बारम्बार मदिरा पिएर मातेको समाचारका कारण विवादमा पर्दै आएकी गायिका अञ्जु पन्तले अव आफुले मादकपदार्थ सेवन नगर्ने बताएकी छिन् । ‘मदिरा पिउँनै हुँदैन भन्ने होइन तर म भने अब यसबाट टाढा भएकी छु, अन्जुले भनिन् ।’
पति मनोजराजसँग सम्वन्ध विच्छेद भएपछि एक्लै बस्दै आएकी गायिका पन्तले धरानका संचारकर्मीसँग कुरा गर्दै मदिरा नपिउने बताएकी हुन् । केही समयदेखि क्रिश्चियन धर्म अबलम्बन गरेकी गायिका पन्तले उपस्थित संचारकर्मीलाई समेत बाइबल पढ्न सुझाव दिएकी छन् । पत्रकारहरुसँग अधिकांश समय ‘प्रभु’ को बयान गर्नमै समय खर्चिएकी पन्तले आफुले भजन गाएपछि प्रभुको शरणमा गएको बताइन् । आफुले परमेश्वरको योजनाले धर्म परिवर्तन गरेको दाबी गर्दै उनले भनिन्, ‘पहिला मन्दिर गएर पुजा गर्थे तर क्रिश्चियन धर्ममा जस्तो आनन्द कतै पनि देखिन ।’
संचारमन्त्री राजकिशोर यादवले चलचित्र बिकास बोर्डको अध्यक्ष पदमा धमेन्द्र मरहथ्वा ‘पप्पु’ लाई पठाउने पक्का भएको छ । यादव निकट श्रोतका अनुसार, संचारमन्त्रीले अब बस्ने मन्त्रीपरिषद्को वैठकमा पप्पुको नाम सिफारिश गर्ने निर्णय गरेका हुन् । पप्पु को नाममा निर्णय गरी संचारमन्त्री बिहिबार बेलुकी मन्त्रालयबाट बाहिरिएका छन् ।
चलचित्र बिकास बोर्डमा अध्यक्ष पद रिक्त रहेको ४ महिना भैसक्दा पनि नयाँ व्यक्ति चयन हुन सकेको छैन । संचारमन्त्रीले चलचित्र बिकास बोर्डमा चलचित्र क्षेत्र बाहिरका व्यक्तिलाई लैजान पक्का भैरहेको समयमा चलचित्रकर्मीहरु भने चलचित्र क्षेत्रकै व्यक्तिको पक्षमा आन्दोलन गरिरहेका छन् । नायिका रेखा थापाको नाममा चलचित्रकर्मीहरुले नै विरोध जनाएपछि पप्पु बोर्ड अध्यक्ष बन्ने पक्का जस्तै भएको छ ।
चर्चित संगीतकार आलोक श्रीले बैंकबाट लिएको रकम चुक्ता नगरेपछि उनलाई कालोसुचिमा राखी ३५ दिने म्याद बैंकले दिएको छ । किष्ट बैंकले आलोकश्रीको सक्कली नाम सुर्यकुमार खातीकै नाममा तीन पुस्ते बिवरण र तस्बिरसहित बिहिबार एक दैनिक पत्रिकामा सुचना प्रकाशित गरेको हो ।
गोरखाका सुर्यकुमार खाती सांगीतिक क्षेत्रमा आएपछि आलोक श्री नामले चिनिएका हुन् । उनले वि.सं २०५३ साल भदौ ३० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको किङडम स्टार इङलिस स्कुल संचालनका लागि ऋण लिएका थिए । तर उक्त ऋण नतिरेपछि बैंकले विहिबार ३५ दिने सुचना जारी गरेको हो । उक्त मितिमा समेत ऋण चुक्ता नगरेको खण्डमा बैंकले आलोक श्रीको किटिनी वार्ड नं १ मा रहेको रहेको १ रोपनपी ९ आना जग्गा र त्यसमा रहेको घर यस्तै ललितपुरकै बाडेगाउँमा रहेको घरजग्गा लिलाम गर्ने छ ।
सेलिब्रेटी फोटोग्राफरको रुपमा चिनिएका डब्बु रतनानीले सन् २०१३ को क्यालेन्डर सार्वजनिक गरेका छन् । उनको यो क्यालेन्डरको हरेक बर्ष झै सबैले प्रतिक्षा गरेका थिए । यो क्यालेन्डरमा बलिउडका चर्चित हस्तिहरुलाई समावेश गरिएको छ । क्यालेन्डरमा बलिउडका २४ चर्चित सेलिब्रटीहरुको फोटो समावेश गरिएको छ ।
क्यालेन्डरमा अमिताभ बच्चन, ऐश्वर्या राय, अभिषेक बच्चन, साहरुख खान, विद्या बालान, सोनाक्षी सिन्हा, अर्जुन रामपाल, अजय देवगन, ऋतिक रोशन, असिन, बरुण धवन, आलिया भट्ट, काजोल, करिना कपुर, जोन अव्राहिम, अक्ष कुमार, दीपिका पादुकोण, सलमान खान, कैटरीना कैफ, रणबीर कपुर, अनुष्का शर्मा, फरहान अख्तर, पि्रयंका चोपडाको तस्बिर समावेश छ ।















