गोपाल दाहाल
सधै अरुलाई मेकअप गरिदिएर चिटिक्क बनाउन व्यस्त हुने धरानका व्युटिसियनहरु शनिबार भने आफैं झिलिक्क सजिएर विजयपुर चढे ।
दिनभर रमाईला खेल खेलेका उनिहरु नेपाली, हिन्दि र अंग्रेजी गीतको तालमा कम्मर मर्काइ मर्काइ नाच्न थाले । उनिहरुलाई नचाउन चो»वा» रिसोर्ट पुगेका थिए, धरानका डिजे ललित ।
उनले हाईभोल्टेजमा डान्सि» नम्बर बजाउँदा व्युटिसियनहरु असिनपसिन हुनेगरी नाचे । लगातार नाचेर चिसो मौसमलाई तताए व्युटिसियनहरु । उनिहरुलाई यो अवसर जुराईदिएको थियो, धरानको चर्चित व्युटिपार्लर निसु»्मा हेयर एण्ड व्युटि पार्लरले । पार्लरमा तालिम लिएकाहरुलाई जमघट गराउने उद्देश्यले रिसोर्टमा यस्तो भेटघाट कार्यक्रम आयोजना गरि रमाईलो गरेको निसु»माकी सञ्चालिका विष्णु लिम्बुले बताइन् ।
अष्ट्रेलियाको नर्दन क्वीन्सल्याण्डबाट पपुवा न्यूगिनी जाँदै गरेका बिमानका यात्रुहरु त्यसबेला आश्चर्यमा परे, जव उनीहरुले आफूसँगै एउटा ठूलो सर्पले पनि विमान चढेको थाहा पाए । धन्न सर्प सिटमा नभएर बिमानको पखेटामा थियो ।
विमान कम्पनी क्वान्टासका अनुसार करिव ३ मिटर लामो एकेथिस्टीन प्रजातिको सर्पले उत्तरी क्वीन्सल्याण्डबाट पपुवा न्यू गिनीको राजधानी पोर्ट मोर्सबीसम्म करीब १ घण्टा यात्रा गर्यो।
३० हजार फिटेको उचाईमा सर्प आफुलाई निरन्तर बचाउन प्रयासरत थियो । माइनस १२ डिग्रीको चिसो र ३ सय एमपीएचको गतीमा रहेको हावाबाट आफुलाई बचाउन सर्प बारम्बार पखेटाभित्र लुक्ने कोसिस गर्दै थियो ।
बिमान पपुवा न्यूगिनी बिमास्थलमा ओर्लिएपछि त्यसलाई नियन्त्रणमा लिइएको र त्यतिबेलासम्म उ जिवितै रहेको अष्ट्रेलियाली संचारमाध्यमहरुले जनाएका छन् ।
बिमान कम्पनीसँग सम्बद्ध एक इन्जिनियरले बिमान पार्क गरिरहेको अबस्थामा सर्प तातो खोज्दै बिमानको पखेटाभित्र पसेको हुनसक्ने अनुमान गरेका छन् ।
झापा,पुष २७ । आफ्नै छोरीलाई बलात्कार गर्न खोजेको आरोपमा पक्राउ परेका सुरुङ्गाका एक व्यक्ति अदालतको आदेशपछि कारागार चलान भएका छन् । एक महिनाअघि छोरीलाई बलात्कारको प्रयास गर्ने सुरूङ्गा १ का ४० वर्षीय आरोपितलाई शुक्रबार अदालतले थुनामा राखी कारवाही प्रकृया अगाडि बढाउन आदेश दिएपछि उनी कारागार चलान भएका हुन् । आरोपितले गत मंसीर २८ गते राति पत्नीलाई कुटपिट गरी १४ वर्षीया छोरीलाई बलात्कारको कोशीस गरेका थिए । बलात्कार गर्न खोज्ने बाबुविरूद्ध पिडीत छोरीले मंसीर ३० गते जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दिएपछि सोही दिन प्रहरीले उनलाई गिरफ्तार गरी कानुनी कारबाही प्रकृया अगाडि बढाएको थियो ।
