• RSS
  • Email
  • Follow us
  • Become a fan
  • Contact Us
  • CopyRight Policy
  • Terms of Use

Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Related Posts Plugin for WordPress, Blogger...

Nepali News

  • Home
  • समाचार
  • प्रवास
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • अन्तराष्ट्रिय
  • Video News
  • English News
  • Movies
    • Nepali Movies
    • Hindi Movies
  • Songs
    • LokGeet
    • LokDohari
    • PopSong
    • Hot Songs
  • ContactUs

राष्ट्रपति रामवरण यादवले सहमतीय सरकार गठनका लागि माघ १ गतेसम्मको समय थप गरेका छन् । (Morning News, Jan 11, 2013, Video Source: News24)

२७ पुस, रामेछाप । रामेछापको सुनारपानी ८ की ७० बर्षकी मसिना सार्की आफ्नै बुहारीबाट निर्धात कुटिएकी छन् ।
वृद्धालाई छुट्टएिर बसेकी बुहारी टीकाले बुधबार साँझ कुटपिट गरेकी हुन् । आफ्नै घरमा बसिरहेकी मसिनालाई टीकाले घरमै आएर फलामे ढुंग्रोले हिर्काएर घाइते बनाएको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । कुटाईबाट वृद्धाको हात भाच्चिनुका साथै टाउकोमा पनि गम्भिर चोट लागेको छ । बुहारीको कुटाइबाट घाइते बनेकी मसिनालाई सदरमुकाम मन्थलिमा उपचार सम्भव नभएपछि काठमाण्डौं रिफर गरिएको छ ।
हात र टाउकोमा गम्भिर चोट लागेका कारण थप उपचारका लागि काठमाण्डौं लैजाने सल्लाह दिएको तामाकोसी सहकारी अस्पतालका निर्देशक डा. सुमन कर्माचार्यले बताए ।
भाँचिएको हाल देखाउँदै मसिनाले भनिन, ‘कुट्दा कुट्दै रगत बगेको देखेर बुहारी डरले भागि र बाँचे’, गरिब भएकाले उपचार गर्न पनि गाह्रो भएको उनको भनार्इ छ ।
काठमाडौं,पुष २६ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष शिव गाउँलेले दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्नहरुलाई कानुनी कारबाही दिलाउने कार्यमा सरकारले अवरोध गरेमा आफूहरुले सो मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने बताउनुभयो । पत्रकार थापाको हत्याका आरोपीहरुमाथिको कारबाही प्रक्रिया अघि नबढाउन सरकारको माथिल्लो तहबाट दबाब दिइएको भन्दै माइतीघर मण्डलामा प्रेस चौतारी नेपालले आयोजना गरेको विरोध प्रदर्शनमा अध्यक्ष गाउँलेले सो कुरा बताउनुभएको हो । उहाँले सरकारले पहरोसँग कुहिनो ठोक्काउने प्रयास गरेको भन्दै प्रधानमन्त्री डा बाबुराम भट्टराईका अभिव्यक्तिका कारण सो मुद्दा अदालतमा पुग्न ढिलाइ भएको दाबी गर्नुभयो । आफूहरु प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै पनि नझुक्ने जनाउँदै पत्रकारका हत्यारालाई देशभित्रबाट कानुनी कारबाही नभए अन्तर्राष्ट्रिय अदालतमा सो मुद्दालाई लैजाने तयारीमा रहेको बताउनुभयो । उहाँले पत्रकार कृष्णसेन इच्छुकदेखि थापासम्मका हत्यामा संलग्नलाई कारबाही हुनुपर्नेमा बताउनुभयो । कार्यक्रममा पत्रकारहरुले मुखमा कालोपट्टी बाँधेर एक घण्टा प्रदर्शन गरेका थिए । त्यस अवसरमा वरिष्ठ पत्रकार सोमनाथ घिमिरे, नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष विष्णु निष्ठुरी,  टेलिभिजन एडिटर्स गिल्डका अध्यक्ष महेन्द्र विष्ट, छापामाध्यम राष्ट्रिय सञ्जालका महासचिव किशोर श्रेष्ठ, चौतारीका वरिष्ठ उपाध्यक्ष श्रीधर आचार्य र महासचिव विष्णु रिजालले प्रेस स्वतन्त्रतामाथि  हुने सबै प्रकारका आक्रमणविरुद्ध निरन्तर आन्दोलित हुनुपर्नेमा जोड दिनुभयो । रासस

