• RSS
  • Email
  • Follow us
  • Become a fan
  • Contact Us
  • CopyRight Policy
  • Terms of Use

Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Related Posts Plugin for WordPress, Blogger...

Nepali News

  • Home
  • समाचार
  • प्रवास
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • अन्तराष्ट्रिय
  • Video News
  • English News
  • Movies
    • Nepali Movies
    • Hindi Movies
  • Songs
    • LokGeet
    • LokDohari
    • PopSong
    • Hot Songs
  • ContactUs



नेपाली रजतपटमा सुनिएको नाम हो छवी ओझा । निर्माताका रूपमा नाम कमाएका छवीले नायीका रेखा थापासँग विबाह गरेपछी झन् चर्चा पाए । नायीका रेखासँगको सम्बन्धका कारण थप चर्चामा आएका निर्माता छवी ओझा नेपाली रजतपटमा राम्रा चलचित्र निर्माण गर्ने निर्माताका रूपमा प्रख्यात छन् । उनले निर्माण गरेका प्राय चलचित्रले राम्रो बजार लिएका छन् ।

विदेश जान भनि पैसा लिएर निस्केका निर्माता ओझाले नेपालमा नै बसेर केही गर्नुपर्छ भन्ने लागेपछी चलचित्र क्षेत्रलाई आफ्नो कर्मथलो बनाएका थिए । आफुले विदेश गएको भए धेरै सम्पत्ती जोड्न सक्ने अवस्थामा रहेको बताउँदै नेपालमा बसेर आफूले नाम भने कमाएको र यसैमा सन्तुष्ट रहेको बताएका छन् ।

जीवनमा आफूलाई फेल खाएको सोच्ने ओझाले आफुले जीवनमा धेरै कुरा गुमाएको बताउँछन् । साथीहरू चिल्लो कार लिएर पार्टीमा आँऊदा धेरै पछूतो मान्ने गरेको बताउँदै आफ्नो मनलाई बुझाउँदै भन्छन्, 'साथीहरुले भन्छन तैले नाम कमाएको छस् हामीहरूको त केही छैन । त्यसैमा चित्त वुझाउनुपरेको छ ।'

युवावस्थामा गरेको प्रेमका बारेमा सोध्दा उनी आफूले अहिले सम्झँदा रेखासमेत ५ जना प्रेमिका रहेको सुनाए । रेखासँग समेत सम्बन्ध विच्छेद भएपछी उनी अहिले भने प्रेमिका बिहिन छन् । उनी आफ्नो जीवन चलचित्र निर्माणकै क्रममा जाओस् भन्ने इच्छा व्यक्त गर्छन् ता की अरूले पनि निर्माता छवी ओझा त चलचित्र बनाउँदै गर्दा मरेछ भनुन् । जीवनलाई संघर्ष भन्ने निर्माता ओझाले आफू सोझो, इमान्दार र सहयोगी भएको बताए । उनी आफू भगवानमा विश्वास गर्ने मानिस भएको र बिहान उठेपछी भगवानको प्रार्थना र पूजा गर्ने गरेको समेत सुनाए ।


मुम्बई, पुस १९ (एजेन्सी)- प्रशंसित फिल्म 'रकस्टार'बाट बलिउडमा डेब्यु गरेकी अमेरिकी मोडल नर्गिस फक्री अब सुजित सरकारको फिल्म 'मद्रास क्याफे'मा देखिने भएकी छन्। निर्देशक सरकारका अनुसार नर्गिसले फिल्ममा पत्रकारको भूमिका निर्वाह गरेर धेरैलाई चकित पार्नेछिन्।  'नर्गिसलाई दिइएको भूमिका सुहाउँदो छ। उनले 'मद्रास क्याफे'मा अभिनय गरेर सबैलाई आश्चर्यमा पार्नेछिन्। उनी पत्रकारको भूमिकामा देखिँदैछिन्,' निर्देशक सरकारले भने। यसअघि फिल्मको नाम 'जाफ्ना' राखिएको थियो l


