• RSS
  • Email
  • Follow us
  • Become a fan
  • Contact Us
  • CopyRight Policy
  • Terms of Use

Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Related Posts Plugin for WordPress, Blogger...

Nepali News

  • Home
  • समाचार
  • प्रवास
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • अन्तराष्ट्रिय
  • Video News
  • English News
  • Movies
    • Nepali Movies
    • Hindi Movies
  • Songs
    • LokGeet
    • LokDohari
    • PopSong
    • Hot Songs
  • ContactUs


गोपाल दाहाल
सधै अरुलाई मेकअप गरिदिएर चिटिक्क बनाउन व्यस्त हुने धरानका व्युटिसियनहरु शनिबार भने आफैं झिलिक्क सजिएर विजयपुर चढे ।
दिनभर रमाईला खेल खेलेका उनिहरु नेपाली, हिन्दि र अंग्रेजी गीतको तालमा कम्मर मर्काइ मर्काइ नाच्न थाले । उनिहरुलाई नचाउन चो»वा» रिसोर्ट पुगेका थिए, धरानका डिजे ललित ।
उनले हाईभोल्टेजमा डान्सि» नम्बर बजाउँदा व्युटिसियनहरु असिनपसिन हुनेगरी नाचे । लगातार नाचेर चिसो मौसमलाई तताए व्युटिसियनहरु । उनिहरुलाई यो अवसर जुराईदिएको थियो, धरानको चर्चित व्युटिपार्लर निसु»्मा हेयर एण्ड व्युटि पार्लरले । पार्लरमा तालिम लिएकाहरुलाई जमघट गराउने उद्देश्यले रिसोर्टमा यस्तो भेटघाट कार्यक्रम आयोजना गरि रमाईलो गरेको निसु»माकी सञ्चालिका विष्णु लिम्बुले बताइन् ।

चलचित्रकर्मीहरुको आन्दोलन चर्किरहेको समयमा यसलाई तुहाउने खेला पनि सुरु भएको छ । आन्दोलनलाई अगाडि बाट साथ दिए झै गरि पछाडीबाट सिध्याउने खेला पनि देखिएको छ । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई र चलचित्र संघका अध्यक्ष राजकुमार पोख्रेलले आन्दोलनलाई असहयोग गरेको धेरै आन्दोलरत चलचित्रकर्मीको गुनासो सुनिन थालेको छ ।हिन्दी चलचित्र ‘मटरु की विज्लीका मण्डला’ को सेन्सर पासका बिषयमा दुई राजकुमारले रातारात सहमती गरेका छन् । चलचित्र बिकास बोर्डमा ताला लागेकाले यो सिनेमाको पास हुने सम्भावना निक्कै कम थियो । तर बिकास बोर्डका सदस्य सचिब धनराज ज्ञवालीले संचारमन्त्रालयमा बसेर बोर्डको सहमती पत्र काटेका थिए । ज्ञवालीको यो क्रियाकलपामा आन्दोलनरत संघसंस्थाका प्रतिनिधीहरुले आपत्ती जनाउदै हिन्दी सिनेमाको सेन्सर रोक्नु पर्ने माग गरेका थिए । यो बिषयमा निर्माता संघका अध्यक्ष राजकुमार राइले समेत समहती जनाउदै संघका तर्फबाट सुरेश दर्पण पोखरेल र प्रज्ञा जोशीलाई सेन्सर बोर्ड पठाएका थिए । तर विहिबार राती एकाएक निर्माता संघका अध्यक्ष राईले सेन्सर बोर्डलाई पत्र काटी हिन्दी सिनेमाको सेन्सर गर्न भनेका थिए । उनका साथमा चलचित्र संघका अध्यक्ष राजकुमार पोख्रेलले पनि हस्ताक्षर गरेको निर्माता संघका सचिव सुरेशदर्पणको भनाई छ ।
चलचित्र संघका अध्यक्ष राजकुमार पोख्रेलले हिन्दी सिनेमा ‘मटरु की बिज्लीका मण्डला’ का लागि आफ्ना सदस्यले लगानी गरेको लाखौ रकम घाटामा जाने भएर हस्ताक्षर गरेको बताएको सुरेशले अनलाइनखबरलाई बताए । यस्तै निर्माता संघका अध्यक्ष राजकुमार राइले रातारात आफ्नो बोली परिवर्तन गरेको बिषयमा निर्माता संघले छानविन गर्ने भएको छ । यसबारेमा शुक्रबार बेलुकी निर्माता संघका बैठक बस्ने वुझिएको छ ।
मंगलबार रिपोर्टस क्लबमा आयोजना गरिएको पत्रकार सम्मेलनमा राजकुमार राई र राजकुमार पोख्रेल उपस्थित हुदै आन्दोलनमा पुर्णरुपमा लाग्ने बताएका थिए । तर त्यसकै भोलीपल्ट अर्थात वुधबार चलचित्र बिकास बोर्डमा ताला लगाउने कार्यक्रममा भने दुबै राजकुमारको उपस्थिती थिएन । यसले उनीहरु आन्दोलनको विपक्षमा लागेको धेरै चलचित्रकर्मीको ठहर छ ।
बारम्बार मदिरा पिएर मातेको समाचारका कारण विवादमा पर्दै आएकी गायिका अञ्जु पन्तले अव आफुले मादकपदार्थ सेवन नगर्ने बताएकी छिन् । ‘मदिरा पिउँनै हुँदैन भन्ने होइन तर म भने अब यसबाट टाढा भएकी छु, अन्जुले भनिन् ।’पति मनोजराजसँग सम्वन्ध विच्छेद भएपछि एक्लै बस्दै आएकी गायिका पन्तले धरानका संचारकर्मीसँग कुरा गर्दै मदिरा नपिउने बताएकी हुन् । केही समयदेखि क्रिश्चियन धर्म अबलम्बन गरेकी गायिका पन्तले उपस्थित संचारकर्मीलाई समेत बाइबल पढ्न सुझाव दिएकी छन् । पत्रकारहरुसँग अधिकांश समय ‘प्रभु’ को बयान गर्नमै समय खर्चिएकी पन्तले आफुले भजन गाएपछि प्रभुको शरणमा गएको बताइन् । आफुले परमेश्वरको योजनाले धर्म परिवर्तन गरेको दाबी गर्दै उनले भनिन्, ‘पहिला मन्दिर गएर पुजा गर्थे तर क्रिश्चियन धर्ममा जस्तो आनन्द कतै पनि देखिन ।’
संचारमन्त्री राजकिशोर यादवले चलचित्र बिकास बोर्डको अध्यक्ष पदमा धमेन्द्र मरहथ्वा ‘पप्पु’ लाई पठाउने पक्का भएको छ । यादव निकट श्रोतका अनुसार, संचारमन्त्रीले अब बस्ने मन्त्रीपरिषद्को वैठकमा पप्पुको नाम सिफारिश गर्ने निर्णय गरेका हुन् । पप्पु को नाममा निर्णय गरी संचारमन्त्री बिहिबार बेलुकी मन्त्रालयबाट बाहिरिएका छन् ।चलचित्र बिकास बोर्डमा अध्यक्ष पद रिक्त रहेको ४ महिना भैसक्दा पनि नयाँ व्यक्ति चयन हुन सकेको छैन । संचारमन्त्रीले चलचित्र बिकास बोर्डमा चलचित्र क्षेत्र बाहिरका व्यक्तिलाई लैजान पक्का भैरहेको समयमा चलचित्रकर्मीहरु भने चलचित्र क्षेत्रकै व्यक्तिको पक्षमा आन्दोलन गरिरहेका छन् । नायिका रेखा थापाको नाममा चलचित्रकर्मीहरुले नै विरोध जनाएपछि पप्पु बोर्ड अध्यक्ष बन्ने पक्का जस्तै भएको छ ।

