Hindus believe mount Kailash to be the abode of Lord Shive and Parbati. For a hindu, to make the arduous pilgrimage to Kailash and have the Darshan (divine view) of Shiva's abode is to attain release from the clutches of ignorance & delusion. Thousands of Hindu religious people come to visit the sacred mount Kailash and Mansarovar Lake, situated in the China's Autonomous Region of Tibet, every year from around the globe and neighboring country India via Nepal. Tibet a sacred home to Mount Kailash and Mansarovar Lake, is a famous pilgrimage destination for the devotees of Hinduism, Buddhism, Jainism and Bon religions and an epitome of beauty and awe to the rest of the world. The snow-capped rocky peak-Kailash Parbat (mountain) 6714meters considered a holy abode of supreme Hindu god Shiva, is also believed to be a place where founders of Tibetan Buddhism, Jainism and Bonpo religions once resided. Hindus and Buddhists all over the world also worship this peak as the exact "Centre of the Universe". Mansarovar Lake: The word "manas" means mind or consciousness; the name consciousness and enlightenment. Mt. Kailash lies the most sacred lake of Hindus Mansarovar Lake 4580m) has held deep spiritual influence and wide religious among Hindu & Buddhists. Making round of the lake and taking a dip in it is believed to be Purge one's soul from sins and the body from sickness. Still there are others, who believe one can not only clean his soul but also secure his place in heaven after the end of mortal life one more school of thought us that taking a dip in it helps one attain Moksha (free from the cycle of birth and re-birth in the worldly life). This lake is so gigantic that it takes three full days to just go round its peripheries. One dip into the cold water of this holy lake is believed to free the soul of all its sins, thus carving a straight path to heaven after death. Ancient Hindu scriptures indicate this lake as a must visit place for someone who wants to attain salvation - the highest level of achievement in Hindu religion. The cascading waves of the Lake in the wind look very charming. Monterosa makes very pleasant & smooth Yatra every year. So, please join with us and take our best services for this trip
बारा, पौष १६ । आहाराको खोजीमा जंगली हात्तीहरु गाउँ पस्ने क्रममा चितवनको माडीमा धु्रबे हात्तीले मच्चाएको आतंकको चर्चा सेलाएको छैन् । बाराको पर्सा वन्यजन्तु आरक्षण भित्र पालिएका १० ओटा हातीले विगत एक महिनादेखि भरपेट खान पाएका छैनन् । जंगल मासेर बस्ती विस्तार गर्न थालेपनि खानाको लागि जंगली हात्ती गाउँघरतिर भौतारिने क्रम बढेको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)
रिमसँग नेपालका माओवादीको अझै छुटेन एकतर्फी प्रेम
१७ पुस, सन् १९८४ मा स्थापना भएको अन्तरराष्ट्रिय कम्युनिष्ट आन्दोलन (रिम) ले नेपालका बाबुराम र प्रचण्डलाई माया गर्न छाडेको छ । तर, बाबुराम र प्रचण्डले भने रिमलाई एकतर्फीरुपमै भए पनि माया गर्न छाडेका छैनन् ।