'रकस्टार'मा रणवीर कपुरको जोडी बनेकी ३३ वर्षीया नर्गिसले यस फिल्ममा जोहन अब्राहमको साथ पाउनेछिन्। 'मैले फिल्मको कथा खुलासा गर्न मिल्दैन। स्त्रि्कप्टको आवश्यकता अनुसार उनलाई लिइएको हो। दर्शकले फिल्म हेरेपछि आफैं यो महसुस गर्नेछन्। दर्शकले जोहन र नर्गिजको जोडीलाई मनपराउने छन् भन्ने आशा छ,' निर्देशक सरकारले भने।
सरकारले यसअघि 'यहाँ' र 'विक्की डोनर' फिल्म निर्देशन गरेका थिए। फिल्मको पहिलो चरणको सुटिङ दक्षिण भारतमा सिध्याइएको छ। दोस्रो चरणको सुटिङ मुम्बई, दक्षिण भारत र विदेशमा आगामी मार्च महिनामा गर्ने उनको योजना छ।
उनका अनुसार दक्षिण भारतका सुपरस्टार मोहनलाललाई फिल्ममा विशेष भूमिकामा देखाइने योजना छ। 'हामी उहाँसँग छलफल गरिरहेका छौं। फिल्ममा एउटा महŒवपूर्ण भूमिका छ, जसमा मोहनलाल नै चाहिएको छ, हेरौं के हुन्छ। अहिलेसम्म उहाँको टुंगो लागिसकेको भने छैन,' उनले भने।
चेक गणतन्त्रका बुबा र पाकिस्तानी आमाबाट न्युयोर्कमा जन्मिएकी नर्गिसले अक्षय कुमारको हरिओम प्रोडक्सनका तीन फिल्मका लागि सम्झौता गरिसकेकी छन्। निर्देशक सरकारले अमिताभ बच्चनलाई लिएर निर्देशन गरेको फिल्म 'शु-बाइट' पोस्टप्रोडक्सन सकेर रिलिज हुन बाँकी छ।


चलचित्र ‘रक्षा’ मा नायक अशोक फुयाँलसँग बेडसिनको दृश्य दिएर एकाएक चर्चामा आएकी नायिका पुजना प्रधान पुन एकपटक यही चलचित्रको आइटम गीतमा उत्तेजक रुपमा प्रस्तुत भएकी छिन् ।अर्जुन पोखरेलको संगीतमा तयार भएको चलचित्रको एक आइटम गीतको छायांकन आइतबार मह स्टुडियोमा गरिएको हो । ‘आखाले भन्छ हेरौ तिमीलाई’ बोलको गीतमा पुजनाले उत्तेजक आइटम नृत्य गरेकी हुन् ।शिव परियारको आवाजमा समावेश यो गीतको छायांकन क्रोमा लगाएर गरिएको छ । गितमा कविराज गहतराजको नृत्य निर्देशन, रामेश्वर कार्कीको छायांकन छ । चैत्र ३० गतेबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्रको आइटम गीतसँगै छायांकन सकिएको छ । चलचित्रको छायांकन २१ दिनमा सकिएको निर्देशक राजु गिरीले बताए ।बस्नेत मुभिजको ब्यानरमा तयार भएको ‘रक्षा’मा राजेश हमाल, साकिरा घिमिरे लगायतका कलाकारले समेत अभिनय गरेका छन् । आश्रम र चलचित्रमा देखिने पुजना एउटै नभएको बताउदै आएकी नाियका पुजना स्त्रिले रक्षामा खुलेरै अंगप्रदर्शन गरेको वुझ्न सकिन्छ ।

