मारु थप्छन्, 'पशुपतिनाथको चिनो पनि चाहियो।'
गुजरातका ६९ वर्षीय राम जगमल पशुपतिनाथको दर्शन गर्न पाएर कम्ता खुसी छैनन्। आफूलाई बुढेसकालले सताएको ठान्ने उनी अब मरे पनि कुनै गुनासो नभएको सुनाउँछन्। भारतका विभिन्न तीर्थाटनसहित तीन साता लामो भ्रमणका क्रममा नेपाल आइपुगेका उनले यो निकै रमाइलो र पृथक भएको अनुभव सुनाए। गोरखपुरबाट सुनौली हँुदै उनीहरू नेपाल पसेका हुन्। 'अब हामी पश्चिम बंगालको गंगासागरमा गएर नुहाउँछौं,' उनले भने, 'पशुपतिनाथको दर्शनबेगर हाम्रो तीर्थाटन अधुरै रहन्थ्यो।'
आकर्षण पशुपतिको
पशुपति तीर्थाटन र चिनियाँ सामग्री खरीदको उद्देश्य लिएर भारतबाट लाखांैको संख्यामा पर्यटक नेपाल आउँछन्। विशेषगरी दसैंतिहारपछि तीन महिना र वैशाख-जेठ भारतीय पर्यटक आउने प्रमुख सिजन हुन्।
'भारतका लामो सरकारी बिदा र विशेष धार्मिक अवसरमा नेपालमा पर्यटक बढी आउँछन्,' पशुपति परिसरको वनकाली धर्मशालाका सञ्चालक गजेन्द्र थपलियाले भने, 'वार्षिक ४ लाखको हाराहारीमा पर्यटक नेपाल भित्रने अनुमान छ।' प्रत्येकले औसतमा ३ देखि ५ हजार भारतीय रुपैयाँ नेपालमा खर्चने उनके अनुमान छ। नेपाल पर्यटन बोर्डले सन् २०११ को तथ्यांकमा १ लाख ४९ हजार ५ सय ४ भारतीय पर्यटक भित्रेको देखाएको छ। त्यो हवाई मार्गबाट आउनेको मात्र संख्या हो। स्थलमार्गबाट आउने भारतीय पर्यटकको कुनै लेखाजोखा छैन।
थपलियाले उक्त धर्मशालामा ५ सय तीर्थयात्रीलाई बस्ने सुविधा रहेको जानकारी दिए। पशुपति क्षेत्रमै रहेको गौशाला धर्मशालामा २ सय ५० कोठा छन् जहाँ हजारभन्दा बढी बस्छन्।
भारतीय पर्यटकका लागि रुचिअनुसार खाना र राम्रो बासस्थान अपर्याप्त छ। भारतीय पर्यटकमध्ये ९५ प्रतिशतको मूल ध्येय पशुपति दर्शन र चिनियाँ सामग्री किनमेल हो। यही कारण पछिल्लो समय राजधानीमा रहेको चाइना टाउन पनि उनीहरूको व्यापारिक तीर्थस्थल बनेको छ।
केही युवा भारतीय पर्यटक क्यासिनो र लोकदोहोरीमा समेत रमाउन भ्याउँछन्। पशुपति क्षेत्र विकास कोषसँग भने पशुपति दर्शनार्थ आउने भारतीयको तथ्यांक छैन।
होटलमा बास, चौरमा गाँस
पशुपति क्षेत्रवरपर एक दर्जन होटलसहित दुई दर्जनभन्दा बढी गेस्ट हाउस छन्। यी सबै भारतीय तीर्थयात्रीलाई लक्षित गरी सञ्चालित छन्। यीमध्ये अधिकांश होटलका भान्सा प्रायः खालि हुन्छन्। पशुपति दर्शन गर्न आउने पर्यटकले खचाखच हुने होटल तथा लजका छिँडी तथा चौर भने चुलैचुलाले भरिएका हुन्छन्।
