• RSS
  • Email
  • Follow us
  • Become a fan
  • Contact Us
  • CopyRight Policy
  • Terms of Use

Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Related Posts Plugin for WordPress, Blogger...

Nepali News

  • Home
  • समाचार
  • प्रवास
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • अन्तराष्ट्रिय
  • Video News
  • English News
  • Movies
    • Nepali Movies
    • Hindi Movies
  • Songs
    • LokGeet
    • LokDohari
    • PopSong
    • Hot Songs
  • ContactUs


Prime Minister Baburam Bhattarai has sought clarification from the executive director of the state-owned Radio Nepal for airing an interview on Monday in which a Nepali Congress leader called him an 'Indian agent'.
Dr Baburam Bhattarai
PM Baburam Bhattarai

Prime Minister Bhattarai telephoned communication minister Raj Kishor Yadav after being informed about the content of the interview and asked him to immediately seek clarification from the Radio Nepal bosses. The minister then approached ministry secretary Surya Silwal, who grilled the radio's executive director Suresh Kumar Karki and ordered him to furnish a formal clarification.

Chief secretary Lilamani Poudel is also known to have grilled Karki and Pramod Dahal, the host of the morning radio programme 'Antarsambad', and warned them of action.
In the interview aired on Monday, NC central member Manmohan Bhattarai argued that PM Bhattarai was installed by India and that he was an Indian agent.
"PM Bhattarai is Hindustan's agent and Hindustan has admitted to have made him PM. Bhattarai is proud of it, which is sad," the NC leader said in the interview. Nepalnews.com

The Monitoring Committee on Violence Against Women has started monitoring the incidents of violence against women throughout the country, state-owned news agency RSS reports.
As per the information provided at a press conference held at the Prime Minister's Office in Singha Durbar today, the monitoring committee constituted under the chairmanship of Secretary at the PMO Rajuman Singh Malla has started strict monitoring for preventing such incidents.
It is stated that the committee will monitor VAW incidents including the rape of a woman after her abduction from the Tribhuvan International Airport Immigration Office, the murder of Shiva Hasami by setting her on fire, the death under dubious circumstances of Sraswati Subedi and Bindu Kumari Thakur and the disappearance of one Chhori Maiya Maharjan from the capital. It will also recommend action in these cases.
Secretary Malla said that the committee will also investigate into other incidents that have taken place of late across the country and submit a report to the government on this.
According to him, the process for action has been moved forward as per the directives issued by a meeting of the Gender Empowerment Central Coordination Committee that was chaired by Prime Minister Dr. Baburam Bhattarai on December 30, 2012 that stern action be taken against the individuals and groups implicated in cases of violence against women (VAW) and that they should not be let free.
Meanwhile, the UCPN-Maoist has demanded the government to take stern action against the accused of the cases of violence against women, saying VAW have increased of late in different places across the nation.
Issuing a press release, Spokesperson of the UCPN-Maoist, Agni Sapkota, called on the government to take stern action against anyone involved in violence against women and to provide rightful compensation to the victims.
Stating that different heart-rending incidents like killing by setting somebody on fire and rape remind one of medieval barbarism, he urged one and all, including the government, civil society and intellectuals to contribute towards checking such incidents.
The press release also calls for forming a high-level probe-committee to provide compensation to victims and to carry out investigation into VAW cases.Nepalnews
 पुस १७ (नागरिक)– अमेरिकी डलरको मूल्य फेरि घट्न थालेको छ। मंगलबार बजारमा एक अमेरिकी डलर खरिद गर्न ८७ रुपैयाँ ८८ पैसा खर्चनुपर्ने भएको छ। केही सातादेखि साढे ८८ रुपैयाँहाराहारी रहेको डलर फेरि घट्न थालेको हो। 
पाँच महिनाअघि निरन्तर घटेर ८२ रुपैयाँ ३९ पैसामा झरेको डलर बढेर ९१ रुपैयाँ ८८ पैसासम्म पुगेको थियो। डलरसँग भारतीय मुद्रा बलियो हुन थालेपछि यसको भाउ बढ्न थालेको हो। 
भारतीयसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर (१ सय भारतीयबराबर १ सय ६० नेपाली रुपैयाँ) भएकाले भारतीय मुद्रा बलियो हुँदा डलरको मूल्य घट्छ।
डलर सस्तो हुँदा विदेशबाट भित्रिने वस्तु किन्ने, पढ्न, घुम्न र स्वास्थ्य उपचारका लागि बाहिर जानेलाई फाइदा हुन्छ। पर्यटन व्यवसायी, विदेशमा बस्ने नेपालीले पठाउने पैसा (रेमिट्यान्स) पाउने परिवारलाई भने डलर कमजोर हँुदा असर गर्छ। गत आर्थिक वर्ष ४ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।  
डलर महँगिएपछि अधिकांश आयातित वस्तुको मूल्य बढ्छ। यसको असर देखिन भने केही समय लाग्छ। राष्ट्र बंैकका अनुसार गत वर्ष आयात १६.५ प्रतिशतले बढेर ४ खर्ब ६१ अर्ब ६७ करोड रुपैयाँ पुगेको थियो। चालु वर्ष साउनमा आयात ४६ अर्ब ९८ करोड रुपैयाँ पुगेको थियो। 
निकासीकर्ताको आय भने बढ्ने छ। विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्समा पनि डलरले असर गर्ने छ। खास गरी भारतबाहेक देशबाट आउने मोटर, मोबाइल फोन, विद्युतीय सामान, लत्ताकपडालगायत महँगो हुनेछ।
विदेशबाट कच्चा पदार्थ ल्याई नेपालमा उत्पादन गर्ने उद्योगको लागत पनि बढ्ने छ। सबैभन्दा वढी मार पेट्रोलियम पदार्थ आयातमा पर्नेछ। डलर महँगिएका कारण पेट्रोलियम पदार्थको भाउ बढ्न चाप पर्छ।
डलर बलियो हुँदा सरकारले विभिन्न दातृ निकायलाई तिर्नुपर्ने ऋणको सावाँ ब्याजको भार बढी पर्छ। डलरमा बिजुली किन्नुपर्ने आयोजनालाई सरकारले बढी पैसा तिर्नुपर्छ। विदेशी कलेजमा पढ्न जाने विद्यार्थीको खर्च पनि बढ्छ।
 लहान, पुस १७ - लहानबाट ९ किलोमिटर पश्चिम धनगडी गाविस -९ मा एक युवतीमाथि सामुहिक वलात्कार भएको घटना सार्वजनिक भएको छ। सोमबार साँझ गाउँकै चौरीमा सोही ठाउँका दुई युवकले साह थरकी युवतीमाथि सामुहिक बलात्कार गरेको घटना आज बिहान सार्वजनिक भएको छ। 
वडा प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक ढकेन्द्र खतिवडाका अनुसार, सोमबार साँझ युवतीमाथि सामुहिक बलात्कार भएको सुचना आएपछि प्रहरी टोली घटनास्थल पठाइएको थियो। पीडित युवतीले पहिचान गरेको अभियुक्त फरार रहेको लहान प्रहरीले जनाएको छ।
'युवतीसँग बयान लिइएको छ,' खतिवडाले भने, 'आज स्वास्थ्य परिक्षणका लागि सगरमाथा अञ्चल अस्पताल राजविराज लगिँदैछ। सिरहामा तीन दिनमा एक नवविवाहिता महिला र एक युवती गरि दुई महिला वलात्कारको सिकार भएका छन्।nagariknews