सेलिब्रेटी फोटोग्राफरको रुपमा चिनिएका डब्बु रतनानीले सन् २०१३ को क्यालेन्डर सार्वजनिक गरेका छन् । उनको यो क्यालेन्डरको हरेक बर्ष झै सबैले प्रतिक्षा गरेका थिए । यो क्यालेन्डरमा बलिउडका चर्चित हस्तिहरुलाई समावेश गरिएको छ । क्यालेन्डरमा बलिउडका २४ चर्चित सेलिब्रटीहरुको फोटो समावेश गरिएको छ ।क्यालेन्डरमा अमिताभ बच्चन, ऐश्वर्या राय, अभिषेक बच्चन, साहरुख खान, विद्या बालान, सोनाक्षी सिन्हा, अर्जुन रामपाल, अजय देवगन, ऋतिक रोशन, असिन, बरुण धवन, आलिया भट्ट, काजोल, करिना कपुर, जोन अव्राहिम, अक्ष कुमार, दीपिका पादुकोण, सलमान खान, कैटरीना कैफ, रणबीर कपुर, अनुष्का शर्मा, फरहान अख्तर, पि्रयंका चोपडाको तस्बिर समावेश छ ।
फोटोग्राफर डब्बुले यो क्यालेन्डरको मुम्बइमा सार्वजनिक गरेका छन् । क्यालेन्डर बलिउड नायक साहरुख खानले सार्वजनिक गरेका छन् ।

अष्ट्रेलियामा अध्ययनरत युवाहरुले नेपाली कथानक चलचित्र ‘ऋतु’ निर्माण गर्ने भएका छन् । पहिलो पटक सम्पूर्ण रुपमा नेपाल बाहिर छायंकन तथा पोस्टप्रोडक्सन सहित नेपाली कथानक चलचित्र ’ऋतु’ निमार्ण हुन लागेको हो । आल्प इन्टरटेन्मेन्ट, प्लानेट ३ फिल्मस् र अपिल विष्ट फिल्म प्रोडक्सनको साथै अशोक गौतम, सुरज प्रधानको संयुक्त लगानी रहेको यस चलचित्रका निर्देशक मनोज अधिकारी हुन् ।चलचित्रले प्रेममा आउने उतारचढावलाई मुख्य बिषयबस्तु बनाएको छ । ऋतु बदलिए जसरी नै बदलिरहने जीवनका तीतामीठा पलहरुलाई पर्दामा उतार्ने लक्ष्यका साथ सिनेमा निर्माण हुन लागेको निर्देशक अधिकारीले बताएका छन् । चलचित्रको कथा अनलाइनमार्फत आयोजना गरिएको स्त्रिmप्ट लेखन प्रतियोगिताबाट छनोट गरिएको हो । चलचित्रमा नायक राजवल्लभ कोइराला मुख्य भुमिकामा देखिदैछन् । उनका साथमा पूर्व मिस नेपाल मलिना जोशी र रिमा विश्वकर्मा चलचित्रमा देखिदैछन् । यस्तै चलचित्रभित्र अष्ट्रेलियामा बसोबास गर्दै आएका बिष्णु न्यौपाने, कमल सिलवाल, बुल्सन लगायतका कलाकारलाई पनि देख्न सकिनेछ ।
यो चलचित्रका गीत अष्ट्रेलियामै बसोबास गर्दै आएका निस्प्रभ सजीले लेखेका हुन् । चलचित्रमा सुजिल कर्माचार्य र सुदिप गिरीको संगीत, संदिप बडालको कथा समावेश छ । चलचिको छायांकन शनिबारबाट सुरु गरिने निर्माणपषले बताएको छ 

काठमाडौँ, पुस २६ (नागरिक) - त्रिभुवन विश्वविद्यालयले बुधबार रंगशालामा आयोजना गरेको ३८ ‍‍औँ दीक्षान्त समारोहमा दीक्षित हुने सयौँ मध्ये  एक थिइन् कलाकार केकी अधिकारी। उनले काठमाडौँको प्राइम कलेजबाट ब्याचलर इन इन्फर्मेसन म्यानेजमेन्ट सकाएकी हुन्।
गएको वर्ष अभिनयका कारण चर्चामा आएकी नायिका हुन्, केकी अधिकारी। फिल्म 'मसान'मा परम्परागत नारी पात्र हेलेनको भूमिकामा खोटरहित अभिनय गरेपछि धेरैले उनको अभिनय क्षमताको प्रशंसा गरेका थिए। त्यसै गरी 'आई एम सरी' र 'मायाको बारीमा' पनि केकी मुख्य भूमिकामा देखिएकी थिइन्। व्यावसायिक हिसाबले औसतमात्रै व्यापार गरेका यी फिल्मबाट जस पाउने उनी एक्ली कलाकार थिए। फिल्म 'स्वर'बाट नेपाली फिल्ममा उनले पाइला चालेकी हुन्।