एमाओवादीको भृकुटीमण्डप भेलाले रिमबारे भनेको छ – ‘रिमभित्र र बाहिर रहेका कम्युनिष्ट क्रान्तिकारी पार्टी र समूहहरुसँग सम्बन्ध बनाउँदै योजनावद्ध ढंगले अगाडि बढ्न जरुरी छ ।’ तर, एमाओवादीले रिमसँग सम्बन्ध बनाउने बताए पनि उता रिमका अन्य सदस्यले चाँहि प्रचण्ड र बाबुरामलाई सत्तोसराप गर्न थालेका छन् । रिमको सदस्य रहेको आरसीपी अमेरिकाले विश्वभरका माओवादी पार्टीलाई पठाएको पत्रमा प्रचण्डलाई भन्दा बाबुराम भट्टराईलाई बढ्ता गाली गरिएको छ ।
अमेरिका र नेपालका माओवादीको शीतयुद्ध
नेपालमा माओवादीले जनयुद्ध शुरु गरेको केही वर्षपछिबाटै रिमका सदस्य रहेका अमेरिका र नेपालका माओवादीवीच सैद्धान्तिक झगडा चर्किन थालेको हो । माओवादीको चर्काे अनुयायी आरसीपी अमेरिकाले सन् २००५ अक्टोबरमा नेकपा माओवादीलाई पत्र पठाएर वैचारिक युद्धको फायर खोलेको थियो । त्यसयता आरसीपी अमेरिकाले सन् २००८ र २००९ मा थप तीनवटा पत्र पठाएको थियो । सन् २००८ मा आरसीपी अमेरिकाले दुईवटा पत्र लेखेको थियो । यसवीचमा नेपालको माओवादीले चाहि सन् २००६ जुलाईमा एउटा पत्र पठाउनुबाहेक अमेरिकी माओवादीलाई कुनै जवाफ फर्काएन । आरसीपी अमेरिकाले सन् २००९ मा नेकपा माओवादीलाई पत्र लेखेर जनयुद्ध वीचैमा छाडेर शान्ति प्रक्रियामा आएको र जनमुक्ति सेना नेपाली सेनामा समायोजन गर्न लागेकोमा तीब्र विरोध जनाएको थियो ।
फेरि बाबुराम र प्रचण्डको विरोध
सन् २००९ मा आफूले पठाएको पत्रको एकीकृत नेकपा माओवादीले कुनै जवाफ नफर्काएपछि क्रुद्ध बनेको आरुसीपी अमेरिकाले गत मेमा प्रचण्ड र बाबुरामको चर्को विरोध गर्दै संसारभरका माओवादी पार्टीहरुलाई ४२ पृष्ठ लामो पत्र लेखेको छ । सो पत्रमा नेपालको जनयुद्ध पनि पेरुमा जस्तै असफल भएको र प्रचण्ड-बाबुरामको नेतृत्वले क्रान्तिलाई धोका दिएको निश्कर्ष निकालिएको छ । रिम कमिटीलाई पठाइएको यो गोप्य पत्र आरसीपी अमेरिकाले हालै छलफलका लागि भन्दै सार्वजनिक गरेको छ ।
माओवादलाई पथप्रदर्शक सिद्धान्त मान्दै आएको आरसीपी अमेरिकाले सार्वजनिक गरेको पत्रमा रिममा मतभेद देखा परेको, विश्वमा कम्युनिज्म दोबाटोमा आइपुगेको र रिम संकटमा परेको उल्लेख गरिएको छ । नेपालको माओवादीमा देखिएको विचलन र यसले पार्ने प्रभावका बारेमा पनि विश्लेषण गरिएको छ । ‘हामीलाई नेपालमा कसरी संशोधनवादी लाइन हाबी भयो भन्नेबारे विश्लेषण गर्न दिनोस्’ भन्दै पत्रमा बाबुराम भट्टराईलाई यसको दोष लगाइएको छ । प्रचण्ड बेलाबखत बाबुराम भट्टराईसँग चर्काे र कडारुपमा दुरी राख्न खोज्छन्, तर प्रचण्डभित्र पनि उस्तैखालको व्यवहारवाद, चुनावपरस्त धारणा अन्तरनिहीत छ ।’ पत्रमा विश्लेषण गर्दै भनिएको छ ।
लामे पत्रमा आरसीपी अमेरिकाका नेता बब अभायकिनले कम्युनिष्ट आन्दोलनबारे आफ्नो नयाँ संश्लेषणसमेत प्रस्ताव गरेका छन् ।
वैद्यपक्षीय माओवादीको रिम प्रेम
एकीकृत माओवादीले जस्तै वैद्यपक्षीय माओवादीले पनि महाधिवेशनमा पेश गर्नका लागि तयार पारेको आफ्नो दस्तावेजमा रिमप्रति प्रेमभाव दर्शाएको छ । वैद्यको दस्तावेजमा भनिएको छ-’ आज अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा रिम निस्क्रिय र सिथिल बन्दै गएको छ । यसो हुनुका पछाडिको प्रमुख कारण रिम कमिटीमा भएको गम्भीर वैचारिक, राजनीतिक मतभेद नै रहेको छ । मतभेदका मुख्य दुईवटा विषयहरु रहेका छन् : पहिलो, कमिटीमा रहेको तात्कालीन नेकपा (माओवादी)ले गरेको शान्ति प्रकृयामा प्रवेश गर्ने निर्णयप्रति आरसीपीको गम्भीर असहमति र दोस्रो, नेकपा (माओवादी) ले आफ्नो दोस्रो राष्ट्रिय सम्मेलनमा पारित गरेको “प्रचण्डपथ”प्रति पनि असहमति । यी विषयमा आफ्नो प्रष्ट असहमति राख्दै आरसीपीले नेकपा (माओवादी) लाई लामो पत्र