१७ पुस, क्वालालम्पुर । लागु पदार्थ कारोबारमा संलग्न भएको अभियोगमा मलेसियामा मृत्युदण्डको सजाय सुनाईएका नुवाकोटका हरिवहादुर घलेकी वहिनी यतिखेर दाजुको मुख हेर्न मलेसिया पुगेकी छिन् ।रोजगारीका लागि मलेसिया पुगेका घले नेपाल र्फकने क्रममा ९ बर्षअघि पक्राउ परेका थिए । त्यसयता जेलमा बसेर मुद्दा लडिरहेका घलेलाई केही बर्षअघि मलेसियाको सर्वोच्च अदालतले मृत्युदण्ड सुनाएको थियो ।
घलेलाई बचाउन गरिएका सवै प्रयत्न असफल भएपछि निरास भएका परिवारका सदस्यहरु भावबिहल अबस्थामा छन् । मृत्युदण्ड नै दिने सम्भावना बढि रहेको अबस्थामा बहिनी सरला घले यतिखेर क्वालालम्पुरमा दाजुलाई भेट्ने याचना गर्दै हिडीरहेकी छिन् ।सोमवार उनले नेपाली दुतावास क्वालालम्पुरमा दाजुलाई भेटाईदिन अनुरोध गर्दै निवेदन दिएकी छिन् । निवेदन लिएपछि मलेसियाका लागि कार्यवाहक राजदुत लेखनाथ भटटराईले आफुले भेटघाटको लागि तत्काल पहल गर्ने बताउँदै सरलालाई सन्त्वना दिनुभयो ।
लागुपदार्थ तस्करीको अभियोगमा सन् २००३ मे ३० तारिखका दिन हरि घले क्वालालम्पुरको एक होटलवाट पक्राउ परेका थिए । करीव ९ वर्ष पछाडि घलेलाई असोज १० गते मलेसियाको सर्वाैच्च अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो ।मृत्यु दण्डको फैसला सुनाएपछि जीवन रक्षा गरिदिन नेपाल सरकारले मलेसिया सरकारलाई पत्र पठाईसकेको छ । प्रधानमन्त्री डा.वावुराम भट्टराईले मलेसियाली समकक्षी मोहम्मद नाजीअव्दुल रजकलाई पत्र लेखेर सजायँ माफ गरिदिन आग्रह गरेपनि अहिलेसम्म मलेसियाले त्यसको जवाफ फर्काएको छैन् ।
त्यसअघि नेपाली दूतावासले लामो समयसम्म वकिल राखेर घलेको पक्षमा मुद्दा लडेको थियो । सन् २०११ मा पनि दूतावासले ३९ हजार रिंगेट सहयोग संकलन गरेरै मुद्दा लड्न वकिल नियुक्त गरेको थियो । तर मलेसियाका सवैजसो अदालतले उनलाई मृत्युदण्डको फैसला हुने सजायँ सुनाएपछि अब घलेलाई बचाउन कठिन भएको छ । सजायँ माफीको अन्तिम प्रयासको पनि जवाफ आउन सकेको छैन् ।
भताभुंग परिवार
घले प्रक्रमउ परेको खवर सुनेर चिन्तित वनेका उनका बाबुको केहि समयपछि नै ज्यान गएको थियो । छोराकै बाटो हेर्दाहेर्दै आमाले पनि प्राण त्यागिन भने अर्की बहिनीको पनि मृत्यु भयो । बिहे गरेर मलेसिया पुगेका घले पक्राउ परेको खवर सुनेपछि श्रीमती पनि सानी छोरीलाई छाडेर अर्कैसँग बिहे गरेर गइन् । अहिले उनकी १३ बषिर्य छोरी झरना त्रिसुलीस्थित मावलीको शरणमा छिन् । अहिले घलेको परिवारमा ८६ वषिर्य हजुर वुवाधनवहादुर घले गाउमै छन । हजुरआमा आशामाया घले, भाई टेकवहादुर घले, भाईवुहारी सन्जु घले काठमाण्डौमा वस्दै आएका छन ।