स्मृति ढुंगाना, काठमाडौं, पुस २६ - फिल्मकर्मीहरुले चलचित्र विकास बोर्डमा ताला लगाएर र आन्दोलन शुरु गरेकै दिन अभिनेत्री रेखा थापाले सुटुक्क प्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटेकी छिन्।
बोर्डमा महिला अध्यक्ष हुनुपर्ने माग राखी प्रधानमन्त्रीलाई भेटेको रेखाको भनाई छ। सुचना तथा संचारमन्त्री राजकिशोर यादवले गैर फिल्मकर्मीलाई अध्यक्ष बनाउन लागेको थाहा पाएकाले प्रधानमन्त्रीका ध्यानाकर्षण गराएको रेखाले बताइन्। 'प्रधानमन्त्रीले फिल्मकर्मीलाई नै नियुक्त गर्ने वचन दिनुभएको छ,' उनले भनिन्।

फिल्मकर्मीको आन्दोलन ऐक्यवद्धता नजनाई प्रधानमन्त्रीलाई भेट्न पुगेकोमा आलोचना भएपछि रेखाले भेटलाई नै एउटा आन्दोलनको रुपमा व्याख्या गरिन्। महिला हिंसा, बोर्डको अध्यक्षमा फिल्मसम्बन्धी महिलाको प्रतिनिधित्व र फिल्म क्षेत्रलाई उद्योगको रुपमा स्थापना गर्न माग गरेको उनले सुनाइन्।
विकास बोर्डमा महिलालाई अध्यक्ष नबनाउनु पनि महिला हिंसा भएको उनको दाबी छ। 'किन महिलाचाँहि विकास बोर्डको अध्यक्ष हुनसक्दैनन्? योग्यता र क्षमता भएका फिल्म क्षेत्रमै काम गर्ने महिलालाई नियुक्ति गरियोस् भन्ने कुरालाई प्राथमिकताका साथ अनुरोध गरेको हुँ। म अर्को वर्ष हुनसक्छु,'उनले भनिन्।

आफूहरु आन्दोलनमा उत्रिएको थापाले सुटुक्क प्रधानमन्त्रीलाई भेटेकोमा नेपाल चलचित्र कलाकार संघका नबल खड्काले आक्रोस व्यक्त गरे। 'हाम्रो माग फिल्म क्षेत्रका विज्ञ विकास बोर्डमा पुग्नुपर्‍यो भन्ने हो। रेखा फिल्मको विज्ञ होइनन्', नवलले भने।
खड्काले बिहीबारसम्म सरकारले प्रतिक्रिया नजनाए आन्दोलनको थप कार्यक्रम ल्याउने बताए।
आन्दोलनका अगुवा नीर शाहले फिल्मकर्मीको मागप्रति सरकारले ध्यान नदिएकोमा आपत्ति जनाए। 'फिल्म क्षेत्रलाई सरकारले ध्यान किन दिन चाहेको छैन? यति सरकारले राजनैतिक दलका कार्यकर्तालाई ल्याएको खण्डमा हामीलाई त्यो मान्य हुन्न्,' उनले भने।
केहीबेर नाराबाजीमा उत्रिएका फिल्मकर्मीहरुले बोर्डका कर्मचारीलाई बाहिर निकालेर ताला लगाएका थिए। 'सरकार आफैं कलाकार राष्ट्रका गहना हुन् भन्छ। यता हामीलाई स्वीकार्य नहुने नीति ल्याएर विस्थापित गराउने षड्यन्त्र गरिरहेको छ,' अभिनेत्री मौसमी मल्ल भन्छिन्।
फिल्मक्षेत्रकै अध्यक्ष चाहिने आन्दोलनमा उत्रिएकाले नीति नियम राम्ररी बुझेर आए रेखा पनि स्वीकार्य हुने अभिनेत्री बसुन्धरा भुसालले बताइन्। 'अध्यक्षमा फिल्मकर्मी, त्यसमा पनि महिला आउनु त अझै राम्रो कुरा हो,' भुसालले भनिन्।
निर्माता माधव वाग्लेले पनि भुसालको कुरामा सही थापे।
निर्देशक विमल पौडेले सरकारले आफूहरुको मागप्रति ध्यान दिनुपर्ने बताए।

नेपाली फिल्म ‘नेपथ्य’ले आफ्नोे फस्टलुक सार्वजनिक गरेको छ । सुटिङ सकिएर सम्पादनको अन्तिम चरणमा पुगेको फिल्म नेपथ्यको निर्माण पक्षले सार्वजनिक गरेको फस्ट लुकमा कलाकारहरुलाई अँध्यारोभित्र राखिएको छ । फिल्मलाई रोशन लामिछानेले सम्पादन गरिरहेका छन् ।डि्रम वर्क फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म अब केहि समयमा रिलिज गर्ने गरि तयारी भैरहेको निर्माण पक्षले जनाएको छ । रामराजा दाहालको निर्देशनमा बनेको फिल्मको फस्ट लुक पोस्टर आनन्द महर्जनले डिजाईन गरेका हुन् ।
सपना देख्नेहरुको कथालाई फिल्ममा प्रस्तुत गरिएको निर्देशक रामराजा दाहालले बताए । फिल्ममा आदित्य बुढाथोकी, विल्शनविक्रम राई, रेम बिक, मानव सुवेदी र सोना तिमिल्सिना प्रमुख भुमिकामा देखिएका छन् । त्यस्तै फिल्ममा नायिका शुष्मा कार्कीको आईटम नम्बर पनि समावेश गरिएको निर्माणपक्षले जनाएको छ । फिल्ममा रवी गिरी, रश्मी भट्ट, शिशिर खरेल लगाएतका कलाकारहरुको समेत अभिनय हेर्न सकिनेछ । त्यसैगरि सिनेमा भित्र विशेष भुमिकामा नायिका पि्रयंका कार्की, सुनिल थापा र सुवास कोईराला पनि देखिएका छन् ।
सुवास सिंह बस्न्यातको पटकथा/संवाद रहेका फिल्मलाई सिनेम्याटोग्राफर सुशन प्रजापतिले खिचेका हुन् । बाबु बलामीको द्वन्द्व रहेको फिल्ममा गम्भिर बिष्टको नृत्य निर्देशन, मानव सुवेदी को संगीत समावेश छ ।