पठायो, तर यसको जवाफ कहिल्यै दिइएन । त्यसपछि, आरसीपीले यसका अध्यक्ष क बब अवाकीयद्वारा प्रस्तावित “नयाँ संश्लेषण”लाई अघि सार्यो र रिम कमिटीमा के प्रस्ताव राख्यो भने कमिटीले कुनै टुंगो लगाउनु पर्दछ । यसबारे कमिटीका पार्टीमा नै मत विभाजन देखापर्यो । यसका साथै नेपालको माओवादी पार्टीको नेतृत्वले झन् क्रान्तिप्रति विश्वासघात गर्ने र गद्दारी गर्ने बाटो समात्यो र त्यो नव संशोधनवादमा पतन भयो । यो नेतृत्वको भूमिका रिमलाई जसरी हुन्छ विघटित गराउने नै रहनु स्वाभाविक थियो । यी सबै घटनाक्रमका कारण रिम कमिटी निष्कृय बन्न पुग्यो ।….. अहिले रिम निष्कृय भएको छ, विघटन भएको छैन ।’
रिमबारे वैद्यले थप भनेका छन्- ‘विविध कारणले गर्दा रिममा संसारका सबै माओवादी कम्युनिष्ट पार्टीहरु सम्मिलित हुन सकिरहेका थिएनन् । अब हामीले त्यो कमीलाई पूरा गर्नु आवश्यक छ । त्यसका निमित्त केही प्रयासहरु अघि बढिसकेका छन् । अब यसलाई तीब्रता दिनुपर्ने आवश्यकता छ ।’onlinekhabar
१७ पुस, नेकपा एमाले प्रचार विभाग प्रमुख प्रदिप ज्ञावलीले जेठ पहिलो साता निर्वाचन गर्ने गरी सहमति नगर्ने भए एमाले वार्ताबाट बाहिरिने चेतावनी दिनु भएको छ ।
मंगलबार राजधानीमा आयोजित कार्यक्रममा ज्ञवालीले भन्नुभयो-’अब एमाले बार्ताको म्याराथुनबाट बाहिर निस्कन्छ । अर्थहिन वार्ताको नाटकमा बसेर हुँदैन । हाम्रो बार्ताको अहिलेसम्मको सदासयतालाई कमजोरी ठानियो । अब एमाले मुर्ख बनेर बस्दैन ।’ निर्वाचनको सुनिश्चितता, संविधान संशोधन, रिक्त संवैधानिक आयोगको पदपूर्ति, संविधानसभाको आकार, संविधानसभाले गरेका राम्रा कामहरु हस्तान्तरण र त्यसको लागि सहमतिको सरकार यो प्याकेजमा सहमति नभई सहमति बन्नै नसक्ने भन्दै उहाँले एमाओवादी निर्वाचन र संसद नहुँदा सत्ता लम्ब्याई रहन पाईन्छ भन्ने सोचमा रहेको आरोप लगाउनु भयो ।
कार्यक्रममा कांग्रेस नेता दिपकुमार उपाध्यायले समयमै सहमति नगर्ने भए मुलुकमा भयंकर दुर्घटना हुने र त्यसपछि नेपालको राजनीति नेपालीको हातमा नहुने चेतावनी दिनुभयो ।
उहाँले अब पनि सहमति हुन नसके कांग्रेसले राष्ट्रिय स्वाधिनता र लोकतन्त्रको पुनपर््राप्तिको रुपमा आन्दोलन गर्ने बताउनु भयो ।
पुस १७ (एपी)- अंग्रेजी वर्ष २०१३ को संसार भब्य स्वागत गरिएको छ। अष्ट्रेलियाको ओपेरा हाउसन, हार्बर ब्रिजमा मध्यरात आतसवाजी गरियो। त्यस्तै अमेरिका, बेलायत, फ्रान्स, जर्मनीमालगायतका देशमा ठूलो आतसवाजी गरी नयाँ वर्षको स्वागत गरिएको थियो। हेरौं केही तस्बिर:
अष्ट्रेलियाको ओपेरा हाउस गरिएको आतसवाजी।
अष्ट्रेलियाकै हार्बर ब्रिजमा गरिएको आतसवाजी।


उत्तर कोरियमा गरिएको आतसवाजी।
अमेरिकाको टाइम्स स्क्वाएरमा नयाँ वर्षको अवसरमा रमाउँदै।
ब्राजिलमा गरिएको आतसवाजी।
बेलायतमा गरिएको आतसवाजी।
बेलायतमा गरिएको आतसवाजी।
बेलायतमा गरिएको आतसवाजी।

अमेरिकाको टाइम्स स्क्वाएरमा गङ्नम स्टइल।
स्पेनमा चुम्बन गरेर नयाँ वर्ष मनाउँदै एक जोडी।
जर्मनीको बर्लिनमा गरिएको आतसवाजी।
फ्रान्समा गरिएको आतसवाजी।
अमेरिकको टाइम्स स्क्वाएरमा नयाँ वर्षको अवसरमा सहभागीहरु।

नयाँ वर्षको अवसरमा इन्डोनेसियमा सहभागी सर्वसाधारण।

अमेरिकको टाइम्स स्क्वाएरमा गीत प्रस्तुत गर्दै गायिका।
पोल्यान्डमा गरिएको आतसवाजी।
जापानको राजधानी टोकियोमा नयाँ वर्षको अवसरमा मिकी माउस, मिनी माउसको भेषमा सजिएकाहरु।
उत्तर कोरियमा गरिएको आतसवाजी।
अमेरिकाको टाइम्स स्क्वाएरमा गङ्नम स्टइल।
नयाँ वर्षको अवसरमा इन्डोनेसियमा सहभागी सर्वसाधारण।
अमेरिकको टाइम्स स्क्वाएरमा गीत प्रस्तुत गर्दै गायिका।