नायक श्रीकृष्ण श्रेष्ठले शनिबार आफ्नो जन्मदिन मनाएका छन् । उनले अनलाइनखबरसँग आफ्नो उमेर लुकाउदै भने, ‘सिनेमा क्षेत्रमा आएको २४ बर्ष भएछ ।’ बिहान ६ बजे उठेर पशुपतीको दर्शन गर्न पुगेको बताउँदै उनले पहिलो शुभकामना आफ्नो आमाले दिएको बताए । घरमा सबैले नेवारी परम्पराअनुसार सगुन र गिफ्टहरु दिएको उनको भनाई छ । तर साथीभाई र आफन्तहसँग भने बेलुका भेटघाट गरी रमाइलो गर्ने योजना छ ।बिहान उठ्ने बित्तिकै आमाको खुट्टा ढोगेको बताउँदै उनले अझै सिनेमा बनाइरहने सुनाए । फागुन महिनाबाट आफुले नयाँ सिनेमाको निर्माण गर्न लागेको उनले बताए । गौशालाको होटल इन्द्रेणीमा रेष्टुरेन्ट चलाइरहेका श्रीकृष्णले केही सिनेमाको निर्माणपश्चात मात्र निर्देशनमा हात हाल्ने बताए ।
अब कहिले बिहे गर्ने भन्ने हाम्रो प्रश्नमा श्रीकृष्णले भने, ‘खै मेरो बिहे किन भएको छैन मलाई नै थाहा छैन । कहिले गर्छु भन्ने मलाई पनि थाहा छैन् ।’ उनले नायिका स्वेता खड्का र आफुबिचको सम्वन्धका बारेमा भने खुलाउन चाहेनन् । श्वेता र आफु राम्रो साथी भएको बताउँदै उनले भने, ‘हामीले विजनेश र सिनेमाको काम सँगै गरिरहेका छौ ।’ गौशालामा संचालनमा ल्याएको रेष्टुरेन्टमा पनि स्वेता र श्रीकृष्णको संयुक्त लगानी छ । फागुनमा निर्माण हुन लागेको नयाँ चलचित्रमा पनि श्रीकृष्ण र श्वेता नायक नायिकाको रुपमा देखिदैछन् । श्वेताजीलाई कहिले भाउजु भन्न पाइन्छ भन्ने हाम्रो अर्को प्रश्नमा उनको जवाफ थियो- ‘हाम्रो सम्वन्धका बारेमा हामी आफै कुनै दिन खुलेर भन्नेछौ ।’
अविवाहित नायक श्रीकृष्ण श्रेष्ठलाई अनलाइनखबरको तर्फबाट जन्मदिनको शुभकामना ।

द्वन्द्व निर्देशकबाट निर्देशक बनेका राजेन्द्र खड्गीले निर्देशन गरेको चलचित्र ‘नोथीङ इज इम्पोसिबल’को विशेष शो हुने भएको छ । हाल धमाधम डविङमा रहेको चलचित्रको केही दिनमै विशेष शो आयोजना गर्न लागेको खड्गीले अनलाइनखबरलाई बताए । चलचित्र हेर्नका लागि एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्रि डाक्टर बाबुराम भट्टराइलाई निम्तो गरिएको छ । खड्गीले भने, ‘प्रचण्ड जी आउने पक्का भैसकेको छ, प्रधानमन्त्रीसँग पनि कुरा भैरहेको छ ।’ राजेन्द्रले सिनेमाको प्रोमो तथा गीत एकिकृत माओवादीका अध्यक्ष प्रचण्डलाई देखाइसकेका छन् । प्रोमो र गीत हेरिसकेपछि प्रचण्डले सिनेमा हेर्न इच्छा देखाएको खड्गीले बताए ।यस्तै चलचित्र हेर्नका लागि विभिन्न देशका राजदुतहरुलाई बोलाउने तयारी उनले गरेका छन् । ‘नेपालमा रहेका सबै राजदुतावासमा खबर गर्ने तयारीमा छु’, खड्गीले भने । बालबालिकाको कथालाई मुख्य बिषय बनाएर तयार पारिएको यो चलचित्रमा राजेन्द्रका ७ बषिर्य नाती आर्यन खड्गी मुख्य भुमिकामा छन् । उनका साथमा चलचित्रमा रागिनी खड्गी, रविन्द्र खड्गा, सपना श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।
चलचित्रले बच्चाहरु हरेक कुरामा अघि भएकाले उनीहरुको करिअरसँग खेलवाड नगर्न सन्देश दिएको छ । आर रविना फिल्मस् प्रालीको व्यानरमा तयार भएको यो चलचित्रलाई रागिनी खड्गी, रोमी खड्गी, जली खड्गी र ज्याक खड्गीले निर्माण गरेका हुन् । चलचित्रको पि्रमियर भने अमेरिकामा हुनेछ ।onlinekhabar