चलचित्रकर्मीहरु ९ बुँदे माग राख्दै चलचित्र बिकास बोर्डमा ताला लगाउन पुगिरहेका बेला नायिका रेखा थापाले भने प्रधानमन्त्री डा. बाबुराम भट्टराइसँग भेट गरेकी छिन् । बुधबार बिहान भएको भेटमा रेखाले प्रधानमन्त्रीलाई चलचित्रकर्मीको आन्दोलन र महिला हिंसा बिरुद्धको आन्दोलनका बिषयमा जानकारी गराएकी थिइन् ।भेटपछि अनलाइनखबरसँग कुरा गर्दै नायिका थापाले आफुले प्रधानमन्त्रीलाई चलचित्र बिकास बोर्डमा गैह्र चलचित्रकर्मी आउनु हुँदैन भन्ने बिषयमा जानकारी गराएको बताइन् । थापाका अनुसार भेटमा प्रधानमन्त्रीले आफु यो बिषयमा गम्भीर भएको भन्दै सञ्चारमन्त्री राजकिशोर यादवले गैह्रचलचित्रकर्मी ल्याउन खोजेकाले सबै कुरा अड्किएको बताएका थिए ।
प्रधानमन्त्रीले महिलाहरुले अब चलचित्र क्षेत्रको नेतृत्व लिनुपर्छ भन्दै आफुले चालेको कदमको स्वागत गरेको रेखाको भनाइ छ । यस्तै नायिका रेखा थापाले अनलाइनखबरसँग कुरा गर्दै सञ्चारमन्त्री यादवले आफु महिला भएकै हिसाबले विकास बोर्डमा नपठाउने योजना रचेको बताइन् । ‘यो पनि एउटा महिला हिंसा नै हो ।’ रेखाले भनिन्, ‘यदि म महिला भएकै हिसाबले सञ्चारमन्त्रीले आफुलाई बोर्डको अध्यक्ष बनाउनुहुन्न भने त्यो एउटा महिला हिंसा हो ।’
उनले आफु १२ बर्षदेखि यो क्षेत्रमा लागेको भन्दै आफ्नो योगदानको कदर हुनुपर्ने बताईन् । १२ बर्षदेखि आफुले महिलाहरुको अध्यक्षता गरिरहेको भन्दै उनले चलचित्र बिकास बोर्डको नेतृत्व समेत गर्न सक्ने दाबी गरिन् ।
आफुले ४ महिनादेखि पहल गरेको भन्दै रेखाले घुमाउरो पारामा आफुलाई बिकास बोर्डको अध्यक्ष बनाउनुपर्ने दाबी दोहोर्‍याइन् ।

यौन र थ्रिलरलाई मुख्य कथावस्तु बनाएर सिनेमा बनाउन माहिर मानिएको बलिउडकै चर्चित भट्ट क्याम्पले मर्डर ३ को प्रचारप्रसार सुरु गरेको छ । यो चलचित्रमा रणदिप हुड्डा, अदिति राव र मोनालिजा को मुख्य भुमिका छ । यो सिनेमा मर्डर-१ र मर्डर-२ को सिक्वेल हो ।अघिल्ला २ चलचित्र उत्तेजक दृश्यका कारण चर्चामा थिए । मर्डर-३ मा पनि यस्ता खालका दृश्यहरु प्रशस्त समावेश गरिएको छ । चलचित्रमा नायक रणदिप हुड्डाले २ नायिकासँग खुलेरै रोमान्स गरेका छन् । यो चलचित्र प्रेम दिवसको अवसर पारेर फेव्रुअरी १५ मा प्रदर्शनमा आउदैछ ।