२७ पुस, काठमाण्डौं । एक्काइसौं शताब्दीमा पनि कुकुरसँग विहे गराउने परम्परा छ भन्दा विश्वास गर्न गाह्रो होला । तर, कुकुरसँग नाबालिगको बिहे गराउने यो अनौठो परम्परा भारतको झारखण्ड राज्यमा अझै छ ।
झारखण्डमा १० बर्षभन्दा कम उमेरका बालिकाको कुकुरसँग बिहे गराउने कारणलाई ग्रहशान्ति बताइदै आएको छ । यसको ठोस धार्मिक, सामाजिक वा वैज्ञानिक आधिकारिक प्रमाण कसैले दिन सकेका छैनन् ।onlinekhabar
रामचन्द्र नेपाल
क्वालालम्पुर । रोजगारीको शिलशिलामा चार महिना अघिमात्रै मलेसिया पुगेका एक नेपालीको दुर्घटनामा परि ज्यान गएको छ । सल्यान छायाँक्षेत्र – ९, रानागाउँ घर भई काजाङमा रहेको इन्सुफलेस कर्पोरेक्सन एसडिएन विएडी कम्पनीमा कार्यरत यादव राज गिरीको सडक दुर्घटनामा परि ज्यान गएको भुपेन्द्र वोहराले जानकारी दिए । घरमा पैसा पठाउँछु भन्दै गएको पाचँ तारिखका दिन यादव विहान दश वजे काजाङ वजार गएका थिए ।
त्यसपछि सम्पर्क नभएका यादवको वारेमा स्थानिय प्रहरीले संगै वस्ने साथी टेकम चन्दलाई राती साढे १ वजे मात्र दुर्घटना भएको जानकारी गराएको थियो । यादवलाई होस्टलभन्दा करीव एक किलोमिटर टाढा वाटो क्रम गर्ने क्रममा बेलुका पौने ७ बजेतिर गाडिले ठक्कर दिएको थियो । ठक्कर दिने सवारी साधन के थियो भन्ने वारेमा भने खुल्न सकेको छैन । यादवको शवलाई पोष्टमार्टमको लागि काजाङ अस्पतालमा राखिएको छ । यादवको श्रीमती र दुई छोरा रहेका छन् ।
सुनको बन्दुक, चाँदीका गोली । सुन्दा पनि कस्तो अचम्म ? मान्छे मार्ने साधन पनि कति महंगो होला ? के यस्तो पनि होला र ? साँच्ची हुँदोरहेछ ।
होन्डुरसका प्रहरीले हालै सुनको एके ४७ बन्दुक र चाँदीका गोली बरामद गरेपछि यो कुराको खुलासा भएको हो ।
होन्डुरस प्रहरीले लागु औषध कारोबारीले प्रयोग गर्ने गरेका अनुमान गरिएको उक्त सुन लेपन गरिएको बन्दुक र दुइ वटा चाँदीका गोली हालै बरामद गरेको छ । उक्त बन्दुको मूल्य झण्डै ५० हजार अमेरिकी डलर पर्ने विश्वास गरिएको छ ।
निकै कलात्मक उक्त बन्दुक एक लागु औषध कारोबारी जत्थाको आधार इलाकामा प्रहरीले संचालन गरेको सर्च अभियानका बेला फेला परेको हो । त्यस क्रममा अरु हतियार तथा विभिन्न पासपोर्ट समेत बरामद भए । बन्दुक निकै उत्कृष्ट डिजाइज तथा कालिगढी कलाको नमूना भएको प्रहरी प्रमुखको भनाइ छ ।