'हाम्रो होटल पर्यटकले भरिएका छन्,' पशुपति होटल एन्ड लजका सञ्चालक गणेश उप्रेतीले भने, 'भान्सा भने रित्तोजस्तै।' पर्यटकले रुचिअनुसारको खाना नपाउने भएकाले उतैबाट कुकसहित आउने गरेको उनले सुनाए। 'हाम्रोमा मात्र हैन, सबै जसोमा उस्तै हो,' उनले थपे, 'कोठामा बस्छन्, खानाचाहिँ खुला ठाउँमा आफैं पकाएर खान्छन्।'
गुजरात, महाराष्ट्रलगायत राज्यबाट आउने पर्यटक खानाका सौखिन हुने होटलवालाको बुझाइ छ। महाराजा होटलका एक कर्मचारी भन्छन्, 'थरीथरीका खाना पकाउनेभन्दा भान्सा नै उनीहरूको जिम्मामा दियो, पकाएर खान्छन्, आफूलाई आनन्दै।'
महाराष्ट्रका वसन्त भुजवलका अनुसार यात्राका क्रममा मराठीले खानेकुरामा निकै ध्यान दिन्छन्। 'यात्राका क्रममा भोजनको निकै महŒव हुन्छ,' उनले भने, 'त्यही भएर हामी आफैं खानेकुरा बोकेर आउँछौं।' नेपालमा स्वाद नमिल्ने भएकाले यसो गर्नुपरेको उनीहरूको तर्क छ।
साइट सिनको स्वाद
जसरी भारतीयहरू खाना स्वादिष्ट खोज्छन्, साइट सिनको स्वादले पनि उनीहरूलाई निकै प्रभाव पार्छ। छोटो समयका लागि नेपाल छिरेका उनीहरू एक दिन किन नहोस्, साइट सिनको मज्जा लिन भुल्दैनन्।
दर्शनलगत्तै उनीहरू गुह्येश्वरी, बौद्धनाथ, स्वयम्भू र बूढानीलकण्ठ पुग्न भ्याउँछन्। बाटोमा पर्ने राजदरबार संग्रहालय, सर्वोच्च अदालत, धरहरा, सहिदगेट, एयरपोर्ट र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रजस्ता महत्त्वपूर्ण स्थानको दृश्यावलोकन पनि छुटाउँदैनन्। भक्तपुर दरबार स्क्वायर, पाटन र सनराइज हेर्न नगरकोट यात्रा पनि प्राथमिकतामा पर्छ। हुनेखानेहरू यतैबाट पोखरा, चितवन, लुम्बिनी पनि लाग्छन् तर साह्रै थोरैमात्र।
सात घन्टाको बाटोमा बाह्र
सामान्यतयाः भैरहवाबाट काठमाडौं आउन ७ घण्टा लाग्छ। पर्यटक बोकेर आउने भारतीय नम्बरका बसलाई २ सय ८० किलोमिटरको दूरी तय गर्न १० देखि १२ घण्टा लाग्छ। किन? उत्तर भारतीय चालक प्रागजीभाइ पटेलसँग छ, 'विभिन्न चेकपोस्टले चेकिङका बहानामा रोक्ने र पैसा लिने गर्दा।'
'कतै प्रहरी, कतै युवाले विभिन्न बहानामा रोक्छन्,' २५ वर्षदेखि पर्यटक बोकेर आइरहेका ७२ वर्षीय पटेल भन्छन्, 'पैसा नदिई बढ्नै दिँदैनन्।' पैसा नदिए अनावश्यक कागजपत्र खोजेर हैरान पार्ने गरेकाले पहिल्यै पैसा दिने गरेको उनी बताउँछन्।
यी वृद्ध चालकले मात्र हैन, भारत सुनौलीका दीपक गिरीले पनि पर्यटक गाइडका रूपमा नेपाली सुरक्षाकर्मीबाट बारम्बार समस्या भोग्ने सुनाए।

'पशुपति फोहोर भो'
महाराष्ट्रस्थित रालेगण सिद्धी गाउँ पछिल्लो समय अन्ना हजारेका कारण चर्चित छ। तिनै ७४ वर्षीय अन्नाका ७१ वर्षीय साथी साहेव राव पशुपतिमै भेटिए दर्शनका क्रममा।