कोही मान्छेको कला विचित्रकै हुन्छ । इजरायली कलाकार निरित लेवावको कला पनि विचित्रकै छ । उनले पूराना काम नलाग्ने वस्तुबाट निकै मनमोहक तथा विचित्रका कलाकृति बनाउँछिन् ।
पछिल्लो पटक उनले मोटरसाइकलका फ्याँकिएका सरसामानको प्रयोग गरी मानिसको प्यारो जन्तु कुकुरका सुन्दर मूर्तिहरु बनाएकी छिन् ।
कुकुरको निर्माण गर्न उनले कवाडी मोटरसाइकलको चेन, पाइदल, गेयर्स तथा सिट जस्ता सामानको प्रयोग गरेकी छिन् ।


चर्चित फेसन डिजाइनर संयुक्ता श्रेष्ठ लन्डनमा सम्मानीत भएकी छिन् । उनलाई सोर्स अवार्ड अन्तर्गतको ग्लोबल अवार्डस् फर सस्टेनबल फेसन मा हाइली कमेन्डेड ब्रान्ड लिडर डिजाइन अवार्डबाट सम्मानीत गरिएको हो ।
कार्यक्रममा मध्य लन्डनमा कला तथा फेसन क्षेत्रका विभिन्न व्यक्तिहरुको उपस्थिती थियो । अवार्डमा संयुक्ताले तयार पारेको दुलहीको पहिरन नोमिनेशमा परेको थियो । लन्डनमा फेसन डिजाइनिङ गरिरहेकी संयुक्ता विवाह तथा दुलहीको पहिरन डिजाइन गर्न चर्चित मानिन्छिन् । यसअघि उनले लन्डनमा बेस्ट पर्फ]{ट वेडिङ न्युकमर अवार्ड २०११ तथा ब्राइडल इन्नोभेसन अवार्ड २०११ समेत हात पारिसकेकी छिन् । उनको डिजाइनले बेलायत, वेल्स, उत्तरी आइरल्यान्ड तथा गणतन्त्र आयरल्यान्डका लागि लक्जरियस बुटिकहरुमा राम्रो बजार लिइरहेका छन् ।

नेपाली सिनेमा क्षेत्रमा लामो समय बिताएकी नायिका करिश्मा मानन्धरको निर्देशक बन्ने सपना अब पुरा हुने भएको छ । केही समय अघि अनलाईनखबरसँग कुरा गर्दै नायिका मानन्धरले निर्देशक बन्ने सपना रहेको बताएकी थिइन् । अब उनको सपना अमेरिकामा बस्दै आएका नायक रमेश उप्रेतीले पुरा गरिदिने भएका छन् ।
नायक उप्रेतीले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘सिनेमाको बारेमा सबै कुरा पक्का भैसकेको छैन । तर नायिका मानन्धर निर्देशक बन्ने पक्का भएको हो ।’ केही हप्ताअघि नेपाल आएका उनले आफु अझै २ महिना यहाँ बस्ने बताए । नेपाल बसाइमा उनले २ वटा गीतको रेकडिङ सक्ने योजना बनाएका छन् । रमेश ४ महिनापछि फेरि नेपाल र्फकनेछन् । नेपाल आएपछि सिनेमाको छायांकन गर्ने उनको योजना छ ।
सिनेमाको कथावस्तुका बारेमा छलफल गरिरहेको उनको भनाई छ ।