बानी नसुध्रिएसम्म नजरबन्दमा राखिने


अरुमाथि अपशव्द बोल्ने, अश्लील शव्द बोल्ने वा गाली बेइज्जती गरेको आरोपमा कोही मानिस पक्राउ परेको कुरा सुनिएकै हो । तर के यस्तै आरोपमा चरा पक्राउ परेको कुरा कहिल्यै सुन्नुभएको छ ? सायद यो असम्भव जस्तो विषय सुन्ने कुरै भएन । न त चरा अपशव्द बोल्छ, न त यस्तो आरोञपमा चरालाई अभियुक्त झैँ पक्राउ नै गरिन्छ भन्ने स्भाविक मान्यता होला तपाइँको । तर तपाइँको यो मान्यतालाई गलत सावित गर्ने एक अनौठो घटना चीनमा घटेको छ ।
चीनको एक चिडियाखानाका अधिकारीहरुले चिडियाखाना आउने पर्यटकलाई अश्लील शव्द बोलेर हैरान पारेको आरोपमा एक डांग्रे अर्थात् सारौँ चरालाई पक्रिएका छन् । अपशव्द बोलेको आरोपमा पक्राउ गरिएको चरालाई एकल हिरासतमा राखिएको बताइएको छ ।
मध्य चीनको उहान स्थित जिउफेंग चिडियाघरमा यस्तो घटना भएको हो । उक्त डंग्रे चरालाई चिडियाखानाले लालन पालन गरी बोल्ने तालिम दिएर पाहुनाको स्वागत गर्ने जिम्मा दिएको थियो । सुगालाई जस्तो बोल्न सिकाइएको उक्त मैना चरालाई चिडियाखानामा आउने पाहुनासँग मीठा सम्वाद गरी स्वागत गर्न अह्राइएपनि त्यो चराले एकाएक पाहुनाहरुलाई फोहोर तथा अश्लील शव्द बोलेर गाली गर्न थालेपछि चिडियाखानाका अधिकारीहरु नै अचम्ममा परेका थिए ।
आफुहरुले उक्त चरालाई सभ्य भाषा सिकाएको भएपनि चिडियाखाना घुम्न आएका कतिपय उरन्ठेउला युवाहरुले बोलेको अश्लील शव्दको सिको चराले गरेको र सोही अश्लील शव्द बारम्बार बोल्ने गरेको अधिकारीहरुको दाबी छ ।
अश्लील शव्द बोल्ने क्रम बढेपछि उक्त चरालाई समातेर एक्लै पिञ्जडामा राखिएको छ, ता की यस्तो शव्द बोल्ने उसको बानी छुटोस् र उसको त्यस्तो बोली भाषा अरु चराले पनि नसिकून् ।
यो प्रजातिको चराको निकै तिक्ष्ण स्मरण शक्ति हुने र मान्छेको बोलीको सहजै नक्कल गर्न सक्ने भएकाले केही आगन्तुकले बोलेको अश्लील शव्दलाई टपक्क टिपेर बोलेको हुनसक्ने अनुमान अधिकारीहरुको छ । एक अधिकारीका अनुसार चिडियाघरमा आउने केही युवाहरुले उक्त चरालाई नजिकै गएर अश्लील शव्द सुनाएर बोल्न लगाउने गरेका थिए ।
अहिले त्यस चरालाई सभ्य भाषा बोल्न सिकाउन चिडियाखानका कर्मचारी जुटिरहेका छन् । खराब बोल्ने बानी नछुटेसम्म उक्त चरा थुनामुक्त हुनेछैन । चिडियाखाना व्यवस्थापनले त्यहाँभित्र रहेका तालिमप्राप्त पंक्षीहरुलाई अपशव्द नसिकाउन आग्रह गर्दै चिडियाघर भित्र ठाउँठाउँमा सूचना समेत टाँसेको छ ।
नायिकाका रूपमा पूजनाको सार्वजनिक जीवन सुरु भएको १० वर्ष वित्यो। यसबीच उनी विभिन्न स्क्यान्डलमा मुछिइन्। उत्तेजक र कामुक दृश्य दिन अलिकति पनि नहच्कने पूजना कहिले नाम फेर्ने, कहिले विकनी लगाउने, कहिले नेटकर्किङ व्यवसायसँग जोडिने र कहिले साधिकाका रूपमा ध्यान गरिरहेकी भेटिने भएकाले पनि सञ्चारमाध्यममा छाइरहेकी छिन्। पछिल्लो समय चलचित्र रक्षामा उनले दिएको अन्तरंग दृश्य धेरैका लागि जिब्रो टोक्ने कारण बन्यो। कुन्ती मोक्तानको 'म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर' गीत रुचाउने पूजना सञ्चारमाध्यममा आइरहेका कुनै पनि गसिपबाट प्रभावित देखिइनन्। चम्किला आँखा नचाउँदै पूजनाले यसपटक साप्ताहिकसँग आफ्नो सेक्स इमेजका बारेमा त कुरा गरिन् नै, आफ्ना जीवनका अति गोप्य कुरा पनि खोलिदिइन्। हिजो हामीले पूजा प्रधान भनेर लेख्नुपथ्र्यो, त्यसैमा बानी भइयो, आज पूजना भन्नुपर्दा गाह्रो हुन्छ, यसरी अप्ठ्यारो पार्न पाइन्छ ?लौ सुरुमै रिसाउनु पो भयो। नथर्काउनु न, प्लिज। जमिसकेको नाम फेर्नुपर्ने केही बाध्यता पो पर्‍यो कि भनेर सोचिदिनु न, कुरा सकिइहाल्यो नि। जन्मदेखिको नाम, त्यो पनि बजारमा चलिसकेको अवस्थामा किन फेर्नुपर्‍यो त ? हिरो चलचित्रबाट रेखा थापा र म सँगै यो फिल्मीनगरीमा छिरेका थियौं।
रेखाजी एकपछि अर्को गर्दै माथि उक्लन थाल्नुभो, म जहाँको त्यहीँ। नामकै कारण म पछाडि परेँ भन्ने लाग्यो त्यसैले। जीवनमा सफलता-असफलताको कारण नाम हुन सक्छ र ? हुँदो रहेछ। हिन्दी चलचित्रमा पूजा भट्ट, पूजा वेदी, नेपाली चलचित्रमा पूजा चन्द, पूजा लामा कोही चलेनन्। मसँग अभिनय र नृत्य कौशल छ। म सौन्दर्यको हिसाबले पनि कम छैन्ा। यति हुँदाहुँदै पनि मैले त्यति चलचित्र पाइनँ, पाएका जति पनि चलेनन्। यो सबै नामकै कारण भएको हो भन्ने लाग्यो र परिवर्तन गरें। पूजना नाम राखेपछि पनि खासै जमेजस्तो त लाग्दैन ? जुन बेला पूजना नामबाट फोटोसेसन गरें, त्यो बम पड्केजस्तो धमाकेदार भयो। बिकिनी लगाएर खिचेको तस्बिर साइवर संसार र साप्ताहिकमा वर्षकै हिट तस्बिरका रूपमा छानिए। त्यो बेला कुनै दिन यस्तो भएन, जुन दिन मेरो तस्बिर पत्रपत्रिकामा नछापिएका हुन्। पूजना नामले त बबाल गर्‍यो । त्यो पूजना नाम राखेर होइन, विकनी लगाएकाले हिट भएको होइन र ? आखिर जे भए पनि हिट त भयो नि। त्यो बेला बिकनी लगाएर त्यसरी सेसन गर्ने म पहिलो नायिका थिएँ। नाम परिवर्तन गरेपछि केही धमाका गर्नुपर्‍यो भन्ने लाग्यो भने भाग्यले पनि साथ दियो। कपडा खोलेर चर्चा पाउनु पनि भाग्य हो र भन्या ? किन होइन ? मैले फोटोसेसन गरेपछि कतिले बिकनी लगाए, मेरो जति चर्चा कहाँ भयो र ? देखाउने मिल्ने बडी स्टक्चर पनि हुनुपर्छ। मसँग थियो र देखाएँ, अनि पो हिट भयो। के छ त्यस्तो तपाईंमा ? मेरो फेस नेपालीजस्तो छैन, ग्लोबल लुक्स छ। यस्तो लुक्स भएका युवतीलाई जस्तो पनि रूप दिन सकिन्छ। त्यसमाथि बडीको सेप पनि आकर्षक छ। मैले नै यस्तो फोटोसेसन गर्छु भनेर साइबर संसारसँग प्रस्ताव राखेको हुँ। सुरुमा उहाँहरू नै आत्तिनुभएको थियो। त्यसपछि पनि खासै जम्नुभएन, किन होला ? त्यसपछि लगातार चलचित्र पाइरहेकी छु नि। द निर्मला, श्रीमान्, पापी मान्छे-२ ले कति राम्रो चर्चा पायो। पैसा पनि कमाए। र्‍याम्प मोडलिङमा पनि उत्तिकै व्यस्त भएँ। अहिलेको अवस्थामा म सन्तुष्ट छु। अहिले चलचित्र रक्षामा दिएको अन्तरंग दृश्य धेरैले पचाउन सकिरहेका छैनन्, के भन्नुहुन्छ ? त्यो त केही होइन। म त राम्रो निर्देशकले आँटे भने नग्न दृश्य पनि दिन तयार छु। यसको अर्थ कथामा त्यो जबरजस्ती आएजस्तो नहोस्। टाइटनिकमा जस्तै सन्दर्भ मिल्ने हो भने म तयार छु। तपाईं आजभोलि ध्यान गर्न थाल्नुभएको छ, भगवानको भजन गाउनुहुन्छ र सादा जीवनमा विश्वास गर्नुहुन्छ। गफ भने यस्ता गर्नुहुन्छ, कुरा मिल्यो त ? अध्यात्मिक मेरो व्यक्तिगत जीवन हो भने कलाकारिता सार्वजनिक। कलाकारिता दर्शकको चाहनाबमोजिम चल्छ, किनभने दर्शकले त्यसका लागि मूल्य तिरेका हुन्छन्। ध्यान, भजन र योग म आफ्ना लागि गर्छु। पूजना प्रधानबाट पूजना स्त्री हुनुको कारणचाहिँ के हो ? संसारमा दुईवटा मात्र जात छ, एउटा पुरुष, एउटा स्त्री। संसार धेरै वर्गमा विभाजन हुनु हुँदैन भनेर स्त्री राखेको हो।

