मानिसको हात, मुक्का बर्साउन र थप्पड हान्नकै लागी बनेको हो, न कि कामका लागि ।
झट्ट सुन्दा अचम्म लाग्न सक्छ । तर, यसमा कुनै शंका नगरे हुन्छ । कमसेकम अमेरिकामा गरिएको यो अध्ययनपछि त पटक्कै आशंका नगरे हुन्छ ।
उटा विश्वविद्यालयका अध्ययनकर्ताहरुले मार्शल आर्ट खेलाडीहरुको हातको तागत र गतिको मापनका लागि एक यन्त्रको प्रयोग गरेका छन्, जब मार्शल आर्टका खेलाडीहरु पन्च हान्छन् । यो अध्ययन एक्सटर्जल बायोलोजी नामक पत्रिकामा छापिएको छ ।
मुम्का भन्दा थप्पड जोडदार
हातको बनावट यस्तो हुन्छ कि यसको राम्रो प्रयोग कुटपिटमा हुनसक्छ । तर कस्तो कुटपिट ?
कसैलाई आघात पुर्याउन थप्पड पा मुक्का कुन प्रभावकारी हुन्छ भन्ने प्रश्नमा बैज्ञानिकहरुले थप्पड ज्यादा जोडदार हुने बताएका छन् । अध्ययनकर्ता डेविड करियरले भनेका छन्-’वास्तवमा यो आश्चर्यजनक नै छ । पहिलो प्रहार मुक्कामा दम थिएन जब कि दोस्रो प्रहार जोडदार थियो र यसमा हत्केलाको प्रयोग गरिएको थियो ।’ थप्पडले हान्दा हातको सतहको बढी प्रयोग हुन्छ र मुड्की बसेर भन्दा औंलाहरु फिँजाएर हान्नु बढी बलशाली प्रतिक हुन्छ र यसले नै बढी क्षती पुर्याउँछ ।
हातको प्रयोग
प्रोफेसर करियर र माइकल एच गुरगनका अनुसार मानव हत्केलाको निर्माण ‘हस्त कौशल’ को प्रयोग गर्न सकियोस भन्ने उद्देश्यले भएको हो ।
यद्यपी केही हातको बनावट बस्तुहरुलाई एक ठाउँबाट अर्को ठाउँमा सार्न मात्र भएको पाइएको छ । प्रोफेसर करियर भन्छन्-’मलाई लाग्छ, प्राकृतिक रुपमा मानिस एक आक्रामक जनावरको रुपमा नै हुन्छन् ।’
रोमान्सका लागि जनावरलाई खासै दिनरातको मतलव हुँदैन भन्ने मान्यता छ । बस् दुवैलाई रोमान्सको मुड बने पुग्यो ।
तर, बैज्ञानिकहरुको एक टोलीले गरेको अध्ययनमा गैंडाले रातको समयमा रोमान्स गर्ने गरेको रहस्य पत्ता लागेको छ । अध्ययनका क्रममा गैंडालाई क्यामरा अगाडी पहिलो पटक प्रेम गर्दै गरेको देखिएको छ । अध्ययनका क्रममा पाइएको हात्तीको केही स्वभावले पनि वैज्ञानिकहरुलाई आश्चर्यमा पारेको छ ।
जनावरमा डकुमेन्ट्री बनाउने क्रममा गैंडा समान्य एकान्त जीवन शैली छाडेर रात्री रोमान्समा लागेको पनि भेटियो । गैंडाहरु एक अर्कामा घुलमिल गर्दै पोथी गौंडालाई फकाउँदै गरेको भेटियो । गैडाको रात्री प्रेमालाप पहिलो पटक क्यामरामा मैद गरिएको हो ।
हात्ती र गैडाको जीवनशैली