काठमाडौं,पुष २७ । बाइसे चौविसे राज्यहरुलाई एकीकृत गरी सिङ्गो नेपाल बनाउनुभएका गोर्खाका राजा पृथ्वीनारायण शाहको सम्झनामा शुक्रबार काठमाडौं सहित देशभर बिभिन्न कार्यक्रम हुँदैछन् । १८२५ मा राजधानि काठमाडौं नियन्त्रणमा लिगेर १८२६ मंसिर १ गते शाहले एकीकृत देशको घोषणा गर्दै नेपाल नामाकरण गर्नुभएको थियो । लोकतन्त्र स्थापना हुनुभन्दा पहिले आजको दिनलाई पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको रुपमा मनाउने गरिएपनि त्यसपछि भने यो क्रम हटाईएको छ । देशलाई यो अवस्थामा ल्याउन पृथ्वीनारायण शाहको भूमिका महत्वपूर्ण भएकाले पुस २७ लाई एकता दिवसको रुपमा कायम गर्नुपर्ने माग बढिरहेको छ । एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले लगायत प्रमुख दलका कतिपय नेताहरुले समेत एकता दिवसको पक्षमा आवाज उठाएपनि यो कार्यान्वयन भएको छैन । यसैविच,एकता दिवसकोदिन सरकारले सार्वजनिक विदा नदिएको विरोधमा शाहि नेपाली राष्ट्रबादि शक्तिले आज उपत्यका बन्दको आव्हान गरेको छ । बन्दका कारण उपत्यकामा आंसिक प्रभाव परेको छ । बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले काठमाडौं,ललितपुर,भक्तपुर गरी सात वटा सार्वजनिक सवारी साधनमा तोडफोड गरेका छन् । बन्द गराउँदै हिँडेका सात जनालाई भक्तपुर र काठमाडौंको गोंगबुबाट प्रहरीले नियन्त्रणमा लिगेको बन्द आयोजक शाहि नेपाली राष्ट्रबादि शक्तिका उपाध्यक्ष रमेश कुमार घिमिरेले जानकारी दिनुभयो ।
कमल परियार, काठमाडौँ, पुस २७ - पत्रकार डेकेन्द्र थापालाई यातना दिई बर्बरतापूर्वक हत्या गरेको घटनाका अभियुक्तमध्ये एक नेपाली सेनाको त्रिशुली ब्यारेकमा सेनाको प्रशिक्षणमा रहेको खुलेको छ। दैलेख छिउदिपुसाकोट गाविसका पूर्व माओवादी लडाकु बमबहादुर खड्का 'अरुण' नेपाली सेनामा समायोजन हुन अहिले प्रशिक्षणमा रहेको विभिन्न स्रोतहरुले पुष्टि गरेका छन्।
उनी सुर्खेतको दशरथपुरबाट समायोजन प्रक्रियामा संलग्न भएको बताइएको छ। प्रहरी स्रोतका अनुसार खड्काले आफ्नो वास्तविक नाम परिवर्तन गरेर समायोजन प्रक्रियामा सहभागी भएको हुनसक्छ।
नेपाली सेनाका प्रवक्ता सुरेश शर्माले अभियुक्त खड्का सैनिक मुख्यालयमा रहेको नामसूचिमा नरहेको बताउँछन्। समायोजन प्रक्रियाका क्रममा उनले नाम परिवर्तन गरे नगरेकोबारे पुष्टि हुन बाँकी रहेको उनको कथन थियो।
सेना समायोजन विशेष समितिका सचिवालयका संयोजक बालानन्द शर्माले हत्याको अभियोग लागेका कोही व्यक्ति प्रशिक्षणमा रहेको भए निकालेर थप छानबिन गर्न आवश्यक रहेको बताए। तर त्यसका लागि सम्बन्धित पक्षहरुले यसको पुष्टि गर्नुपर्ने बताए।
प्रहरी महानिरीक्षक कुबेर सिंह रानाले औपचारिक रुपमा यसको पुष्टि भएपछि अभियुक्तलाई पक्रन कुनै कसर बाँकी नछाड्ने बताए। प्रहरीले यसै साता पत्रकार थापाको अपहरण र हत्यामा संलग्न भएको अभियोग लागेका आठ मध्ये पाँच जनालाई पक्रेको थियो। घटनामा संलग्न भएको आरोप लागेका छिउडीपुसाकोट गाविसका बमबहादुर खड्का, कट्टी गाविसका बमबहादुर खड्का र द्वारी गाविसका केशव खड्का भने फरार छन्।