१७ पुस,  काठमाण्डौंको अनामनगर स्थित एक घरमा मृत अवस्था फेला परेकी सरस्वती सुवेदीको शव पुनः परीक्षणको तयारी सुरु भएको छ ।
प्रधानमन्त्रीले गठन गठन गर्नुभएको टोलीले चिकित्सकहरुको व्यवस्थाको लागि सोमबार पहल गरेको र आज शवको पुनः परीक्षण हुन सक्ने टोलीमा सहभागी राष्ट्रिय महिला आयोगका प्रवक्ता मोहना अन्सारीले जानकारी दिनुभयो ।
त्यस्तै पछिल्लो समयमा सार्वजनिक भएका महिला हिंसाको अनुगमन गर्न गठित समितिले पनि काम शुरु गर्ने जनाएको छ । प्रधानमन्त्री कार्यालयका सचिव राजुमानसिंह मल्ल संयोजक रहेको अनुगमन समितिले बारा, बर्दिया, दैलेख, त्रिभुवन विमानस्थललगायतका ठाउँमा भएका महिला हिंसाका घटनाको अध्ययन गर्ने जनाएको छ । सरकारले अधिकारकर्मीहरुसमेत रहेको संयुक्त अनुगमन टोली आइतबार गठन गरेको थियो ।onlinekhabar