चेक गणतन्त्रमा गरिएको अध्ययनले हात्ती र गैडा दुबै सामाजिक हुने र उनीहरुले समाजिककता निभाउने देखाएको छ । विश्वभर पाँच किसिमको गैंडा पाइन्छ, जसमा सेतो र कालो भारतीयका साथै सुमात्राका गैंडा पनि छन् । यीनीहरु कुनै जनावरको मृत्यु वा विमारीमा कस्तो व्ययवहार देखाउँछन् भनि गरिएको अध्ययनमा मार्मिक उदाहरण भेटियो । हात्तीहरुको एक समूहले जब बुढी हात्तीलाई मर्न लागेको भनेर छोडेर गयो, अर्को समूहले आएर आफ्नो सूँडले उठाउने प्रयास गर्यो । बैज्ञानिकहरुले यसलाई करुणापूर्ण व्यवहार भन्दै क्यामेरामा समेत कैद गरेका छन् । कालो गैंडाको पनि यस्तै व्यवहार क्यामेरामा कैद गरिएको छ ।
हात्तीको अलगै संसार
हात्तीको शरीरमा पनि मानिसकै जस्तै छोटा-छोटा रौं हुन्छन् । यसले हात्तीको शरीरको तापमान नियन्त्रणको काम गर्छ । ‘प्लस वान’ ले गरेको अध्ययनले हात्तीका लागि छोटो रौं बरदान सरह भएको देखाएको छ । ठूलो शरीर भएकाले उसलाई आफ्नो शरीरको तापमान सन्तुलनमा राख्नु ठूलो समस्या हो । खासगरी दक्षिण अफि्रकी हात्ती उच्च तापमान क्षेत्रमा जाँदा छोटा रौँले शरीरको तापमान सन्तुलनमा बरदान सवित हुन्छन् ।
कमालको कान
हात्तीलाई जब सबैभन्दा चिसो स्थानमा बस्नु पर्ने हुन्छ, शरीरको रौं ५ प्रतिशतसम्म राहत दिन्छ । जव हावाको रफ्तार कम हुन्छ, त्यसबेला ती रौंले २० प्रतिशतभन्दा बढी मापमान घटाउन मदत गर्छ । अफ्रिकी हात्तीहरुको कानले चिसो दिन्छ भने एशियाली हात्तीहरु आफ्नो सूँडले शरीरको तापमान कम गर्छन् । अमेरिकाको नेवादा रैना युनिभसिर्टीले गरेको यो अध्ययन जियोमार्फोलोजी नामक पत्रिकामा छापिएको छ ।
अफ्रिकी हात्ती जति समाजिक हुन्छन्, त्यति नै रिसाहा र डरछेरुवा पनि । अध्ययनका अनुसार केही हात्तीमा नेतृत्व गर्ने गुण पनि हुन्छ जसले अन्य हात्तीलाई नियन्त्रणमा समेत राख्न सक्छन् । (बीबीसीको रिपोर्टमा आधारित)
छोरीलाई जन्म दिएको ३ महिनामै सार्वजनिक कार्यक्रममा देखिएकी नायिका अरुणिमा लम्साल पुनः पर्दामा देखिने तयारी गर्दैछिन् । उनले अभिनय गरेको चलचित्र ‘उर्बशी’ को छायांकन सकिएको छ । मनिष पन्थको निर्देशनमा तयार भएको यो सिनेमामा लम्साल आधुनिक युवतीको भुमिकामा देखिदै छिन् ।
यस्तै चलचित्रमा अरुणिमासँगै नायिका निता ढुंगानाको समेत अभिनय हेर्न सकिन्छ । चलचित्रमा निता चुलबुले युवतीको भुमिकामा देखिदैछिन् । चलचित्रमा यि दुइका अलवा किशोर खतिवडा, मुकेश आचार्य लगायतका कलाकारको अभिनय छ ।
चलचित्रको सम्पादन समेत अन्तिम चरणमा पुगेको जानकारी निर्देशक पन्थले अनलाइनखबरलाई गराएका छन् । मनिष हाल चलचित्र ‘डिभोर्स’को छायांकनमा व्यस्त छन् । चलचित्रको शिर्ष भुमिकामा देखिएकी निता ढुंगाना र नायिका अरुणिमा लम्सालका केही तस्बिरहरु यहाँ प्रस्तुत गरिएको छ ।