सन् २०१३ बलिउड नायिका दीपिका पादुकोणका लागि सर्वाधिक फलदायी हुने देखिएको छ । यसैले पनि यो बर्ष नायिका पादुकोण बलिउडमा अग्रस्थानमा आउने संभावना देखिन्छ । यो बर्ष बलिउडमा प्रदर्शनमा आउन लागेका विग बजेटका सिनेमाहरुमा नायिका पादुकोण देखिदैछिन् । यो बर्ष दीपिकाले अभिनय गरेका ५ सिनेमाहरु एकसाथ प्रदर्शनमा आउदैछन् । तामिल फिल्मका चर्चित नायक रजनिकान्तको साथमा दीपिकाले अभिनय गरेको चलचित्र ‘कोचादियन’ यो बर्ष प्रदर्शनमा आउदैछ । यसैले पनि दीपिकाका लागि यो बर्ष सर्वाधिक भाग्यमानी हुनसक्ने देखिएको छ ।यस्तै यसै बर्ष पादुकोणले अभिनय गरेको चलचित्र ‘चेन्नाई एक्सप्रेस’ पनि प्रदर्शनमा आउदैछ । बलिउड वादशाह साहरुख खानसँग जोडीको रुपमा दीपिकाले अभिनय गरेको यो चलचित्र सन् २०१३ कै सर्वाधिक प्रतिक्षित सिनेमा हो । यो सिनेमा दीपिका र साहरुखकै लागि विशेष हुने बताइएको छ । साहरुख खान बलिउडका यस्ता एक नायक हुन्, जसले अभिनय गरेको चलचित्रले चर्चा र कमाई दुबैमा आफुलाई सधै नै अग्रस्थानमा राख्ने गरेको छ । यस्तै दीपिकाले पुर्व प्रेमी रणविर कपुरसँग अभिनय गरेको चलचित्र ‘ए जवानी हे दिवानी’ पनि सन् २०१३ मै प्रदर्शन हुने क्रममा छ । यो बर्षकै सुरुवातमा दीपिका अभिनित ‘रेश २’ प्रदर्शन हुदैछ । यो सिनेमाले १०० करोडको क्लबमा आफुलाई उभ्याउने धेरैको अड्कल छ । यो बाहेक दीपिका यसै बर्ष संजय लिला भन्सालीको ‘रामलिला’ मा पनि देखिदैछिन् ।
यसैले पनि सन् २०१३ नायिका दीपिका पादुकोणको कब्जामा रहने पक्का जस्तै छ ।

जी नेटवर्कले हरेक बर्ष झै यो बर्ष पनि ‘जी सिने अवार्ड’ आयोजना गरेको छ । अवार्ड कार्यक्रममा सिंगो बलिउड नै सहभागी भएको थियो । कार्यक्रममा साहरुख खान, रणविर कपुर, अभिषेक बच्चन, विद्या बालान, पि्रयंका चोपडा, दिपिका पादुकोण लगायतका चर्चित कलाकारहरु पुगेका थिए ।
जी सिने अवार्ड नायक साहरुख खानका लागि विशेष रहन पुग्यो । साहरुखले बलिउडका चर्चित निर्देशक स्वर्गीय यश चोपडाको संझनामा विशेष प्रस्तुती राखेका थिए । उक्त प्रस्तुतीमा उनलाई नायिकाहरु करिश्मा कपुर, कटि्रना कैफ, अनुष्का शर्माले साथ दिएका थिए ।
साहरुखले यो अवार्डमा आफुले यश चोपडालाई श्रद्धाञ्जली दिदै विशेष प्रस्तुती राख्ने पहिले नै बताएका थिए । अवार्डमा साहरुखले वेष्ट इन्टरनेशनल आइकनको अवार्ड हात पारे । यस्तै रणविर कपुरले उत्कृष्ट नायक, पि्रयंका चोपडाले उत्कृष्ट नायिकाको अवार्ड जितेका छन् ।