'हामी निकै ठूलो श्रद्धा बोकेर यहाँसम्म आउँछौं,' ती वृद्धले भने, 'पशुपति परिसरमा देखिएको फोहोरले हामीलाई चिन्तित तुल्यायो।' उनको गुनासो फोहोर वागमतीप्रति थियो।

मंसिर १३ । सिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । गुरु नानकको जन्मदिनको सम्झनामा देशभरका गुरुद्धाराहरुमा भक्तजनको घुईंचो लागेको छ । गुरु नानकको जन्म कात्र्तिक शुक्ल पूर्णिमाको दिन भएको थियो । हिन्दु र मुसलमानबीचको द्वन्द्व अन्त्यका लागि गुरु नानकले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । त्यसपछि यसलाई धर्मको रुपमा ग्रहण गर्न थालिएको विश्वास छ । गुरु नानकका देश प्रेम, दया र दिनदुःखीको सेवालगायतका महामन्त्रलाई उहाँको निधन पश्चात अनुसरण गर्नेको संख्या बढ्दै गएको छ । यसैवीच प्रधानमन्त्री डा वावुराम भट्टराईले गुरु नानक जन्मजयन्तीको अवसरमा नेपालका सम्पुर्ण शिख धर्मावलम्वीप्रति शुभकामना व्यक्त गर्नुभएको छ ।
रुकुम,मंसिर १२ । राप्ती अञ्चलको प्रसिद्ध धार्मिकस्थल रुकुमको डिग्रे साईकुमारी मन्दिरमा भव्य मेला लागेको छ । हरिबोधनी एकादशीदेखि शुरु भएको मेला पूर्णिमासम्म चल्नेछ । मन्दिरमा होम, विवाह, सिद्ध पुजालगायतका कर्मकाण्ड गर्न भक्तजनहरुको मंसिर महिनाभर भिड लाग्ने गर्दछ । मन्दिरमा दर्शन गर्न रकुमलगायत छिमेकी जिल्ला रोल्पा, जाजरकोट, प्युठान, बाग्लुङ, डोल्पालगायतका जिल्लाबाट भक्तजन रुकुम पुगेका छन् । मन्दिरको दर्शन गरे मनोकाङक्षा पुरा हुने धार्मिक विश्वास रही आएको छ । मेलाको अन्तिम दिन जिल्लामा लोप हुन लागेको सारङगी नाच, मयुर नाच, सिगारु टप्पा प्रस्तुत गर्ने चलन छ । खलंगा गाउं विकास समितिको वडा नम्बर ४ थर्पुमा लागेको सो मेलामा जाने भक्तजनले गर्दा सदरमुकाममा समेत चहल पहल बढेको छ ।
०६९ मंसिर१० गुल्मी जिल्लाको रिडी बजारमा प्रत्येक बर्ष हरीबोधनी एकदशी र द्वादशीको दिन मनाइने ऋशीकेश उत्सब आज धुमधाम सँग मनाइएको छ्। बिहान रथयात्रा कार्यक्रमका मुलपाले प्रवेश कसजूको घर बाट पञ्चेबाजा सहीत फुलपाती,फलफुल तथा प्रशादहरु ऋशीदेश मन्दिर लागिएको थियो। मन्दिरमा ऋशीकेश भगवानको बिशेष पूजा पस्चात दिउँस तीन बजे रथयात्रा निकालीएको थियो। रथलाई रिडी बगर,बसपार्क,मध्य बजार हुँदै बिष्णु पञ्जर सम्म परीक्रमा गराइएको थियो। कार्यक्रममा स्थिनिय विद्याज्योती बोर्डइङ स्कुल र रुरु प्राथमिक बिद्यालयका विद्यार्थीहरुले मार्चपास गरेका थिए। रथ यात्रामा बिगतका बर्षहरुमा भन्दा निकै धेरै संख्यामा जात्रुहरुको उपस्थिती रहेको थियो।
भिडियो हेर्नुहोस !!!!!