आजभन्दा ५ बर्ष अघिसम्म नेपालमा पारिवारिक सिरियलको वर्चस्व थियो । टेलिभिजनमा सबैभन्दा धेरै दर्शक यस्तै सिरियलले पाउने गर्थे । सिरियलमा अभिनय गर्ने कलाकारको क्रेज सिनेमाको नायकको भन्दा कम थिएन । परिचय, मुक्ति, प्रतिद्धन्दी, करुणा, गहना, संयोग जस्ता सिरियल आज पनि दर्शकको दिमागमा घुमिरहेका छन् ।
तर परिचयसँगै ओरालो लागेका सिरियलको क्रेज आज हराएको छ । दर्शकमा यस्ता सिरियलप्रतिको चाहना र उत्सकुता शुन्यमा झरेको पाइन्छ । अहिले टेलिभिजनको पर्दामा विशेषगरी कमेडिको बाढि नै लागेको छ । तितो सत्य, मेरी बास्सै, जिरे खुर्सानी जस्ता हास्य सिरियलको क्रेज ह्वात्तै बढेको छ । विज्ञापनदाताहरु पनि यस्तै सिरियलमा पैसा लगानी गर्न इच्छुक देखिन्छन् । मिडिया हबका कार्यकारी निर्देशक सोम धिताल नेपालमा पारिवारिक सिरियल उठ्नै नसक्ने गरी धराशायी बनेको बताउँछन् । विशेषगरी कमेडी सिरियलको प्रभाव बढ्दा पारिवारिक सिरियल सुतेको उनको भनाइ छ ।
धितालले पारिवारिक सिरियलले भारतीय सिरियलको नक्कल गरेकाले पनि यस्तो अवस्था आएको बताए । उनले भने, ‘भारतीय सिरियलको नक्कल मात्र गर्ने तर उनीहरुको जस्तो गुणस्तर दिन नसक्दा दर्शकले नेपाली सिरियल मन पराउन छोडेका हुन् ।’ नेपाली माटो र नेपालकै रहनसहन सुहाउँदा सिरियललाई बिर्सिएर विदेशीको नक्कल गर्दा नेपालमा पारिवारिक सिरियलप्रति दर्शकको चाहना र चासो घटेको विश्लेण गर्छन् सोम धिताल । यस्तै नेपाल टेलिभिजनले समेत यस्ता सिरियललाई प्राथमिकता नदिएको उनको भनाइ छ । सुपर प्राइम टाइममा कमेडी या राजनीतिक बहसका कार्यक्रम प्रशारण हुन थालेपछि सिरियलले राम्रो समय नपाएको धितालको भनाइ छ । उनले भने, ‘नर्मल समय पारिवारिक सिरियलका लागि छुट्टाइएकाले पनि यसको क्रेज हराउँदै गएको हो ।’
मिडिया हबमा अहिले पनि ५७ भन्दा बढी सिरियलहरु थुपि्रएर बसेका छन् । तर यसबारेमा न त नेपाल टेलिभिजनले सोचेको छ, न त विज्ञापनदाताले नै । कमेडी सिरियलको क्रेज घट्दै गएपछि के गर्ने भन्ने योजना न त नेपाली संचारमाध्यमसँग नै छ न त मिडिया हब जस्ता एजेन्सीहरुले नै गरेका छन् । सफल सिरियल ‘परिचय’ निर्देशन गरेका निर्देशक ऋषि लामिछाने नेपाल टेलिभिजनलाई पैसा र पावरले चलाएका कारण यस्तो अवस्था आएको बताउँछन् । उनले भने, ‘नेपाल टेलिभिजनले सिरियललाई उपेक्षा गर्दै समय नछुट्टाएका कारण यो क्षेत्र धराशायी बनेको हो ।’
सामान्य समयमा समेत टेलिभिजनको समय महङ्गो हुनु र एजेन्सीहरु सिरियललाई लगानी गर्न इच्छुक नहुने मुख्य कारण भएको लामिछानेको भनाई छ । नेपाल टेलिभिजनले सिरियलका लागि राम्रो समय छुट्टाइदिने हो भने आफुले अझै पनि उत्कृष्ट सिरियल बनाउन सक्ने दाबी उनको छ ।
मानवीय संवेदना बोकेका सिरियलहरुले दर्शकलाई चेतना समेत जगाउने काम गर्छन् । तर, यसको महत्व सरोकारवालाहरुले नबुझ्दा नेपालमा सिरियलको बजार ध्वस्त हुँदै छ ।
Newer Posts Older Posts Home

  • Recent Posts
  • Feature Posts
  • Comments

Royo Gambesi (रोयो गामबेसी)


Category

समाचार (688) भिडियो (554) मनोरञ्जन भिडियो (386) समाचारभिडियो (355) अन्तराष्ट्रिय (247) videonews (240) मनोरञ्जन (212) मनोरंजन भिडियो (164) English (152) feature (109) राशी फल (84) राजनीति (76) खेलकुद (64) kbk (45) ukaliorali (45) प्रवास (45) powernews (42) बिचार (39) LokGeet (26) मनोरञ्जन भिडियो भिडियो (26) धर्म . (24) lokdohari (23) primestory (23) nepalimovie (18) ज्ञान (16) स्वास्थ्य (16) khojkhabar (15) jirekhursani (13) lokgeet भिडियो (13) मनोरंजन (13) hakk (12) jhayaikutijhyai (12) titosatya (12) harkhaldar (11) merribassi (11) rajatpat (11) pop song (10) sajhasawal (10) जिवन चक्र (8) gharbetiba (7) popsong (7) उकाली वराली (5) Indians Got Talent (2) सुन र तामा (2) hindimovie (1) indtvshow (1)

Archive

  • 2013 (407)
  • 2012 (2480)

Total Pageviews

Nepali News © 2012. All rights reserved. Designed by scotNepal