केही महिनाअघि प्रदर्शनमा आएको चलचित्र ‘बिन्दास’ को विशेष प्रदर्शन कतारमा हुने भएको छ । जनवरी १८ मा चलचित्रको विशेष प्रदर्शन दोहा गल्फ सिनेमा हलमा हुने भएको छ । नेपालमा राम्रो व्यापार गरेको यो सिनेमाको माग कतारमा पनि बढेपछि प्रदर्शन गर्न लागिएको निर्माणपक्षले बताएको छ ।सुष्मा कार्की, अशोक फुयाँल, सुशान्त कार्की, रेखा घिमिरे लगायतका कलाकारको अभिनय रहेको यो सिनेमा सेक्स केन्दि्रत छ । चलचित्रमा नायिका सुष्मा कार्कीले थुप्रै उत्तेजक दृश्य समेत दिएकी छिन् । राजु गिरीको निर्देशनमा तयार भएको यो सिनेमालाई मधुकुमार श्रेष्ठ र राजु केसीले निर्माण गरेका हुन् । दोहाको प्रदर्शनको व्यवस्था महेन्द्र खड्गा र दिप गुरुङले गरेका हुन् । चलचित्रको विशेष प्रदर्शनका लागि नायिका रेखा घिमिरे कतार जाने निर्माणपक्षको भनाई छ ।
नायिका सुष्मा कार्कीले प्रदर्शन केही दिन पछि आयोजना गर्न भनेपछि रेखालाई कतार पठाउन लागिएको हो । निर्देशक राजु गिरीले नै निर्देशन गरेको चलचित्र ‘रक्षा’ ले बजारमा चर्चा पाइरहेको छ । यो चलचित्र चैत्र ९ गतेबाट प्रदर्शनमा आउदैछ ।
८७ वषर्ीया नाइजेरियाली वृद्धा बेल्लो मसाबाले अहिलेसम्म एक सय सात विवाह गरेका छन् । तीमध्ये ८६ श्रीमती उनीसँगै छन् । सबै श्रीमतीबाट गरेर जन्मेका एक सय ८५ सन्तानमध्ये एक सय ३३ जीवित छन् । अहिले पनि उनको बिहेमोह मरेको छैन । कसैले बिहेको प्रस्ताव ल्याए मसाबा इन्कार गर्दैनन् । उनकी कान्छी पत्नीको उमेर १९ वर्ष छ । यो उनको उमेरभन्दा ६४ वर्षले कम हो ।




४०औँ नम्बरकी पत्नी ऐसुतुले भनिन्, 'हामीबीच अहिलेसम्म कहिले खटपट र किचलो भएको थाहा छैन ।' उनका कान्छो बच्चा भर्खर एक महिनाको भयो । सबै एउटै परिवारमा मिलेर बसेका छन् । मसाबा बालबालिकाबारे बोल्न त्यति रुचाउँदैनन् । चारतले घरको ८९ कोठामा बस्दै आएका उनलाई न ठूलो परिवार भएकोमा चिन्ता छ, न सबैको पालनपोषण गर्न नै दिक्क छ । उनले झारफुक गरेर परिवार पालेका छन् ।

भन्छन्, 'झारफुकको कमाइ राम्रै छ ।' कुरानले चारवटीसम्म श्रीमती राख्न छुट दिएको छ । उनले यो मान्यता तोडेकाले नाइजेरिया सरकार र समाजले उनलाई राम्रो दृष्टिले हेर्दैन । तीन वर्षअघि मसाबालाई प्रहरीले गिरफ्तार गरेको थियो । तर, उनका सबै श्रीमती सरकारका विरुद्धमा प्रदर्शनमा उत्रिए । अदालतसमक्ष सबै श्रीमतीहरूले आफूहरू राजीखुसी भएको बताएका छन् ।

एकता अनलाईन सेवाको एकता हेल्पलाईनले नयाँ वर्ष २०१३ को अवसरमा चर्चित गायक सत्यराज- स्वरुपराज आचार्य तथा चर्चित हास्यकलाकार केदार घिमिरे -माग्ने बुढा)को साथमा अष्ट्रेलियामा विविध साँस्कृतिक एवं हास्य व्यङ्ग्य कार्यक्रम हर्षभिल स्थित माराना अडिटेरियममा सम्पन्न गरेको छ ।२०१३ को जनवरी ५ तारिख शनिवार सिड्नीबाट शुरु भएको सत्य स्वरुप साँझ तथा माग्ने बुढाको व्यङ्ग्य प्रस्तुती अष्ट्रेलियाका अर्को प्रमुख शहर मेलवर्नको ब्रउन्सवीकमा रहेको साइप्रस कम्युनिटी हलमा सम्पन्न भएको एकता हेल्पलाईनले जनाएको छ ।
हेल्पलाईनको नीला बचाउ अभियान अन्तर्गत भएको उक्त कार्यक्रमबाट हुने आम्दानी एडिलेडमा बस्नुहुने स्तन क्यान्सर पीडित नीला शर्मा चौधरीको उपचार खर्चमा सहयोग गरिने छ । अष्ट्रेलियाका नेपालीहरुलाई नयाँ वर्षमा भरपुर मनोरञ्जन गराई नीलाको स्वास्थ्य उपचारमा सहयोग रकम जुटाउने उदेश्यले आयोजना गरिएको कार्यक्रममा नेपाली दूतावसका उप नियोग प्रमुख लोकबहादुर थापा, एनआरएनका संस्थापक तथा संरक्षक डा. उपेन्द्र महतो लगायत संरक्षक इन्द्रा वन, ओसिनिया संयोजक मन के सी, एनआरएन अष्ट्रेलियका अध्यक्ष गणेश केसी लगाएत समुदायका अगुवाहरु ब्यवासायी गरेर ठूलो संख्यामा नेपालीको उपस्थिति रहेको थियो ।कार्यक्रमकलाई सम्बोधन गर्दै नेपाली दूतावसका उप नियोग प्रमुख थापाले कल्याणकारी काममा युवा पुस्ताको सक्रियताको प्रसंसा गर्दै नेपाली दुतावासले यस्ता कामलाई सधै समर्थन गर्ने बताउनुभयो । यस्तै एन आर एनका संस्थापक डा. महतोले ब्यवसाय र कल्याणकारी काम सँगसँगै शुरु गर्न सुझाव दिनुभयो । कार्यक्रममा समाजसेवी इन्द्र वन, तथा समुदायका सक्रिय युवाहरु धर्मराज अधिकारी र दिपाश्री शाहलाई सम्मान गरिएको थियो ।सुमधुर स्वरका धनी सत्य तथा स्वरुपराज आचार्यको प्रस्तुतीलाई नेपालीहरुले रुचाएका थिए । साथै कार्यक्रममा हँास्यकलाकार केदार घिमिरे -माग्ने बुढा) ले नेपालको राजनीति तथा सामाजिक बिकृतिहरुको ब्यङ्ग्य गरेका थिए । युनाइटेड नेप्लिज आर्ट एण्ड इन्टरटेनमेन्टका कलाकारको नृत्यका साथै स्थानिय कलाकारहरु ईश्वर पोखरेल, राजेश केसी, प्रदिप चापागाइर्ं, राजकुमार गोश्वामी, दिल तामाङ लगायतले आ-आफ्नो गीत गाएका थिए ।