धादिङ, मंसिर ९ । धादिङमा नेपालकै चर्चित प्राकृतिक ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेका धेरै स्थलहरु रहेका छन् । ती मध्ये गंगा–जमुना झर्ना पनि एक हो । हरिबोधनी एकादशीको अवसर पारेर जिल्लाको विकट उत्तरी क्षेत्रमा पर्ने गंगा–जमुनामा भव्य मेला लागेको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)
काठमाडौं, मंसिर ९ । हिन्दू धर्मावलम्बीहरुले आज भगवान् विष्णुको पूजा, आराधना, भजन किर्तन गर्नुका साथै ब्रत बसी हरिबोधनी एकादशी मनाउँदै छन् । असार शुक्ल एकादशीमा क्षीर समुद्रमा शयन गरेका भगवान विष्णु भाद्र शुक्ल एकादशीमा कोल्टो फेरी आजै बिउँझन्छन् भन्ने हिन्दु मान्यता रहेको छ । यस अवसरमा राजधानीमा स्वयम्भुको इचंगु, ललितपुरको विशंखु, फर्पिङको शेषनारायण र चाँगुस्थित चाँगु नारायणमा श्रद्धालु भक्तजनको घुईचो लाग्ने गर्दछ । यस्तै बुढानीलकण्ठस्थित विष्णु नारायणलगायतका नारायण मन्दिरहरुमा पूजा अर्चना गर्ने भक्तजनको घुईंचो लाग्ने गर्दछ ।
असार शुक्ल एकादशीमा रोपेको तुलसी रुपी लक्ष्मीको विवाह नारायणसँग भएकाले यस दिनलाई तुलसी विवाहको दिन पनि भनिन्छ । आजै घर घरमा तुलसीको विबाह गराईदिने प्रचलन पनि रहेको छ । पौराणिक कालमा ऋषि कनककी छोरी किशोरीले यसै दिन सन्ध्याकालमा तुलसी विवाह सम्पन्न गराइएको विस्वास गरिन्छ ।imagechannel

काठमाडौं, मंसिर ६ । राजधानीको गण महाविरमा बौद्ध धार्मिक परम्परा अनुसार कथिन उत्सव मनाइएको छ । नेपालसहित विश्वका अरु बौद्ध मुलुकहरुमा पनि उत्सव मनाउने चलन छ । एक महिनासम्म मनाईने कथिन उत्सवमा सर्वसाधरण बौद्ध विहारमा गएर चिवरको कपडा र भिक्षुहरुलाई दैनिक जीवनमा आवश्यक पर्ने बस्तु अष्टपरिष्कार दान गर्ने गर्छन् । तीन महिने वर्षावास सकिएपछि भिक्षुहरु विभिन्न विहारमा बसेर सर्वसाधारणले ल्याएको चिवरलगायतका वस्तु ग्रहण गर्दछन् । यस बेला महापरित्राण र परित्राण जस्ता बौद्धपाठ तथा विभिन्न वौद्ध सूत्रसमेत पाठ गरिन्छ । गौतम बुद्धको समयमा वर्षायाममा धर्मदेशना गर्न जाँदा भिक्षुहरु पानीले रुझ्ने, हिलोले फोहर हुने र किरा फट्याग्राहरु मर्ने हुनाले भगवना बुद्धले वर्षायामको तीन महिना विहारमै वर्षाबास वस्ने नियम बनाउनु भएको थियो । यस्तो कथिन उत्सव नेपालका ४९ वटा बौद्ध विहारमा पनि मनाईन्छ । श्रीलंका, थाइल्याण्ड, बर्मा, भियतनाम, जापान, चीनसहित विश्वभरका थेरवादी बौद्ध सम्प्रदाय रहेको देशमा एक महिनासम्म कथिन उत्सव मनाउने गर्दछन् ।