स्रोतका अनुसार कट्टी गाविसका बमबहादुर खड्का आफ्नी आमाको उपचारका लागि काठमाडौँमा रहेका छन् भने केशव खड्का भारतमा छन्।
पक्राउ परेकाहरु मध्ये लक्ष्मीराम घर्ती मगर, वीरबहादुर केसी, निरकबहादुर घर्ती मगर, हरिलाल पुन मगर र जयबहादुर शाहीलाई भने अदालतले थप अनुसन्धानका लागि जिल्ला अदालतले बिहीबार सात दिनको न्यायिक हिरासतमा पठाएको छ।
१ सय ५० जना यौनकर्मी महिलाले जागिर गर्ने र एक दिनमा १ हजार पुरुषको यौनकेा भोक मेटाउने लक्ष्यका साथ अस्टियाको राजधानी भियनामा युरोपकै सबैभन्दा ठूलो वेश्यालय खुल्ने भएको छ ।
उक्त सुविधासम्पन्न वेश्यालयमा डेढ सय जना सुन्दरी वेश्याहरुले दिनहुँ ग्राहकको चित्त बुझाउनेछन् । वेश्यालयभित्र सम्भोगको सुविधा त हुने नै छ त्यसका अलवा रेष्टुरेन्ट, ब्युटिपार्लर, जिमखाना तथा सैलुन समेत रहने बताइएको छ ।
स्थानीय उद्यमी पिटर लास्कारिसले खोल्न थालेको उक्त वेश्यालय डेढ करोड बेलायती पाउण्डको लगानीमा सुरु हुनेछ । उनका अनुसार त्यो केवल सामान्य वेश्यालय मात्र हुनेछैन सम्पूर्ण आनन्द तथा सुविधाको केन्द्र हुनेछ ।
आफ्नो वेश्यालय चार तारे होटलभन्दा सुविधासम्पन्न हुने दाबी मालिकको छ । वेश्यालयमा सेवा दिने यौनकर्मी युवतीहरु समेत निकै सेक्सी तथा सुन्दर हुने उनी बताउँछन् ।
डेढ सय ओछ्यान रहेको उक्त वेश्यालयमा चौबिसै घण्टा उपचार सेवा समेत उपलब्ध हुनेछ । वेश्यालयले सहरै भरी चौबिसै घण्टा ग्राहक ल्याउने र पूराउने सेवा समेत उपलब्ध गराउनेछ ।
वेश्यालयले समय समयमा विभिन्न खालका सेक्स महोत्सव तथा प्रदर्शनीको आयोजना गर्ने समेत बताएको छ । यद्यपि उक्त सुविधासम्पन्न विशाल वेश्यालय ठ्याक्क कुन ठाउँमा खुल्नेछ भन्ने कुरा भने बताइएको छैन । विरोध प्रदर्शन हुने डरले अहिले एकिन स्थान खुलासा नगरिएको भएपनि उद्घाटन हुने दिनमा ठूलै सरप्राइज दिने धोको त्यसका संचालकको छ ।
चलचित्रकर्मीहरुको आन्दोलन चर्किरहेको समयमा यसलाई तुहाउने खेला पनि सुरु भएको छ । आन्दोलनलाई अगाडि बाट साथ दिए झै गरि पछाडीबाट सिध्याउने खेला पनि देखिएको छ । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई र चलचित्र संघका अध्यक्ष राजकुमार पोख्रेलले आन्दोलनलाई असहयोग गरेको धेरै आन्दोलरत चलचित्रकर्मीको गुनासो सुनिन थालेको छ ।