केही बर्ष अघि सिंहदरबार गेट अगाडि एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग नाचेकी नायिका रेखा थापाको कमाण्डर बन्ने रहर एक सिनेमाले पुरा गरिदिएको छ । शिवजी लामिछानेको निर्देशनमा तयार भएको चलचित्र ‘जलजला’ मा रेखा थापा, आयुष रिजाल लगायतका कलाकारहरुलाई मुख्य भुमिकामा देख्न सकिन्छ ।नेपालमा भएको १० बर्षे जनयुद्धको बिषयमा तयार पारिएको यो चलचित्र पौष २७ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउदैछ । चलचित्रमा समावेश गीतमा शब्द तथा संगीत चेतन सापकोटाको छ । कासी राम भुषालको निर्माणमा तयार भएको सिनेमाभित्र राजेन्द्र खड्गीको द्धन्द, विष्णु कल्पितको छायांकन, मौनता श्रेष्ठको पटकथा तथा संवाद, कविराज गहतराजको नृत्य निर्देशन छ ।
माओवादी जनयुद्धको बिषयलाई फरक ढंगले प्रस्तुत गरेकाले पनि दर्शकले यो सिनेमा रुचाउने निर्माणपक्षको विश्वास छ ।


चलचित्र ‘एटीएम’ मा उत्तेजक दृश्य दिएका कारण चर्चामा आएकी नायिका जीया केसीले आफ्नो यो छविलाई निरन्तरा दिने सोच अझै त्यागेकी छैनन् । उनले ‘एटीएम’ पछि अर्को एक चलचित्रमा पनि यस्तै दृश्य दिएर बजार तताउने तयारी गरेकी छिन् ।
जीके शर्माको निर्माणमा रिम विश्वकर्माले निर्देशन गरेको चलचित्र ‘बर्बाद’ मा नायिका केसीको उत्तेजक दृश्य देख्न सकिन्छ । चलचित्रमा नायिका केसी व्यापारीको श्रीमतीको भुमिकामा देखिएकी छिन् । चलचित्रको कार्यकारी निर्माता निरञ्जन संजेल, निर्माण नियन्त्रक गणेश भण्डारी रहेका छन् । व्यस्त समयका कारण समय दिन नसकेका व्यापारीका श्रीमतीले परपुरुषसँग आफ्नो यौन तृष्णा मेटाउने कथालाई सिनेमाले आफ्नो मुख्य बिषयबस्तु बनाएको छ । जीके शर्माको समेत मुख्य भुमिका रहेको यो चलचित्र प्रदर्शनको क्रममा छ । चलचित्रमा नायिका केसीले थुप्रै उत्तेजक दृश्य समेत दिएकी छिन् ।
यसैबिच चलचित्रमा समावेश शिर्ष गीतलाई अनलाइनखबर मार्फत सार्वजनिक गरिएको छ । बर्बाद बोलको आइटम गीतमा जीयाले निक्कै हट नृत्य गरेकी छिन् । दिपक शर्माको संगीतमा तयार भएको यो गीतले सिनेमाको प्रमोशनमा समेत फाइदा पुग्ने निर्माता शर्माको विश्वास छ ।
Older Posts Home

  • Recent Posts
  • Feature Posts
  • Comments

Royo Gambesi (रोयो गामबेसी)


Category

समाचार (688) भिडियो (554) मनोरञ्जन भिडियो (386) समाचारभिडियो (355) अन्तराष्ट्रिय (247) videonews (240) मनोरञ्जन (212) मनोरंजन भिडियो (164) English (152) feature (109) राशी फल (84) राजनीति (76) खेलकुद (64) kbk (45) ukaliorali (45) प्रवास (45) powernews (42) बिचार (39) LokGeet (26) मनोरञ्जन भिडियो भिडियो (26) धर्म . (24) lokdohari (23) primestory (23) nepalimovie (18) ज्ञान (16) स्वास्थ्य (16) khojkhabar (15) jirekhursani (13) lokgeet भिडियो (13) मनोरंजन (13) hakk (12) jhayaikutijhyai (12) titosatya (12) harkhaldar (11) merribassi (11) rajatpat (11) pop song (10) sajhasawal (10) जिवन चक्र (8) gharbetiba (7) popsong (7) उकाली वराली (5) Indians Got Talent (2) सुन र तामा (2) hindimovie (1) indtvshow (1)

Archive

  • 2013 (407)
  • 2012 (2480)

Total Pageviews

Nepali News © 2012. All rights reserved. Designed by scotNepal