यो दुनियामा प्रतियोगिता पनि कस्ता कस्ता हुन्छन् हँ ? हुँदाहुँदा निकै कठोर कानून भनिएको चीनमा समेत हस्तमैथुन प्रतियोगिता भएको छ ।
विश्व एड्स दिवसको अवसरमा एचआइभीको खतरा मुक्त यौनिक स्वतन्त्रताको उपयोग गर्न भन्दै यस्तो प्रतियोगिताको आयोजना गरिएको बताइएको छ ।
वाकाथन नाम दिइएको उक्त प्रतियोगितालाई सेक्स टोय निर्माता Aihuirun.com ले प्रायोजन गरेको हो ।
प्रतियोगितामा दश जना पुरुष प्रतियोगीहरु सहभागी थिए । प्रतियोगीहरुले आफ्नो लिंगलाई सुन्तला रंगको मगले छोपेर एक हातले हस्तमैथुन गरेका थिए । हस्तमैथुनमा लिप्त प्रतियोगीहरुका अगाडि निकै सेक्सी मोडेलहरुले विभिन्न यौन खेलौनाहरुको साथमा नाच देखाएका थिए । प्रतियोगिता ग्वाङ्डोङ प्रान्तको सेन्झेन सहरमा सम्पन्न भएको हो ।onelinekhabar
 





नायिका नन्दिता के.सी हिजोआज सिनेमा क्षेत्रबाट हराए जस्तै छिन् । उनले अभिनय गरेका सिनेमाहरु निरन्तर असफल भएपछि नन्दिताको करिअर ढुलमुलाएको हो । तर सिनेमाबाट टाढा हुदै गएपनि नन्दिताको म्युजिक भिडियो यात्रा भने रोकिएको छैन ।
नन्दिताले भर्खर्र मात्र सानु वाइवाले आवाज भरेको ‘मिठो मिठो’ बोलको गीतको भिडियोमा अभिनय गरेकी छिन् ।
फुर्वा शेर्पा प्रोडक्शनले तयार पारेको भिडियोमा नन्दिता र कपिल श्रेष्ठको अभिनय हेर्न सकिन्छ । सुशन लामो शब्द तथा संगीत रहेको गीतको भिडियोको छायांकन सागर प्रधानले गरेका हुन् । फुर्वा शेर्पाले निर्देशन गरेको भिडियोमा प्रशान्त तामाङको नृत्य निर्देशन छ । भक्तपुरको सुडालमा छायांकन गरिएको भिडियो छिट्टै बजारमा आउने बताइएको छ ।

आफ्नो सिनेमाको प्रचारका लागि निर्देशक उकेश दाहालले नयाँ नयाँ उपाय अपनाइरहेका छन् । सिनेमाको प्रदर्शन मिति नजिकिदै गएपछि उकेशको दौडधुप पनि बढेको हो । यसैक्रममा उनले चलचित्र ‘किन किन’ को अडियो बिमोचन बर्दिया महोत्सवमा गराएका छन् । बर्दियामा सोमबार सम्पन्न भएको मध्यपश्चिमाञ्चल औद्योगिक व्यापार मेलामा उपस्थित हजारौ दर्शकको सामु चलचित्रको एल्बम बिमोचन गरिएको हो । एल्बमको बिमोचन सिनेमाका नायक राजेश हमाल र निर्देशक उकेश दाहालले गरेका थिए ।
सिनेमाका बारेमा बोल्दै नायक हमालले, ‘चलचित्र देउताको कथा सुन्दा जत्ति आनन्द लागेको थियो, त्यति नै आनन्द किन किनको कथा सुन्दा लागेको बताए ।’ हमालले चलचित्र निक्कै राम्रो बनेको भन्दै आफु उत्साहित रहेको प्रतिक्रिया दिएका थिए ।
महेश खड्काको संगीतमा तयार भएको सिनेमाका गीतसंगीतले बजारमा राम्रो चर्चा पाउने निर्माणपक्षको विश्वास छ । चलचित्रमा राजेशका अलवा राज तिमिल्सिना, शशी खड्का, नव नायिका अरुणिमा लामाको मुख्य भुमिका छ । एक प्रौढ पुरुष र जवान युवती बिचको सम्वन्धका बारेमा देखाइएको यो सिनेमा भित्र नायक हमाल र नायिका लामाले थुप्रै वेड सिन र चुम्बनका दृश्य दिएका छन् । यो चलचित्र माघ महिनाको २५ गतेबाट प्रदर्शनमा आउदैछ ।