हिन्दी चलचित्र ‘मटरु की विज्लीका मण्डला’ को सेन्सर पासका बिषयमा दुई राजकुमारले रातारात सहमती गरेका छन् । चलचित्र बिकास बोर्डमा ताला लागेकाले यो सिनेमाको पास हुने सम्भावना निक्कै कम थियो । तर बिकास बोर्डका सदस्य सचिब धनराज ज्ञवालीले संचारमन्त्रालयमा बसेर बोर्डको सहमती पत्र काटेका थिए । ज्ञवालीको यो क्रियाकलपामा आन्दोलनरत संघसंस्थाका प्रतिनिधीहरुले आपत्ती जनाउदै हिन्दी सिनेमाको सेन्सर रोक्नु पर्ने माग गरेका थिए । यो बिषयमा निर्माता संघका अध्यक्ष राजकुमार राइले समेत समहती जनाउदै संघका तर्फबाट सुरेश दर्पण पोखरेल र प्रज्ञा जोशीलाई सेन्सर बोर्ड पठाएका थिए । तर विहिबार राती एकाएक निर्माता संघका अध्यक्ष राईले सेन्सर बोर्डलाई पत्र काटी हिन्दी सिनेमाको सेन्सर गर्न भनेका थिए । उनका साथमा चलचित्र संघका अध्यक्ष राजकुमार पोख्रेलले पनि हस्ताक्षर गरेको निर्माता संघका सचिव सुरेशदर्पणको भनाई छ ।
चलचित्र संघका अध्यक्ष राजकुमार पोख्रेलले हिन्दी सिनेमा ‘मटरु की बिज्लीका मण्डला’ का लागि आफ्ना सदस्यले लगानी गरेको लाखौ रकम घाटामा जाने भएर हस्ताक्षर गरेको बताएको सुरेशले अनलाइनखबरलाई बताए । यस्तै निर्माता संघका अध्यक्ष राजकुमार राइले रातारात आफ्नो बोली परिवर्तन गरेको बिषयमा निर्माता संघले छानविन गर्ने भएको छ । यसबारेमा शुक्रबार बेलुकी निर्माता संघका बैठक बस्ने वुझिएको छ ।
मंगलबार रिपोर्टस क्लबमा आयोजना गरिएको पत्रकार सम्मेलनमा राजकुमार राई र राजकुमार पोख्रेल उपस्थित हुदै आन्दोलनमा पुर्णरुपमा लाग्ने बताएका थिए । तर त्यसकै भोलीपल्ट अर्थात वुधबार चलचित्र बिकास बोर्डमा ताला लगाउने कार्यक्रममा भने दुबै राजकुमारको उपस्थिती थिएन । यसले उनीहरु आन्दोलनको विपक्षमा लागेको धेरै चलचित्रकर्मीको ठहर छ ।
डिम्बासयको क्यान्सरबाट पिडीत भई हाल न्यूयोर्कमा उपचार गराईरहेकी अभिनेत्री मनिषा कोइरालाले आत्मकथा लेख्ने तयारी गरेकी छिन् ।
जीवनमा निकै उतारचढाव बेहोरेकी मनिषाले आफ्ना भोगाई शुभचिन्तकहरुमाझ बाँडन् आत्मकथा लेख्ने तयारी गरेको बताएकी छिन् । आफु पछिल्लो दिनमा निकै आध्यात्मिक प्रकृयाबाट गुज्रिरहेको बताउँदै उनले आफ्ना भोगाई लेख्न आफु तयार भएको फेसबुकमार्फत बताएकी छिन् ।
नेपालबाट बलिउड पुगेर करियरको शिखरमा पुगेकी मनिषा पछिल्लो दिनमा अभिनयबाट ओझेल परिरहेकी छिन् । नेपाल युवा सम्राट दाहालसँग बिबाह गरेपनि उनको बैबाहिक जीवन सफल हुन सकेन् ।
उनको डिम्बासयमा क्यान्सरमा भएको करिव डेढ महिनाअघि मात्र पत्ता लागेको थियो । ढल्कदो उमेर, खस्कँदो अभिनययात्रा र स्वास्थ्यमा देखिएको खरावीपछि पनि मनिषा आफुलाई सम्हालेर जीवनकथा लेख्ने तयारीमा जुटेको भारतीय संचारमाध्यमले जनाएका छन् ।




