onlinekhabar
१६ पुस, दाङ । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनताका घरमा पुगेर मुसा, घोगी लगायतका नयाँ-नयाँ परिकार चाख्ने बाहेक अरु कुनै उपलब्धि मुलक काम गर्न नसकेको आरोप लगाउनु भएको छ । नेपालले जनताका घरमा पुगेर मुसा, घोगी लगायतका नयाँ-नयाँ परिकारको स्वाद लिएर भट्टराईले देश र जनतालाई ऋणमा डुबाएको वताउनुभयो ।
गणतन्त्र दैनिक पत्रिकाको वार्षिकोत्सव कार्यक्रमलाई सोमवार दाङको घोराहीमा सम्बोधन गर्दै नेपालले भन्नभयो,’महिना-महिनामा दलवलसहितको जम्बो टोली गरिब बस्तीमा गएर भोजभतेर लगाउने र जनतालाई ऋण बोकाएर फर्कदैमा नयाँ नेपाल बन्दैन ।’ उहाँले आफू जनताको गरिव बस्तीवाट फर्केपछि बिपन्न बर्गलाई राज्यले के दियो भन्नेवारे प्रधानमन्त्रीले गम्भीररुपमा सोच्नु पर्ने वताउनुभयो । नेपालले मुस्ताङ म्याक्सवाट सुरु भएको भट्टराईको यात्रा गन्तव्यमा नै नपुगि गाडिको हावा फुस्किएको टिप्पणी गर्नु भयो । उहाँले सहमतीय सरकार निर्माणका नाममा विपक्षी दल भट्टराई नेतृत्व सरकारको टाङमुनी नछिर्ने वताउनुभयो ।
नेता नेपालले भन्नुभयो,’सहमतीय सरकार बनाउने नाममा वर्तमान सरकारमा सहभागी हुँदैनौँ । त्यसैले भट्टराई सरकार नहटेसम्म सहमतीय सरकारका निम्ति कुनै सहमति हुन सक्दैन ।’ उहाँले काँग्रेस सभापति सुशील कोइराला जस्ता पाका नेतालाई प्रधानमन्त्री बनाउने आश्वासन दिएर प्रचण्डले पङ्गु बनाएको वताउनुभयो । बर्तमान सरकारको बर्हिगमन नहुँदासम्म सहमति नहुने भन्दै नेपालले राष्ट्रपतिले सहमतिका लागि जति पटक समय थपे पनि कुनै प्रगति नहुने बताउनुभयो ।
नेपालले काँग्रेसकै नेतृत्वमा सहमतीय सरकार वनाउने निर्णय विपक्षी दलले गरिसकेकाले सुशील कोइरालाकै नेतृत्वमा सरकार वनाएर चुनावमा जानु पर्ने वताउनुभयो ।
‘आफूलाई स्वीकार गर्न सिक । भगवान्सँग इमानदार बन । आफूसँग भएका चुनौतीलाई स्वीकार गर्ने बानी बसाऊ । अरूलाई प्रोत्साहन गर्ने बानीको विकास गर, अझ विशेष गरी बालबालिकालाई प्रोत्साहन गर्न नबिर्स । अरूको मस्तिष्कमा डर भरिदिने अधिकार तिमीलाई छैन ।’ जीवनको मर्म नबुझ्ने मानिसलाई यी भनाइ खोक्रा लाग्न सक्छन् । तर, जीवनका कष्टकर यात्रा पार गर्दै सफलताको सिँढी चढ्न चाहनेका लागि भने महत्त्वपूर्ण कडी बन्न सक्छन् यिनै भनाइ । देख्दा अपांग तर कर्मले साङ््ग ठहरिएकी एक युवतीको जीवनले सफलताका लागि यस्तै बाटो सिकाउँछ ।