काठमाडौं,पुष २६ । बैंकिङ कसुर अन्तर्गत पक्राउ परेका घर जग्गा व्यवसायी सुधीर बस्नेत संलग्न रहेको अग्नी एयर विभिन्न बैंकले लिलामी गर्न खोजेपनि अदालतको आदेशपछि रोकिएको छ । ओरियन्टल हाउजिङ, ओरेन्टल कोपरेटिभ लगायतका व्यापारिक प्रतिष्ठानका लगानीकर्ताहरु भने अग्नी एयर लिलामी गर्न नदिई आफैंले संचालन गर्ने तयारीमा जुटेका छन् । ओरियन्टल हाउजिङ,ओरेन्टिल कोपरेटिभ, अग्नी एयर लगायतका ब्यापारिक प्रतिष्ठानका संचालक सुधीर बस्नेतलाई प्रहरीले पक्राउ गर्नु अघिल्लो दिन गत बिहिबार अग्नी एयरले ऋण लिएको केहि बैंकले आकस्मिक रुपमा लिलामीका लागि भन्दै सात दिने सूचना जारी गरेका थिए । लिलामीको सूचनाको भोलिपल्ट अध्यक्ष बस्नेत पक्राउ परे । अध्यक्ष बस्नेत पक्राउ परेपछि उन्का ब्यापारिक साझेदार एवं निक्षेपकर्ताहरुले बैंकले गैरकानुनी रुपमा सूचना निकालेर अग्नी एयर हडप्न खोजेको आरोप लगाए । सो बिषय अदालत सम्म पुग्यो । पाटन पुनराबेदन अदालतले शुक्रवार हुने भनिएको लिलामी प्रक्रिया अगाडि नबढाउन आदेश दियो । ब्यवस्थापनले केही समयदेखि ग्राउण्डेड रहेको अग्नी एयर ठूला बचतकर्ता तथा सर्बसाधारण निक्षेपकर्ताको रकमबाट पुन संचालन गर्ने तयारी भैरहको बताएको छ । ११ अर्ब १८ करोड भन्दा बढी लगानी रहेको ब्यापारिक प्रतिष्ठानका अध्यक्ष बस्नेत पक्राउ परेपछि ती कम्पनी पुन संचालन गर्न झण्डै २ अर्ब रुपैया आबश्यक रहेको बताइन्छ । यस्तो अबस्थामा बैंकले थप रकम उपलब्ध नगराउनु र कानुन मिचेर लिलामीको सूचना सार्वजनिक गर्नुलाई कतिपयले अग्नी एयरमा कर्जा प्रवाह गर्ने बैंकहरुले नियतबशनै ब्यवसायी बस्नेत संलग्न रहेको ब्यापारिक प्रतिष्ठानको स्वामित्व लिन खोजेको दाबी गरिरहेका छन् ।


Newer Posts Older Posts Home

  • Recent Posts
  • Feature Posts
  • Comments

Royo Gambesi (रोयो गामबेसी)


Category

समाचार (688) भिडियो (554) मनोरञ्जन भिडियो (386) समाचारभिडियो (355) अन्तराष्ट्रिय (247) videonews (240) मनोरञ्जन (212) मनोरंजन भिडियो (164) English (152) feature (109) राशी फल (84) राजनीति (76) खेलकुद (64) kbk (45) ukaliorali (45) प्रवास (45) powernews (42) बिचार (39) LokGeet (26) मनोरञ्जन भिडियो भिडियो (26) धर्म . (24) lokdohari (23) primestory (23) nepalimovie (18) ज्ञान (16) स्वास्थ्य (16) khojkhabar (15) jirekhursani (13) lokgeet भिडियो (13) मनोरंजन (13) hakk (12) jhayaikutijhyai (12) titosatya (12) harkhaldar (11) merribassi (11) rajatpat (11) pop song (10) sajhasawal (10) जिवन चक्र (8) gharbetiba (7) popsong (7) उकाली वराली (5) Indians Got Talent (2) सुन र तामा (2) hindimovie (1) indtvshow (1)

Archive

  • 2013 (407)
  • 2012 (2480)

Total Pageviews

Nepali News © 2012. All rights reserved. Designed by scotNepal