ब्राजिलमा एक अनौठो प्रतियोगिता हुने गर्छ । जसमा सबैभन्दा सुन्दर नितम्ब (हिप्स) भएकी युवती विजयी हुने गर्छन् । ‘मिस बमबम’ नामक उक्त प्रतियोगितामा युवतीहरुको नितम्बबीच प्रतिस्पर्धा हुने गर्छ । जहाँ सहभागी हुने युवतीहरुले आफ्ना आकर्षक नितम्बहरु प्रस्तुत गर्ने गर्छन ् । ब्राजिलको नितम्ब प्रतियोगिता ‘मिस बमबम–२०१२’ को उपाधि क्यारिन फेलिजार्डोले जितेकी छिन् । प्रतियोगितामा एन्ड्रेसा अर्क दोस्रो भईन् भने क्यामिला वर्नेजलिया तेस्रो भइन् । ब्राजिलको साओ पाउलो शहरमा आयोजना भएको मिस बमबम प्रतियोगितामा अन्तिम चरणमा पुगेका १५ प्रतिस्पर्धी युवतीले आफ्ना नितम्ब प्रस्तुत गरेका थिए । ब्राजिलमा हरेक वर्ष आयोजना हुने यस अनौठो प्रतियोगिताका विजयीले ट्रफीको साथमा १६ सय डलर नगद पुरस्कार प्राप्त गर्छन् । यस पटककी विजेता क्यारिनले आफूले उपाधि जित्न पछिल्लो ३ वर्षदेखि कडा मिहिनेत गरेको प्रतिक्रिया दिएको जनाएको छ ।

बन्द कोठामा एकनाशले गीत गुन्जिरहेको छ । सबैजना रक्सीले मत्त छन् । माहौल निकै गरमागरम छ । मानिसहरु आउने जाने क्रम चलिरहेको छ । त्यहि बीचमा चार जना लक्का जवानहरुको प्रवेश हुन्छ, बन्द कोठाभित्र । पहिल्यै केहि मत्त भएर आएका उनीहरु बन्द कोठा प्रवेश संगै बजिरहेको संगीतमा झुम्न थाल्छन् ।

बन्द कोठा अर्थात ठमेलको एउटा डान्स बार । बारमा आफ्नो मस्त जवानी देखाउँदै नाचिरहेकी छिन् नायिका शुष्मा कार्की । नाच्नमा व्यस्त कार्कीलाई बारसम्म पुगेर भेट्न आएका चार जना जवान केटाहरु पनि उनको मस्त जवानीमा हराईरहेका छन् । साथीले पाएको सफलतालाई विशेष बनाउनका लागी उनीहरु डान्स बारसम्म पुगेका हुन् । आदित्य बुढाथोकी, रेम बिक, विल्शनविक्रम राई र मानव सुवेदी डान्स बारमा रक्सीले उन्मत्त भएर नाच्दै शुष्माको मस्त जवानीमाथि आँखा गाडीरहेका छन् ।


दिउँसो करिब १ बजेको समयमा हामी ठमेलको नशा बारमा पुग्दा यस्तो खालको दृश्य देखियो जहाँ शुष्मा कार्कीलाई आदित्य, रेम, विल्शन र मानवले बीचमा राखेर घेरिरहेका थिए । दिउँसै रात पारेर शुष्माको मस्त जवानीमा हराईरहेका चार जना युवाहरु नाच्दा नाच्दै रोकिए जब नेपथ्यबाट कट भन्ने आवाज आयो । निर्देशक रामराजा दाहालको निर्देशनमा बनिरहेको पछिल्लो फिल्म 'नेपथ्य' भित्र रहेको एउटा आईटम नम्बरको लागी यो सब माहौल तयार पारिएको थियो । र, शुष्मा कार्की फिल्ममै रहेको गीत मेरो मस्त जवानीमा आफ्नो जवानीलाई पस्किरहेकी थिईन् । यी सबै दृश्यलाई कैद गर्दै थिए सिनेम्याटोग्राफर शुशन प्रजापति । शुष्मासंगै जाँड चार केटाहरुलाई डान्सका विभिन्न स्टेप सिकाउँदै थिए कोरियोग्राफर गम्भिर बिष्ट ।