जेसिका कक्स, फिलिपिनो अमेरिकी युवती । जसका दुवै हात छैनन् । तर, उनी फिलिपिन्सको आकाशमा उडिरहेका अत्याधुनिक प्रविधियुक्त जहाजलाई नियन्त्रण गरिरहेकी हुन्छिन्, एक पाइलट बनेर । जन्मै दुवै हात नभएकी जेसिकालाई भगवान्ले दिमागी शक्ति र आफूलाई चिन्ने शक्ति भने यथेष्ट दिएका छन् । दुवै हात नभएकी पहिलो पाइलटका रूपमा उनले आफूलाई विश्वसामु चिनाएकी छिन् । ‘ऐनामा आफ्नो अपूर्ण शरीर हेर्दा अरूजस्तै दुवै हात भएको पूर्णव्यक्ति बन्न चाहन्थेँ,’ जेसिका आफूलाई चिन्न नसकेको बाल्यकाल सम्झँदै भन्छिन्, ‘हाइस्कुल पढ्दै जाँदा बिस्तारै आफूलाई चिन्न थालेँ, नभएका हातहरूको मोह घट्दै गयो ।’ अभिभावक र शिक्षकले ‘तिमी आफैँ पूर्ण छौँ’ भनेर दिएको उत्साहले उनको शारीरिक अपूर्णतालाई जित्यो ।
पढाइमा तेज जेसिकाले सन् २०११ को जुन महिनामा अमेरिकाबाट पाइलटको लाइसेन्स निकालेकी हुन् । उनी आफ्ना दुई खुट्टाले प्लेनको इन्जिन नियन्त्रण गर्छिन् । खुट्टाकै सहारामा लेख्ने काम पनि गर्दै आएकी छिन् । उनले हावामा उड्ने मात्रै होइन, सडकमा गुड्ने ड्राइभरको लाइसेन्ससमेत लिइसकेकी छिन् । त्यसमाथि तेक्वान्दोको ब्याल्कबेल्ट पनि हुन् । उनले खुट्टाकै साहरामा तेक्वान्दो खेलमा पनि अब्बल भएर देखाइन् । दुवै हात नभए पनि राम्रो नाच पनि देखाउन सक्छिन् जेसिका । दुई खुट्टाको सहारामा उनले पाँच हजार व्यक्तिसामु तेक्वान्दोकला प्रस्तुत गरिसकेकी छिन् । जेसिकाको जीवनका विभिन्न विधामा भएका सफलता हेर्दा लाग्छ– मानिसले आफूसँगका सीमित साधनलाई उपयोग गर्न सक्यो भने पनि आफूलाई अब्बल दर्जामा उभ्याउन सक्छ ।
शारीरिक अपूर्णतालाई मनको शक्तिले जितेर धेरै क्षेत्रमा अब्बल मानिएकी जेसिकाले आफ्नो अपूर्व प्रतिभालाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत लेखाइसकेकी छिन् । पाइलटको औपचारिक लाइसेन्स पाएपछि उनले सन् २०११ जुन महिनामा नै गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएकी हुन् । सोही समयमा एक समारोह गरी दाम्पत्य जीवनमा पनि बाँधिइन् । उनका पतिको नाम पाट्रिक चाम्बरलिन हो । जेसिकाको क्षमता र प्रतिभाबाट आकर्षित भएर चाम्बरलिनले उनीसँग बिहे गरेका हुन् । उनी जेसिकाका तेक्वान्दो प्रशिक्षक पनि हुन् । ‘उनी अनौठो प्रतिभा भएकी व्यक्ति हुन्,’ वैवाहिक समारोहमा पाट्रिकले भने, ‘जेसिकालाई जीवनयात्राको साथी पाएर मेरो जीवन पनि सफल भएको छ ।’ (एजेन्सीको सहयोगमा)
