नेपथ्य फिल्मको ८० प्रतिशत छायाँकन पुरा भैसकेको निर्देशक रामराजा दाहालले बताए । प्रत्येक मानिसको कुनै न कुनै सपना हुन्छ र सपना साकार गर्नका लागी मानिसले विभिन्न खालको संघर्ष गर्नुपर्छ भन्ने थिममा आधारित रहेर निर्माण गरिएको फिल्मको छायाँकन अबको केहि दिनमा सकिने निर्देशक दाहालले जानकारी गराए । मुलधारका फिल्महरु बनाउँदै आएका दाहालले यो पटक भने सम्पुर्ण कलाकारहरु नयाँ अनुहारका राखेर केहि नयाँ खालको फिल्म बनाएको बताए । यो फिल्मबाट नायकको रुपमा आदित्य बुढाथोकी, रेम बिक र मानव सुवेदीले नै डेब्यु गरेका हुन् ।


यसअघि आदित्य काठमाण्डौमै रहेर नेपाली फिल्म उद्योगमा प्रवेश गर्नका लागी संघर्षरत थिए । त्यस्तै अर्का डेब्यु नायक रेम बिक पोखरामा रहेर विग एफएम र आर्दश नेपाल दैनिकमा पत्रकारिता गरिरहेका थिए । उनी फिल्मीखबर डटकमका पोखरा संबाददाता पनि हुन् । त्यस्तै मानव सुवेदी ओस्कार कलेज अफ फिल्म स्टडिजका उत्पादन हुन् । उनीहरुका अलावा फिल्ममा नायकको रुपमा विल्शनविक्रम राई पनि देखिएका छन् । त्यस्तै फिल्ममा नायिकाको रुपमा सोना तिमिल्सिनाले पनि डेब्यु गरेकी छन् । फागुन महिनासम्म प्रर्दशनमा ल्याउने तयारी भैरहेको फिल्म नेपथ्यको कथा सुवाससिंह बस्न्यातले लेखेका हुन् । फिल्ममा संगीत मानव सुवेदीले दिएका छन् ।

Older Posts Home

  • Recent Posts
  • Feature Posts
  • Comments

Royo Gambesi (रोयो गामबेसी)


Category

समाचार (688) भिडियो (554) मनोरञ्जन भिडियो (386) समाचारभिडियो (355) अन्तराष्ट्रिय (247) videonews (240) मनोरञ्जन (212) मनोरंजन भिडियो (164) English (152) feature (109) राशी फल (84) राजनीति (76) खेलकुद (64) kbk (45) ukaliorali (45) प्रवास (45) powernews (42) बिचार (39) LokGeet (26) मनोरञ्जन भिडियो भिडियो (26) धर्म . (24) lokdohari (23) primestory (23) nepalimovie (18) ज्ञान (16) स्वास्थ्य (16) khojkhabar (15) jirekhursani (13) lokgeet भिडियो (13) मनोरंजन (13) hakk (12) jhayaikutijhyai (12) titosatya (12) harkhaldar (11) merribassi (11) rajatpat (11) pop song (10) sajhasawal (10) जिवन चक्र (8) gharbetiba (7) popsong (7) उकाली वराली (5) Indians Got Talent (2) सुन र तामा (2) hindimovie (1) indtvshow (1)

Archive

  • 2013 (407)
  • 2012 (2480)

Total Pageviews

Nepali News © 2012. All rights reserved. Designed by scotNepal